मुख्य समाचार

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरो तथा अन्य देशको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १… पुरा पढौ

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

फिक्कल (इलाम), २६ भदौ । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आए । हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबजारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिए । विसं २०३३ मा राजद्रोह… पुरा पढौ

आजदेखि शुरू हुने ‘नाडा अटो शो २०२३’ काे समुद्घाटन अर्थमन्त्री डा महतले गर्ने

काठमाडौं, २६ भदाै । आजदेखि शुरू हुन गइरहेकाे 'नाडा अटो शो २०२३' काे समुद्घाटन नेपाल सरकारका अर्थमन्त्री डा प्रकाश शरण महतले गर्ने भएका छन। नाडा अध्यक्ष डा. ध्रुब थापाका अनुसार आज दिउसाे १२:३० बजे नेपाल पर्यटन बाेर्डकाे सभाकक्षमा अर्थमन्त्री डा महतले नाडा अटो शो २०२३ काे शुभारम्भ गर्नेछन । काठमाडौंको भृकुटीमण्डपमा भाद्र ३१ सम्म जारी रहने उक्त अटो शो काे शुभारम्भका लागि सम्पुर्ण तयारी पुरा भइसकेकाे समेत अध्यक्ष थापाले बताए । उक्त अटाे शाे मा साना, ठूला गरी करिव १२०… पुरा पढौ

स्वर्गीय नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा राखिने

काठमाडौं, २६ भदौ । हृदयघातबाट निधन भएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले बिहान ९ बजेपछि ललितपुरकाे च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकाेमा त्यही नेम्वाङको निधन भएको थियो । स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए। विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा… पुरा पढौ

नेम्वाङको निधनले निकै दुःखी बनाएकाे छ : प्रधानमन्त्री

काठमाडाैं, २६ भदाै ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले निकै दुःखी भएकाे बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताउदै भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । साथै उनले यसबाट शोकाकुल भएका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । उनकाे ट्वीटरमा लेखिएकाे छ, दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक… पुरा पढौ

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं,२६ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकाेमा उपचारको क्रममा निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले जानकारी दिएका छन । नेम्वाङको निधनको खबर आए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए । विसं २००९ फागुन २८… पुरा पढौ

आनी छोइङ्ग डोल्मा फाउण्डेशनद्वारा विशिष्टकृत बाल अस्पताल निर्माणमा १ करोड ८० लाख सहयोग

काठमाडौं, २५ भदौ । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब’ को भवन निर्माणका लागि रु एक करोड ८० लाख सहयोग गरेको हो । अस्पताल निर्माणका लागि सहयोग जुटाउन प्रयत्नशील फाउण्डेशनका संस्थापक समाजसेवी एवं गायक आनी छोइङ्ग डोल्माले विशिष्टकृत बाल स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “अस्पतालको भवन निर्माणका लागि… पुरा पढौ

सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संविधान दिवसको दिनदेखि

काठमाडौं, २५ भदौ । सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग सो बस सेवाका विषयमा छलफल गरेका थिए । सो बस सेवा १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिए। बस सेवा सञ्चालनको आवश्यक… पुरा पढौ

नेप्सेमा ४४.३० अंकको बृद्धि, साढे १ अर्बको कारोबार

काठमाडाैं, २५ भदाै । लगातार नेप्से उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने सोमबार आज दोश्रो दिन हो । नेपाली सेयर बजारको दोश्रो दिनको लय पनि सकारात्मक देखिएपछि लगानीकर्ताहरु उत्साही भएका छन् । पहिलो दिन आईतबार नेप्सेमा १०.२३ अंको बृद्धि भई नेप्से परिसूचक १९४२.६८ विन्दुमा चढेको थियो । सोमबार चौथाई बढी अंकको बृद्धिको उभार देखिएपछि अब निरन्तर लयमा जान्छ कि भन्ने अपेक्षा बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा उक्लिएको छ… पुरा पढौ

तत्काल उद्योगमा विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिए। उनले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा… पुरा पढौ