मुख्य समाचार

अकबरे खुर्सानी खेतीबाट किसानले गरे मनग्य आम्दानी

भोजपुर, १२ भदौ । अकबरे (डल्ले) खुसार्नीकाे व्यावसायिक खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी गर्न थालेका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ… पुरा पढौ

मंगलबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, १२ भदौ। आज मंगलबार साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी दिएको हो । छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख… पुरा पढौ

विद्युत् बिक्री बढेपछि बुद्धभूमि हाइड्रोको नाफामा बृद्धि

काठमाडौं, १२ भदाै । बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार कम्पनीकाे नाफामा बृद्धि भएकाे देखिएकाे छ । कम्पनीले यस अवधिमा १ करोड ११ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । अघिल्लो वर्ष १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा भएकाे कम्पनीकाे विद्युत् बिक्रीमा आम्दानी बढेपछि खुद नाफामा बृद्धि भएकाे हो । गत वर्षकाे आम्दानी १ करोड ३६ लाख १४ हजार रुपैयाँ रहेको… पुरा पढौ

अमेरिकी डरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत केहि देशको मूद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रिदर १३२… पुरा पढौ

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १२ भदौ । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। भदाै १३ गते भाेलि बुधबार दुबै योजनाहरुकाे प्रतिफल वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरिने भएकाेले आजसम्म नेप्सेमा सेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका कारोबार भइ कायम इकाईधनीहरुले मात्रै यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। सिद्धार्थ इक्विटी फण्डकाे गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरिएकाे थियाे । यस्तै… पुरा पढौ

भदौ १३ देखि हकप्रद सेयर बिक्री गर्दै नेशनल हाइड्रोपावर

काठमाडौं, १२ भदाै । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा हकप्रद सेयर बिक्री गर्न लागेकाे जनाएकाे छ । कम्पनीले भदौ १३ गतेदेखि यसअघि वितरण नभएकाे हकप्रद सेयर लिलाम बढाबढ गरेर बिक्री गर्ने भएको हाे । कम्पनीका अनुसार १० बराबर ५ काे रेसियाेमा जारी गरिएकाे सेयरमा पूरा आवेदन नपरेपछि बिक्रीमा ल्याउन लागिएकाे हो। कम्पनीले गएकाे असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ काे रेसियाेमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ८२ लाख २१ करोड ४५९.७१७८ कित्ता हकप्रद जारी गरेको थियो। साउन… पुरा पढौ

ग्रामीण क्षेत्रमा सुनसान छन् घरबास

ढोरपाटन (बागलुङ), १२ भदौ । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ । अहिले घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन्। जिल्लाको… पुरा पढौ

यी हुन् प्रधानमन्त्रीको चीन भ्रमणमा समेटिनुपर्ने विषय

पाेखरा, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा पोखरामा छलफल गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनलगायतमा छलफल हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले सञ्चालनमा आएर पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सीधा उडान गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुनुपर्ने… पुरा पढौ

एक सातामै विद्युत् विधेयक संसद्मा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं, १२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले एक साताभित्र विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गरिने बताएका छन् । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पूर्णरूपमा पारित गरी मन्त्रिपरिषद्मा पेश गरिसकेको जानकारी दिँदै उनले यसै साताभित्र सो विधेयकले अन्तिम निष्कर्ष पाउने र सङ्घीय संसद्मा पेश हुने बताए। राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आयोजना गरेको कार्यक्रमा उनले सरकारले मुलुकको ऊर्जा क्षेत्रमा देखिने गरी काम गरिरहेको बताए। आन्तरिक बिजुली खपत बढाउनेदेखि प्रसारण तथा… पुरा पढौ

नेपाली पत्रकारिताका ‘शिखर पुरुष’ राजेश्वर नेपालीको निधन

धनुषा, १२ भदौ । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । नेपालीको साेाबार बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए। नेपाल प्रेस युनियन, धनुषाका अध्यक्ष राजनकुमार सिंहले भने, “उहाँ यस क्षेत्रको शिखर पुरुष नै हुनुहुन्थ्यो, उहाँको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।” विगत १४ महिनादेखि बिरामी पर्नुभएका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान पर्नुभएको थियो । यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका… पुरा पढौ