मुख्य समाचार

चालु आर्थिक वर्षमा नेपाल एयरलाइन्सका लागि १० वटा जहाज खरिद गर्छाैं : मन्त्री किराती

काठमाडौं, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् । मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उनले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गरे। दसैँअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको… पुरा पढौ

नेप्सेमा २०.१६ अंकको गिरावट, १ अर्ब ७० करोडको कारोबार

काठमाडौं, २८ असोज । बडा दशैंको पहिलो दिन घटस्थापनाको दिनमै नेपाली सेयर बजारमा नकारात्मक असर देखिएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट हुँदा लगानीकर्ताहरुलाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४ विन्दुमा झरेको छ । नेप्सेमा १.०६ अंकले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९५ अंकले घटेर ३५९.१३ विन्दुमा रहेको छ । यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटा बाहेक सबैमा रातो लागेको छ । २९२ कम्पनीहरुको… पुरा पढौ

आफ्नै आर्थिक नीति भएकाले दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन: अर्थमन्त्री डा महत

काठमाडौं, २८ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आर्थिक र मौद्रिक नीतिमा दातृ निकायसँग नेपालको दृष्टिकोण मिल्नैपर्छ भन्ने नरहेको बताए। “हामीले अवलम्बन गर्ने नीति र उहाँहरूको बुझाइ एउटै नहुन सक्छ । हामी आफ्नो विशिष्ट खालको नीति लिएर अगाडि बढ्नेमा उहाँहरू पनि… पुरा पढौ

संसदलाई प्रभावकारी बनाउन सांसदलाई पनि ‘असाइन्मेन्ट’ दिनुपर्छ: सांसद मनिष झा

काठमाडौं। सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित छन्। व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो । राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट समानुपातिक सांसद बनेका झा हालको सदनका कतिपय अभ्याससँग विमति राख्छन् । उनी सदनलाई प्रभावकारी बनाउन भाषण होइन विचार, नीति मन्थन गर्ने ठाउँका रुपमा विकास गर्नुपर्छ भन्ने धारणामा रहेका छन्। सांसदसँग राससका… पुरा पढौ

‘क्यान्टाबिल’ ब्रान्डकाे पाेखराकाे शाेरूम भाेलि शुभारम्भ हुदैं

पोखरा, २८ असाेज । भारतकाे प्रख्यात कपडा ब्रान्ड ‘क्यान्टाबिल‘काे एक्सक्लुशिभ स्टोर (शाेरूम) पाेखराकाे न्युराेडमा भाेलि सुभारम्भ हुने भएकाे छ। पाेखरा क्षेत्रका फेशन पारखीहरूलाइ लक्षित गर्दै भाेलि असोज २९ गते बिहान ११ बजे उक्त शाेरूमकाे शुभारम्भ गरिने क्यान्टाबिल ब्राण्डकाे पाेखराकाे आधिकारिक कंपनी युज इन्टरनेशनलका प्रबन्धक निराेज गाैतमले बताए। शाेरूम शुभारम्भको अवसरमा शुरूका १ सय जना ग्राहकहरुका लागि सरप्राइज गिफ्टकाे ब्यबस्था गरेकाे छ भने अन्य सबै ग्राहकलाइ विशेष छुट अफर प्रदान गर्ने बताएकाे छ । क्यान्टाबिल ब्राण्डले पाेखराका ग्राहकलाइ एक अविस्मरणीय किनमेलकाे अनुभव… पुरा पढौ

सुन तोलाकाे १ लाख १३ हजार पुग्याे, चाँदीमा पनि बृद्धि

काठमाडौं, २८ असोज । बडादसैंको पहिलो दिन घटस्थापनाको दिन आज सुनचाँदीको भाउमा भारी बृद्धि भएको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा एकैदिन रुपैया २ हजार ९ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ४५ ले बढेको छ । छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार ९ सयले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको… पुरा पढौ

काभ्रेमा डेङ्गुको सङ्क्रमण बढ्यो, सरसफाइमा ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालयकाे अपिल

काभ्रे, २८ असोज । काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ । यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् । यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गु सङ्क्रमित रहेका छन् ।… पुरा पढौ

प्राधिकरणद्वारा मनाङ एयरकाे एयर अपरेटर सर्टिफिकेट निलम्बन

काठमाडाैं, २८ असाेज । नेपाल नागरिक उडड्यन प्राधिकरणले मनाङ एयर प्रालिको एयर अपरेटर सर्टिफिकेट (एओसी) अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निलम्बन गरेको छ ।  लोबुचे क्षेत्रमा भएको मनाङ एयरको एच १२५ हेलिकप्टर दुर्घटनाको छानबिन गर्न चार सदस्यीय समिति पनि गठन गरिएको छ ।प्राधिकरणले उक्त दुर्घटनाको छानविन गर्नका लागि समिति गठन गरेको हो । मनाङ एयरकाे हेलिकप्टर शनिबार बिहान साढे ७ बजे सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेकोमा खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरण गर्ने बेलामा दुर्घटनामा परेकाे थियाे । साे समयमा हेलिकप्टरमा एकजना… पुरा पढौ

आजदेखि बडादसैं सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौं, २८ असोज । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका… पुरा पढौ

देशका पहाडी भागका मेघ गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं, २८ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। असोज २८ गते (आइतबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक… पुरा पढौ