मुख्य समाचार

अन्नपूर्ण गाउँपालिकाले गर्याे पर्यटनबाट १ करोड आम्दानी

बेनी, ८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत१ करोड भन्दा बढी आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ ताताेपानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिएका छन। यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई रु ६३ लाख ११ हजार, वडा नं… पुरा पढौ

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा वर्षा

काठमाडौं, ८ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ। नेपालमा भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।भदौ ०८ गते शुक्रबारदिउँसो ः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी… पुरा पढौ

बालसुधार गृहका दोषीलाई कानूनी दायरमा ल्याउन आग्रह

काठमाडौं, ८ भदौ । राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवं जीवनको अधिकारप्रति संवेदनशील हुँदै भक्तपुर बाल सुधारगृहको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगले बाल सुधारगृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र त्यस प्रकारका घटना पुनः दोहोरिन नदिन सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन माग गरे। भक्तपुरको मध्यपुरस्थित बाल सुधारगृहभित्र यही भदौ ३ गते रामेछापका कमल बस्नेतको… पुरा पढौ

अर्थतन्त्र सुधार गर्न सरकार र निजी क्षेत्रकाे सहकार्य आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं, ७ भदौ राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उनले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताए । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै… पुरा पढौ

अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ खरिद गर्न पाउने

काठमाडौं, ७ भदौ । आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो । यसअघि विभिन्न अनलाइन माध्याममार्फत टिकट खरिद गर्दै आएका पर्यटकको सुविधाका लागि टिवानले ‘टुरिष्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरेको टिवानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए। “आन्तरिक तथा बाह्य पर्यटक नझुक्किउन र उनीहरुलाई टिकट खरिदमा सहजता होस् भन्ने उद्देश्यले… पुरा पढौ

आर्थिक अपराधका घटना बढ्दै , बैंकिङ कसुरका मात्रै ४ हजार ७ सय २३ उजुरी

काठमाडौं ७ भदौ । पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृतरूपमा रकम चोरी गर्नेलगायत आर्थिक अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडाैमा पछिल्लो सात महिनामा दर्ता भएकामध्ये आर्थिक अपराधसँग जोडिएका मुद्दा ५० प्रतिशत बढी छन् । सो अवधिमा आर्थिक अपराध (बैंकिङ कसुर) का मात्रै ४… पुरा पढौ

जापानसँग नेपालको सम्बन्ध महत्वपूर्ण र ऐतिहासिक छ: चेम्बर अध्यक्ष राजेन्द्र मल्ल

काठमाडौं, ७ भदौ । नेपाल र जापानबीचको कुटनीतिक र आर्थिक सम्वन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसंग नेपालको सम्वन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताएका हुन । राजदूत किकुता युताका सहित भएको कार्यक्रममा अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सासंदहरुसंग आग्रह समेत गरेका थिए । अध्यक्ष मल्लले भने, ‘दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ७० बर्ष पुग्न लागेको… पुरा पढौ

नेप्सेमा ३१.५२ अंकको गिरावट, डेढ अर्बको कारोबार

काठमाडौं, ७ भदौ । अघिल्लो दिन हरियाली छाएको नेप्सेमा दोश्रो दिनमै करेक्सन देखिएको छ। बुधबार सेयरबजार बन्द हुँदाको समयमा नेप्सेमा २६.९९ अंकको बृद्धि भई २०४२.९८ विन्दुमा उक्लिएको थियो । सेयर बजारका जानकारहरुले यस प्रकारको करेक्सनलाई सामान्य मान्ने गरेका छन् । तर बिगत दुई वर्षदेखि सेयर बजारमा भईरहेको अधिकांश दिनहरुको नकारात्मक लयले लगानीकर्ताहरुका मनोबल पक्कै पनि बढाउन सकेको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा झरेको छ । नेप्सेमा १.५४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ… पुरा पढौ

भिजन लुम्बिनी ऊर्जाले पायाे आइपीओ निष्कासन अनुमति

काठमाडौं, ७ भदाै। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासनको लागि स्विकृति पाएको छ। नेपाल धितोपत्र बोर्डले गत भदौ ५ गते आइपीओ निष्कासनको अनुमति दिएकाे हाे। कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने स्वीकृति पाएको बताइएकाे छ। बोर्डबाट शेयर निष्कासनको अनुमति पाएकाे यस जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने गरी छिटै ३८ करोड २५ लाख बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी थालेकाे छ। याे आयोजना कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा रहेको छ। भिजन लुम्बिनी… पुरा पढौ

तनहुँ जिल्लाका १ लाख नागरिकहरू स्वास्थ्य बीमामा आबद्ध

दमौली, ७ भदौ । तनहुँमा १ लाख भन्दाबढी नागरिकहरू स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख २६ हजार नौ सय ६२ रहेकामा ३५ प्रतिशत मात्रै जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध भएको स्वास्थ्य बीमा बोर्ड तनहुँले जनाएको छ । जनचेतना र गरिबीका कारण अझै पनि केही नागरिक स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको बोर्डका दर्ता अधिकारी सिर्जना पोख्रेलले जानकारी… पुरा पढौ