मुख्य समाचार

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला, किसान उत्साहित

चितवन, १४ मङ्सिर । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन् । सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन् । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताउनुहुन्छ । उहाँले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए। बोहराले भने, “कम उत्पादन भए पनि मूल्य राम्रै पाएका छौँ ।”… पुरा पढौ

मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म ल्याउदै राष्ट्र बैंक

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा यही हप्तामा सार्वजनिक गर्ने तयारी गरेको छ । बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यही हप्ता सार्वजनिक गर्ने तयारी रहेकाे बताएका छन् । मिति नताेकिए पनि संभवत : शुक्रबारसम्म समीक्षा सार्वजनिक गर्ने तयारी गरिएकाे छ । अब बैंक सञ्चालक समितिले अन्तिम स्वीकृती दिएपछि सार्वजनिक गरिने भएकाे हाे । अर्थतन्त्र राम्ररी नसप्रेकाे अवस्थामा राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउँछ भन्ने विषय पर्खाइ… पुरा पढौ

स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको शाखा बिस्तार

काठमाडाैं, १४ मंसिर । सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा संचालनमा ल्याएकाे छ । बैंकका ब्राण्ड एम्बास्डर वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उक्त नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा श्रेष्ठले पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा ल्याएकाेमा बधाई दिए । साथै उनले सबल, सक्षम तथा विश्वसनीय बैंकको रुपमा रहिरहनु पर्नेमा जाेड दिए । संचालक, रमेश कुमार पोखरेलले सानिमालाई ग्राहकले विश्वास गरेर नै यहाँसम्म ल्याएकाे बताए… पुरा पढौ

मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा र उच्च भागमा हिमपातको सम्भावना

काठमाडाैं, १४ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएकाे छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  मंसिर १४ गते (बिहिबार) दिउँसो : कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको… पुरा पढौ

कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न, नेपालका प्रधानन्यायाधीश सहभागी

काठमाडौ‌, १४ मङ्सिर । कानुनी सहायता सम्बन्धमा विश्वका करिब ५० देशका प्रतिनिधि र १७ देशका प्रधानन्यायाधीश, कानुनमन्त्री, न्यायाधीश तथा कानुनी सहायता उपलब्ध गराउने संस्थाका प्रतिनिधिको अन्तर्राष्ट्रिय सम्मेलन भारतको दिल्लीमा यही मङ्सिर ११ र १२ गते (नोभेम्बर २७ र २८ गते सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालका तर्फबाट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त सम्मेलनबाट कानुनी सहायतासम्बन्धमा दिल्ली घोषणापत्र जारी गरिएको थियो । सम्मेलनमा प्रधानन्यायाधीश… पुरा पढौ

२६ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

किमाथाङ्का (सङ्खुवासभा), १४ मङ्सिर । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा २६ सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराएको राष्ट्रिय भूमि आयोग सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलले जानकारी दिए। नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकामा दुई जनाको विवरणमाथि थप अध्ययन गर्नुपर्ने भएकाले हाललाई २६ जनालाई मात्र प्रमाणपत्र वितरण गरिएको पाँचखपन नगरपालिका नगरप्रमुख विपीन राईले बताए। पाँचखपन नगरपालिकाको वाना बजारबाट सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारको जग्गा… पुरा पढौ

इन्टरपोलको १०० ग्लोबल भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

काठमाडौं, १३ मङ्सिर। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेष्ट फर योङ पुलिस लिडर्स प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । यही मङ्सिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका एक सय ९५ सदस्य राष्ट्रमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपालको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेट्स सेभ द प्लानेट–इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको… पुरा पढौ

अब ऋणको जमानतदातालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौ‌, १३ मङ्सिर । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० पुर्याएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो । “कर्जा सुविधा उपलब्ध गराउनका लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ”, संशोधित एकीकृत निर्देशनमा भनिएको छ, “यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त… पुरा पढौ

एनसेलको लगानीकर्ता ‘आजियाटा’ नेपालबाट बाहिरिने

Ncell Logo
काठमाडौं, १३ मंसिर। नेपालको पहिलो निजी दूरसञ्चार सेवा कम्पनी एनसेल आजियाटा लिमिटेडले नेपालबाट आफ्नो लगानी फिर्ता लैजाने भएको छ। कम्पनीले आर्थिक चुनौती देखिएको भन्दै आफ्नो लगानी फिर्ता लैजाने भएको हो। बुधबार कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिने बताएको छ। यसका लागि नेपालका नियामक निकायहरुलाई समेत जानकारी गराइसकेको बताएकाे छ। यो निर्णयले आजियाटालाई थप मजबुत बनाउने र दीर्घकालीन रुपमा लगानीकर्तालाई फाइदा हुने कम्पनीको विश्वास छ । एनसेलले हाल नेपालका १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ… पुरा पढौ

फेवातालकाे मापदण्डका सन्दर्भमा सर्वोच्चको फैसला कार्यान्वयन गर्न बन्याे सहजीकरण समिति

गण्डकी, १३ मङ्सिर । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजिकरण समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा आज भएको प्रदेश सुरक्षा समितिको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका प्रमुख सचिव, नेपाली सेनाका पश्चिम पृतनापति, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता, कास्कीका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल… पुरा पढौ