मुख्य समाचार

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको बताइएको छ । पुरा पढौ

उखु खेतीबाट मनग्य आम्दानी गर्दै धन्नुबहादुर

कञ्चनपुर, १० कात्तिक । वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिक रुपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । ट्रेन्च प्रविधिमा रानाले उखु खेती गर्दै आएका छन् । चार बिघा जग्गामा रानाले उखु खेती गरेका छन् । “पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो”, उनले भने, “एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली… पुरा पढौ

राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

काठमाडौं, १० कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन्। जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्ने कार्यक्रम… पुरा पढौ

कानुन बनाउदा देश र जनतालाई हेरौं : सांसद जैसवाल

काठमाडौं, १० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद वीना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेेमध्येकी एक हुन्। तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य गर्न उनले बारम्बार संसद्मा आवाज उठाउँदै आएकी छन् । संसदीय अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्ने सांसद जैसवाल आफू तथा आफ्नो पार्टीले जनताको चासोका विषय तथा सामसामयिक विषयमा सदनमा खरो ढङ्गले प्रस्तुत हुँदै आएको बताउछिन्। “निर्वाचनका क्रममा जनतासमक्ष गरेको प्रतिबद्धता, आफ्नो पार्टीले अगाडि सारेको मुद्दा तथा समसामयिक विषयलाई हामीले सदनमा उठाइरहेका… पुरा पढौ

आजदेखि खुलेका बैंक तथा बित्तीय संस्थाहरूलाई फाइनान्सियल रिपाेर्ट बनाउने चटाराे

काठमाडौं, १० कात्तिक। हाल संचालनमा रहेका सबै बैंक तथा बित्तीय संस्थाहरू आजदेखि सुचारू भएका छन । आजबाट सार्वजनिक बिदा सकिएकाले बैंकहरू सुचारू भएका हुन। दशैंकाे बिदामा केही बैकका शाखाहरू खुलेका भएपनि अधिकांश बैकहरू बन्द थिए । खुल्ला भएसँगै बैकहरू यतिबेला फाइनान्सियल रिपाेर्ट बनाउने चटाराेमा छन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो त्रैमासिक फाइनान्सियल रिपाेर्ट बुझाउने म्याद १० दिन थप गरेकोले बैंकहरूले कात्तिक १७ गतेसम्म रिपाेर्ट बुझाउन पाउनेछन । संचालनमा रहेका क, ख र ग वर्गका बैंक तथा वित्तीय… पुरा पढौ

आँबुखैरेनीमा १ वडा १ उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’ सुरु

तनहुँ, १० कात्तिक । तनँहु जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका १ हजार ८ सय चालिस बिरुवा लगाइएको हो। कृषकलाई ७५ प्रतिशत अनुदानमा १ हजार ८ सय ४० वटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । उक्त बिरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषकलाई यसतर्फ आकर्षित गराइएको हो । फलफूल… पुरा पढौ

मुक्तिनाथ कृषि कंपनीकाे आइपीओमा आजबाट आवेदन खुल्ला

काठमाडौं, १० कात्तिक । मुक्तिनाथ कृषि कम्पनीले आजबाट वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएकाे छ । कम्पनीले सर्वसाधारणका लागि १४ करोड रुपैयाँ बराबरको सेयर खुलाउनका लागि सेबाेनबाट अनुमति लिएको थियो ।  जसकाे १० प्रतिशतले हुने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरूकाे लागि आइपीओ खुलाएकाे हाे । सेयर लिन चाहने लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसका लागि घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन… पुरा पढौ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, चाँदीको स्थिर

काठमाडौं, १० कात्तिक । सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा गएको कात्तिक ३ गते सुनको भाउ बढेर हालसम्मकै उच्च रहेको रेकर्ड कायम भएको थियो । सो दिनमा सुन तोलाको १ लाख १५ हजारमा कारोबार भएको थियो । दसैंको बिदा पछि खुलेको नेपाली सुनचाँदीको बजारमा आज शुक्रबार सुनको भाउ बृद्धि भई अहिलेसम्मकै उचाईमा पुगेको छ । सुनमा रुपैयाँ ५ सयले बढेको हो भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा… पुरा पढौ

२०८० सालकाे एउटै चन्द्रग्रहण कात्तिक ११ गते लाग्ने

काठमाडौं, १० कात्तिक । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन ।… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, १० कात्तिक । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कार्तिक १० गते (शुक्रबार) दिउँसो ː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी… पुरा पढौ