मुख्य समाचार

देशका पहाडी भागका मेघ गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं, २८ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। असोज २८ गते (आइतबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक… पुरा पढौ

सभामुख घिमिरेद्वारा ‘विश्व हात धुने दिवस’को शुभकामना

काठमाडौं, २८ असोज । सभामुख देवराज घिमिरेले ‘विश्व हात धुने दिवस’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् । कोरोना महामारीविरुद्धको लडाइँमा साबुनपानीले हात मिचीमिची धुने अभियान चलाइएको समेत सभामुख घिमिरेको भनाइ छ ।… पुरा पढौ

भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक

काठमाडौं, २७ असोज । नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ । आज अल्टरनेटिभ फाउण्डेशनले सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, २०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद र परिवारवाद, लोभ र छिट्टै धनी बन्ने आकांक्षालाई भ्रष्टाचारको कारण उल्लेख गरेको छ । प्रतिवेदनमा नीतिगत कमजोरी, कर्मचारीतन्त्रको ढिला सुस्ती, अख्तियारवालाको गैरजिम्मेवारीपन, ढिलो न्याय, अनुचित राजनीतिक नियुक्ति, कमजोर विधिको शासन, सांस्कृतिक प्रभाव र नागरिक जागरुकताको कमीलाई पनि भ्रष्टाचारका स्रोतका रुपमा उल्लेख गरिएको… पुरा पढौ

विश्व बैङ्कले माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि १ खर्ब ३० अर्ब सहुलियत ऋण दिने

काठमाडौँ, २७ असोज। माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि १ खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक भएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहेका अर्थमन्त्रीसँग आज बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बिश्व बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त बैङ्कबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा आगामी साता उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले वासिङटनमा प्राविधिक एवं वित्तीय विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी गरेको मन्त्रालयले बताएको… पुरा पढौ

गरिमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्डमा २० प्रतिशत नगद फिर्ता योजना

काठमाडौं, २७ असोज । गरिमा विकास बैंकले डेबिट तथा क्रेडिट कार्डमा २० प्रतिशत नगद फिर्ता योजना ल्याएकाे छ । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि बैंकले आफ्ना ग्राहकहरुका लागि कुनैपनि सामान खरिद गरी विकास बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको हाे । यस योजना अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम २०० सम्म नगद फिर्ता पाउन सक्ने बताइएकाे छ। नगद… पुरा पढौ

आज दुर्घटनामा परेकाे मनाङ एयर किन पर्याे निलम्बनमा ?

काठमाडौँ, २७ असोज । पछिल्लो ३ महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले ३ महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । ३ महिनाको अवधिमा दुईवटा हेलिकप्टर दुर्घटना भएपछि उक्त कम्पनीको एओसी निलम्बन गरिएको हो । “मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकप्टर दुर्घटना भएका छन् । अब उक्त… पुरा पढौ

वित्तीय सुशासन र पारदर्शितामा हामी प्रतिबद्ध रहेका छाैं : अर्थमन्त्री डा. महत

मोरक्को, २७ असाेज । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता गर्नुभएको छ । डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उप प्रबन्ध निर्देशक बो लीसँग भेटवार्तामा यस्तो प्रतिबद्धता गर्नुभएको हो । भेटवार्तामा विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुराहरु नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो… पुरा पढौ

मिर्मिरे लघुवित्तकाे एफपिओमा ७५ गुणा बढी आवेदन

काठमाडाैं, २७ असाेज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपिओमा मागभन्दा बढी आवेदन परेकाे छ । लघुवित्तले असोज २५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन खुला गरेको एफपिओमा दोस्रो दिनमै मागभन्दा ७५ गुणा बढी आवेदन परेको जनाइएकाे छ । सिडिएससीले गराएकाे जानकारीका अनुसार साे सेयरमा ८ लाख ६ हजार ७ सय ६२ जनाले ९२ लाख ७१ हजार ४ सय २० कित्ता माग गरेका छन् । लघुवित्तले १ लाख २३ हजार ८ सय  १६ कित्ताका लागि आवेदन मागेकाेमा साेभन्दा बढी आवेदन परेकाे हाे ।… पुरा पढौ

संसदकाे गरिमा जोगाउन सांसद तत्पर रहनुपर्छ : सांसद बस्नेत

काठमाडौं। मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक निकायमा पुगेका सांसद जनताका आवाज सम्बोधन गर्न तथा कानुनी शासनको पालनातर्फ उन्मुख हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत बताउछिन्। संसद्को गरिमा जोगाउन सांसद सधैँ तत्पर रहनुपर्ने उनको भनाइ छ । सांसदसँग रासस संवादमा सांसद बस्नेतले गरिमामय संसद्मा आइसकेपछि देश र जनताका पक्षमा सबै सांसद एकजुट हुनुको अर्को विकल्प नरहेको जिकिर गरे । सांसद बस्नेतले भने–“पार्टीअनुसार सांसदका विचार फरक फरक होलान् । चुनावका बेला झण्डा फरक फहराए होलान् । तर गरिमामय संसद्मा गइसकेपछि नितान्त… पुरा पढौ

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट खतरामुक्त

काठमाडौं, २७ असोज । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र थिए। हेलिकप्टरान आगलागी भएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरका… पुरा पढौ