मुख्य समाचार

कन्सल्टेन्सीमा आगलागी, ४५ लाखकाे क्षति

काठमाडौं, १२ भदौ । ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित एक कन्सल्टेन्सीमा आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सीमा विद्युत् ‘सर्ट’ भई आगलागी भएको जानकारी दिए। आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब रु ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए । पुरा पढौ

बाराही सेदी लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल नियुक्त

काठमाडाै, ११ भदाै । पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच शेयर निस्काशन र बिक्री प्रबन्धककाे कार्य गर्ने सम्झाैता भएको छ । अब बाराही सेदी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ मार्फत साधारण शेयर निष्काशन गर्दा शेयर निस्काशन र बिक्री प्रबन्धककाे काम एनएमबी क्यापिटलले नै गर्नछ । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक बिप्लब पौडेल तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा… पुरा पढौ

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जाको सीमा बढ्यो

काठमाडौं, ११ भदौ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगको हकमा रु तीन करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गरेको हो । यसअघि उक्त उद्योगका लागि रु एक करोडसम्म थियो । उद्योगी, व्यवसायी, बैंकर र अर्थ मन्त्रालयको आग्रहपछि राष्ट्र बैंकले विद्यमान… पुरा पढौ

भदौ २६ देखि हुने ‘नाडा अटो शो’ मा १ सय २० वटा स्टल रहने

काठमाडौं, ११ भदाै। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालकाे 'नाडा अटो शो २०२३' यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडाैंमा हुने भएको छ। नाडाले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त शोको अधिकारिक रुपमा घोषणा गरेको हो। भृकुटीमण्डपकाे प्रदर्शनी स्थलमा हुने उक्त अटाे शाेको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल रहेकाे छ। सह-प्रायोजकमा शिखर इन्स्योरेन्स कंपनी रहेकाे बताइएकाे छ। नाडाका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल रहने छन्। उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, करिब १ अर्बको कारोबार

काठमाडौं, ११ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आज नेप्से सामान्य अंकले उकालो लागेको छ । केहि दिन नकारात्मक लयमा गएको सेयर बजार अब त सकारात्मक लयमा फर्कियो कि भन्ने अपेक्षा गरिएको छ । तर यो अपेक्षा बितेका दुई वर्षदेखि उस्तै देखिन्छ भने सुधारको स्पष्ट यात्रा तय हुन सकेको छैन । कारोबार रकममा पनि उल्लेखनीय प्रगति भएको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८… पुरा पढौ

धार्मिक पर्यटकको रोजाइमा पर्दैछ धादिङको नरसिँह धाम

धादिङ,११ भदौ। एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन्। गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ। अघिल्ला वर्षहरुमा खासै चर्चामा नरहेको धाम एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ। साउन महिनामा मात्रै १० लाख… पुरा पढौ

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौँ, ११ भदौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेकाे अभियोगमा ४ जनालाई विभिन्न् स्थानबाट पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार रहेका छन । त्यस्तै सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका… पुरा पढौ

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौँ, ११ भदौ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय कायम भएको छ। पछिल्लो ४ दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला १ लाख १० हजार ५ सय ५० कायम भएकाे छ। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यकाे तुलनामा प्रतितोला ५ ले घटेर १ हजार ४ सय ६० तोकिएको महासङ्घले जनाएको छ। पुरा पढौ

कास्कीमा आयुर्वेदिक उपचारमा बढ्दैछ आकर्षण

गण्डकी, ११ भदौ । कास्कीमा आयुर्वेदिक उपचार प्रति नागरिकहरूकाे आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिएका छन । जिल्लामा पछिल्ला ३ वर्षमध्ये आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमश १६ हजार, २१ हजार र २८ हजार ९ सय ४४ बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुुर्वेदिक उपचार सेवा लिएका छन् । यस उपचार सेवाका अतिरिक्त मातृशिशु सुरक्षार्थ पोषण,… पुरा पढौ

क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा पौडेल

चितवन, ११ भदौ । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त भएका छन । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उनीहरुमध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा अनिलविक्रम कार्कीले जानकारी दिए। उहाँका अनुसार आइतबार साँझ उपसमितिले सिफारिस गरेका मध्येबाट डा पौडेललाई आज बिहान सञ्चालक समितिले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अस्पताल… पुरा पढौ