मुख्य समाचार

अर्घाखाँचीकाे पुँजीगत र चालुतर्फको ६५ करोड बजेट फ्रिज

अर्घाखाँची, २५ भदौ। अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७९-८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताए। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९-८० मा प्रदेश सरकारको पुँजीगत तर्फको रु एक अर्ब ३३ करोड ६५ लाख… पुरा पढौ

खानीखोला हाइड्रोपावरकाे हकप्रद शेयर निष्कासनपछि चुक्तापुँजी ९३ करोड पुग्ने

काठमाडौं, २५ भदाै। खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको बताएकाे छ। अहिले कम्पनीको चुक्तापुँजी ४६ करोड ५७ लाख रहेकाे छ। अब शतप्रतिशत हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। विद्युत नियमन आयोगबाट सहमति लिएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात हकप्रद प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको हो। कम्पनीले केही बैंक ऋण भुक्तानी गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको बताएको छ। गत… पुरा पढौ

भाेलिदेखि हुने ‘नाडा अटो शो २०२३’ काे तयारी पुरा, अग्रिम अनलाइन टिकट खरिदमा २० प्रतिशत क्यासब्याक सुबिधा

काठमाडौं,२५ भदाै। यस पटककाे 'नाडा अटो शो २०२३' भाेलि भाद्र २६ देखि भाद्र ३१ सम्म हुदैछ। काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त अटो शो काे तयारी लगभग पुरा भइसकेकाे बताइएकाे छ । उक्त अटाे शाे मा साना, ठूला गरी करिव १२० स्टल रहने छन् ।अटो शो मा बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने नाडा अध्यक्ष ध्रुव थापाले जानकारी दिएका छन । प्रदर्शनीमा ४ पाङ्ग्रे १६ र दुई पाङ्ग्रे… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो । छापावाल सुनमा यसदिन रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, २५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो तथा अन्य देशको मुद्राको भाउ केहि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी… पुरा पढौ

हाथवे इन्भेष्टमेन्टकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडाैं, २५ भदाै । हाथवे इन्भेष्टमेन्ट नेपालले खुलाएकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले सर्वसाधारणका लागि भदौ २१ गतेदेखि सेयर खुलाएकाे थियाे । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले सेयर निष्काशन गरेको हाे । जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्काशनकाे स्वीकृति लिएकाेमा पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

पाेखरा, २५ भदाै । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । संघको १४औं अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट प्रतिस्पर्धी भरत अधिकारीलाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । संघको वरिस्ट उपाध्यक्षमा राजेन्द्र ओझा, प्रथम उपाध्यक्षमा उपेन्द्रराज सुवेदी , द्वितीय उपाध्यक्ष बिक्रम कर्माचार्य, महासचिवमा जानुका पराजुली अधिकारी, उपमहासचिवमा भरतराज ओझा, कोषाध्यक्षमा ध्रुव बाबू भट्टराई निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा प्रभा कुमारी पौडेल, प्रतीक्षा रानाभाट, अर्जुन भण्डारी, गंगा मल्ल, ई बिजय न्यौपाने, खेमराज बराल, भरत थापा, लक्ष्मीप्रसाद… पुरा पढौ

प्रधानमन्त्रीको चीन भ्रमण : सहमति कार्यान्वयन र विश्वासिलो सम्बन्ध विस्तारमा जोड

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकट भविष्यमा गर्न लागेकाे चीन भ्रमणका क्रममा समेट्नुपर्ने विभिन्न विषयका बारेमा सम्बद्ध पक्षसँग लगातार छलफल गरिरहेका छन्। सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका प्रधानमन्त्रीले परराष्ट्र विज्ञ तथा पूर्वराजदूतहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री दाहाल यही भदौ ३० गते संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिका जाँदैछन्। महासभामा भाग लिएर प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने तयारीमा छन्। गत जेठमा दक्षिण छिमेकी देश भारतको भ्रमण गरेका… पुरा पढौ

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह

काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहेजति सन्तोषजनक छैन । उनकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन् । ‘सांसदसँग–रासस’ संवादका क्रममा क्रममा सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै… पुरा पढौ

देशभर आंशिक बदली, ५ प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, २५ भदाै । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis  of  the  Monsoon  Trough)   सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाे जनाएकाे छ। नेपालमा हाल  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने बताइएकाे छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। भदौ २५ गते (सोमबार) दिउँसो: देशभर आंशिक देखि सामान्य… पुरा पढौ