मुख्य समाचार

करिब साढे ६ लाखमा ‘टाइगर हिल पार्क’ निर्माण

दमौली, ९ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए। पृथ्वी राजमार्गबाट दुई सय मिटर दूरीमा अवस्थित उक्त पार्कमा बाघको मूर्ति पनि निर्माण गरिएको छ । राजमार्गबाट उत्तरतर्फ रहेको सो पार्कमा पुग्न गाउँपालिकाको सहयोगमा सिँढी निर्माण गरिएको छ । पर्यटकीय पार्क… पुरा पढौ

पहाडी भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं, ९ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कार्तिक ०९ गते (बिहीबार) दिउँसो ː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा… पुरा पढौ

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैं

फुङ्लिङ, ९ कात्तिक । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् । घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू… पुरा पढौ

‘ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत

काठमाडौं, ९ कात्तिक । ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने । नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात् बन्द नै भयो… पुरा पढौ

धादिङमा भएका चार सवारी दुर्घटनामा १७ जना घाइते

मलेखु, धादिङ०, ८ कात्तिक । धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडाँैतर्फ जाँदै गरेको बा३ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौँतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६… पुरा पढौ

एभरेष्ट बैंकका अध्यक्ष बि. के. श्रेष्ठको निधन

काठमाडाैं, ८ कार्तिक । एभरेष्ट बैंकका अध्यक्ष बि. के. श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ। उनकाे मेडिसिटी हस्पिटलमा मंगलबार साँझ निधन भएको हो । नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठले २६ वर्षदेखि बैंकका अध्यक्षकाे रूपमा काम गरेका थिए । भारतको पञ्जाव नेशनल बैंकसँगको साझेदारीमा स्थापित एभरेष्ट बैंकमा उनकाे लामो समयदेखिकाे संलग्नताले बैंकले उचाइ कायम गरेकाे मानिन्छ । श्रेष्ठकाे एभरेष्ट बैंकमा सबैभन्दा धेरै सेयर रहेकाे छ। जसमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत सेयर रहेकाे छ। श्रेष्ठले भारतका अन्य वित्तीय संस्थाहरूमा पनि… पुरा पढौ

‘पशुपति प्रसाद २ भष्मे डन’ को सुखद सुरुवात, ४ दिनमा ६ करोड बढीको व्यापार

काठमाडौं, ८ कात्तिक । दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो देखिएको छ । सो फिल्मका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिनमा नै दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिए। उनका अनुसार चार दिनमा रु छ करोड बढीको कुल व्यापार (ग्रस कलेक्सन) गरेको छ । “दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ । यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा… पुरा पढौ

रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा

रसुवा, ८ कात्तिक । नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अगाडि बढी रहेको छ । सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै निर्माण भइसकेको छ । भौगोलिक विकटताका कारण वर्षायाममा दैनिकजसो सडक अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असहज र कार्यप्रगतिको अनुपातमा समयसापेक्ष… पुरा पढौ

पर्यटककाे पर्खाइमा कुशादेवीस्थित नागी डाँडाकाे “नागी टावर”

काभ्रे ८ असाेज । काभ्रे जिल्लाकाे पनाैति नगरपालिका वडा नं २ नागी डाँडामा निर्माण भइरहेकाे रमणीय "नागी टावर" यतिबेला पर्यटककाे पर्खाइमा छ । पनाैति नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरूषाेतम अधिकारीकाे बिशेष पहलमा वडाकै बजेटमा बनिरहेकाे याे नागी टावर तथा रिसोर्टकाे निर्माण अन्तिम चरणमा रहेकाे बताइएकाे छ । यस "नागी टावर"बाट रमणीय हिमालकाे दृश्य देख्न सकिन्छ भने पनाैती, धुलिखेल, नाला, कुशादेवी, फुलचाेकी क्षेत्रकाे दृश्याबलाेकन गर्न सकिने स्थानिय बद्री प्रसाद आचार्य बताउछन। यस नागी क्षेत्रबाट निकट भबिश्यमा प्याराग्लाइडिङकाे ब्यवसायीक… पुरा पढौ

पुरानै संसदीय व्यवस्था भएको भाष्य स्थापित गर्न खोजिँदैछ : सांसद कार्की

काठमाडौं, ८ कात्तिक । निर्वाचन मार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । संसद्को एकवर्षे अवधिमा भइरहेका अस्वभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिका माथि नै प्रश्न उठाउने गरिएको छ । संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण नै हो । संविधानसभाबाट संविधान जारी भइसकेपछि संविधान कार्यान्वयनसँग अत्यावश्यक मानिएका कानुन अझै निर्माण हुन सकिरहेका छैनन् । नेकपा (माओवादी केन्द्र)का सांसद गङ्गा कार्की संविधान र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण र त्यसलाई इमान्दारितापूर्वक लागू गर्नेमा समस्या देखिएको बताउछन्… पुरा पढौ