मुख्य समाचार

काठमाडौं-दिल्लीकोभन्दा धनगढीको हवाई भाडा महङ्गो

सुदूरपश्चिम, २९ असोज । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ । चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूराेसहित अन्यकाे घट्याे

काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर… पुरा पढौ

मुनाबजार अघी बढ्दै, ‘कृषि उद्यमशीलता सम्भव छ’

काठमाडाैं, २९ असाेज । मुनाबजार एक्सप्रेस (munaabazarExpress) सातौं शाखाको रुपमा सिटि स्पेस (City Scape) आवास हात्तिवनमा आईतबारबाट बिधिवत् रूपमा शुभारम्भ गरिएकाे छ । साे शाखाकाे मुना कृषि लिमिटेडका अध्यक्ष युबराज गुरुङ र हाउजिङका अध्यक्ष गोकुल भण्डारीले दीप प्रज्वलन गरी शुभारम्भ गरेका हुन् । कार्यक्रममा पूर्वमन्त्री प्रदिप यादव, स्थानिय महिलाहरुको तर्फबाट बेबी गुरुङ र मुनाका संस्थापक कपिलदेव थापाले चाडपर्व विशेष शुभकामना आदानप्रदान ब्यक्त गरे । मुनासंग आबद्ध उद्धमीहरु ओलन डेरी र ओखती कंपनीका क्रमश: यम कार्की र शोभाकान्त बस्यालले आफ्नो उत्पादनको… पुरा पढौ

१५ करोड लागतमा बन्याे टोखा नगरपालिकाको प्रशासकीय भवन निर्माण

काठमाडौं, २९ असोज । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गरे। “स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका… पुरा पढौ

राष्ट्र बैंककाे १८ अर्ब ७० करोडको ट्रेजरी बिल आज बाेलकबाेल

काठमाडौं, २९ असाेज । राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दैछ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिनकाे लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । साे बिल भाेलि असोज ३० गते जारी हुने भएकाे छ । आज सोमबार असाेज २९ गते अपरान्ह ३ बजे बोलकबोल गरिने भएकाे छ । बैंकले ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको बिल नवीकरण गर्ने भएकाे छ । यो बिल माघ २ गते परिपक्व हुने भएकाे छ ।… पुरा पढौ

बडादसैंकाे दाेश्राे दिन आज ब्रह्मचारिणीकाे पूजा गरिदै

काठमाडाैं, २९ असाेज । बडादसैं सुरू भएपछि नौ दिनसम्म नौ दुर्गाको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार शैलपुत्रीकाे पूजा गरिएकाे थियाे। दोस्रो दिन आज ब्रह्मचारिणीकाे पूजा गरिदैछ । दसैंकाे तेस्रो दिनमा चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिएकाे हाे । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा… पुरा पढौ

देशभर  सामान्य बदली, हल्का वर्षा र हिमपातको संभावना

काठमाडाैं, २९ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन असोज २८ गते (तदनुसार 15 October 2023) का दिन नेपाल बाट बाहिरिएको जनाएकाे छ ।  नेपालमा मनसुन बाहिरिने सरदर मिति October 2 रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ (June 14) मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखी  सामान्य बदली रहेको छ। असोज २९ गते (सोमबार) दिउँसोː देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि… पुरा पढौ

पेट्रोलमा ११ रुपैयाँ र डिजेलमा ५ रूपैयाँले घट्यो भाउ

काठमाडाैं, २८ असाेज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । घटेकाे मूल्य आइतबार राति १२ बजेपछि लागू हुने निगमले जनाएकाे छ । निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट आज अक्टोबर १५ तारिख अर्थात असोज २८ गते नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः ११ रुपैयाँ १८ पैसा र ५ रुपैया ३ पैसा घटेर आएको छ । निगमले चाडपर्वको समयमा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० हाललाई यथावत… पुरा पढौ

मिर्मिरे लघुवित्तकाे एफपीओमा ९९ गुणा बढी आवेदन पेश

काठमाडाैं, २८ असाेज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले जारि गरेकाे एफपीओमा करिब १०० गुणा बढी आवेदन पेश भएकाे छ। एफपिओ जारी भएकाे आज चाैथाे दिनसम्ममा मागभन्दा बढी आवेदन परेको संस्थाले जनाएकाे छ। एफपीओमा १० लाख ७० हजार ७६६ जनाकाे आवेदन परेकाे छ । सिडिएस एण्ड क्लियरिङले दिएकाे आज बेलुका सम्मकाे तथ्य अनुसार मिर्मिरे लघुवित्तको एफपीओमा १० लाख ७० हजार ७६६ कित्ताका लागि आवेदन परेको हाे । जाे एक अर्ब २२ करोड ९८ लाख ६८ हजार रूपैयाँ बराबरको हुन आउछ । एफपीओमा आइतबारसम्म मागभन्दा ९९.३३ गुणा… पुरा पढौ

चार संघ-संस्थाहरु मिलेर बन्याे नेपाल धितोपत्र लगानीकर्ता महासंघ

काठमाडाैं, २८ असाेज । नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा गरिएकाे छ । सेयर बजारसम्बन्धी काम गर्ने चार संघ संस्थाहरु मिलेर आज महासंघ घोषणा गरेका हुन् । चारवटै संस्थाहरूले सेयर लगानीकर्ताहरुका साझा माग र हकहितको लागि एकतावद्ध भएर अगाडी बढ्ने बताएका छन् । एकतावद्ध भएकाहरूमा नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूंजी बजार सुधार संघ र नेपाल जनरल ईन्भेटरर्स एशोसियसन रहेका छन्। महासंघले अब एकिकृत रूपमा सेयर बजारका समस्या लगायतका कामहरू गर्नेछ । साथै सेयर बजार तथा लगानीकर्ताहरूकाे लागि… पुरा पढौ