मुख्य समाचार

शुक्रबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ

हेलो सरकार २४ घण्टा सञ्चालन भएपछि थप प्रभावकारी

काठमाडौं, ५ असोज । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा जनताको जिज्ञाशा समाधान गर्न उक्त सेवा १२ वर्षअघि सुरुआत गरिएको हो । गोरखा भूकम्पपछि हेलो सरकार २४ घण्टे सेवाबाट १४ घण्टा सञ्चालन गरिएको थियो… पुरा पढौ

कम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ: मन्त्री साउद

न्यूयोर्क, ५ असोज । परराष्ट्रमन्त्री एनपी साउदले अति कम विकसित देशहरूको पूर्वाधारका लागि वित्तीय साधनको परिचालन महत्त्वपूर्ण पक्ष भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको जारी ७८औँ महासभामा ‘द समिट फर फ्युचर’ विषयक मन्त्रीहरूको सम्मेलनमा अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्दै मन्त्री साउदले यस्तो धारणा राखे। उनले भने, “अतिकम विकसित देशहरूको व्यापार समस्यालाई समाधान गर्न व्यापार सेवामा सुधार गर्दै सुविधा प्रदान गर्नु अपरिहार्य छ ।” उनले अतिकम विकसित देशहरूको आर्थिक, सामाजिक, व्यापारिक रणनीतिमा सुधार गर्न अन्र्तराष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताए। पुरा पढौ

सरकार र शिक्षक महासङ्घबीच आज वार्ता हुने

काठमाडौं, ५ असोज । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच हिजाे भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएपछि आज फेरि वार्ता हुने भएको छ । कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए। “सकारात्मक छलफल भएको छ । बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको छ । शुक्रबार बिहानसम्म टुङ्गिन्छ”, उनले… पुरा पढौ

अर्को आदेश नहुन्जेलसम्म मलङ्गवामा कर्फ्यु आदेश

मलङ्गवा, ५ असोज । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । गराति मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र कसैले… पुरा पढौ

कर्जा सुरक्षणलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत

काठमाडौं, ४ असोज : साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी वित्तीय सुरक्षा र स्थायित्व प्रदान गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोष ५० वर्षमा प्रवेश गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज कोषको स्वर्णमहोत्वसवको समुद्घाटन गर्दै साना तथा मझौला उद्योग–व्यवसायलाई उत्प्रेरित गरी मुलुकको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन महत्त्वपूर्ण भूमिका रहेको कोषले कर्जा सुरक्षण कार्यक्रम समयानुकूल विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे। उनले विशेष न्यून तथा विपन्न वर्गले सञ्चालन गर्ने साना तथा मझौला उद्योगको प्रवर्द्धनसहित रोजगारीको वातावरण सिर्जना… पुरा पढौ

साउन र भदौमा ५ अर्ब ४३ करोडको विद्युत भारत निर्यात

काठमाडौ‌, ४ असोज । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो । दुई महिनामा तीन अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ बराबर (रु पाँच अर्ब ४३ करोड ३१ लाख) विद्युत् निर्यात भएको हो । साउन र भदौमा भारततर्फ निर्यात… पुरा पढौ

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार १० अर्बको ५ वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । ५ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइनेछ । यही असोज ५ गते मध्याह्न साढे १२ बजेसम्म बोलकबोल… पुरा पढौ

अन्तिम दिन नेप्सेमा उछाल, ३ अर्ब २९ करोडको कारोबार

काठमाडाैं, ४ असाेज । साताको सेयर कारोबार हुने अन्तिम दिन आज बिहिबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुको मनोबल उच्च बनाएको छ । सेयर बजारमा आएको उछालले अबका दिनहरुमा स्थिर बजारको अपेक्षा गरिएको छ । तर यो नियमन निकायहरुको बजार तथा लगानीकर्तामैत्री अनुकुलनको व्यवहार र स्वयं लगानीकर्ताहरुको सक्रियतामा भर पर्ने करा पनि हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.२३ प्रतिशतले बृद्धि भएको छ… पुरा पढौ

अर्थतन्त्रका चुनौती सामना गरिन्छ : अर्थसचिव पुस्कर

काठमाडौं, ४ असोज । नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताएका छन् । आज मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिदै अर्थसचिव पुस्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गरे। “अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु”, पुस्कले भने, “राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौं भन्ने विश्वास लिएको छु । लडेर–भिडेर जसरी… पुरा पढौ