मुख्य समाचार

नेपाल राष्ट्र बैंकद्वारा तीन वित्तीय संस्था कारबाहीमा

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले नियम उल्लङ्घन गर्ने दुई विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा वित्तीय निर्देशन तथा आन्तरिक नियन्त्रण प्रणाली पालना नगरेको भन्दै नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम केन्द्रीय बैंकले यी संस्था तथा नेतृत्वलाई कारबाही दायरामा ल्याएको हो। १. नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार ६ अर्बमा सीमित

काठमाडौं, ११ साउन । अघिल्लो कारोबार दिन बढेको सेयर बजार साताको पहिलो कारोबार दिन सोमबार भने पुनः ओरालो लागेको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अङ्कले घटेर २,७०१.३२ विन्दुमा झरेर बन्द भएको छ। यस दिन नेप्सेसँगै प्रमुख सूचकहरू पनि घटेका छन्। सेन्सेटिभ इण्डेक्स १.९८ अङ्क, फ्लोट इण्डेक्स १.८६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अङ्कले ओरालो लागेका छन्। कारोबार रकम र सेयर कित्ता नेप्से घट्दा कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। गत शुक्रबार ६ अर्ब २६ करोड… पुरा पढौ

३० अर्ब निक्षेप खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १७९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता खिच्दै आएको छ। अनलाइन प्रणालीमार्फत बोलकबोल निक्षेप संकलनका लागि सोमबार (आज) अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेपको ब्याजदर भने… पुरा पढौ

अब घरमै बसेर नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

काठमाडौं, ११ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ। नेपालमै पहिलो पटक सुरु गरिएको यस प्रविधिमैत्री सेवाले आम नागरिकलाई बैंकिङ प्रक्रियामा थप सहजता ल्याउने विश्वास लिइएको छ। यस सुविधा अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नेपाली नागरिकहरूले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। खाता खोल्ने प्रक्रिया कसरी हुन्छ? क्युआर कोड स्क्यान: नागरिक एप प्रयोगकर्ताहरूले https://nagarik.gibl.com.np मा उपलब्ध… पुरा पढौ

उपभोक्तालाई जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन, ११ साउन। नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूति भइरहेको छ । उहाँले भन्नुभयो, “पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको… पुरा पढौ

शुरू भयाे नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग

काठमाडौं, ११ साउन। नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्गकाे आज उद्घाटन गरेका हुन । त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए । उनले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे । उनले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी… पुरा पढौ

सानिमा बैंकको खुद नाफा ३८% ले बढ्यो, वितरणयोग्य नाफा रु २ अर्ब ८३ करोड

काठमाडौं, ११ साउन । सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश दिने क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (२ अर्ब ५७ करोड रुपैयाँ) तुलनामा ३८.०१ प्रतिशत बढी हो। मुख्य आम्दानी र सञ्चालन नाफामा वृद्धि बैंकको खुद ब्याज आम्दानी… पुरा पढौ

आरोग्य पर्यटन प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, ११ साउन। नेपालको आरोग्य पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र ‘नेपाल इन बिजनेस (एनआइबी)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा तयार गरी लागू गरिएको राष्ट्रिय आरोग्य पर्यटन कार्ययोजना (सन् २०२६ देखि २०३० सम्म)ले पहिचान गरेका रणनीतिक आरोग्य गन्तव्यहरूमध्ये उच्च हिमाली क्षे त्रअन्तर्गत पदयात्रा गन्तव्यमा आरोग्य पदयात्रा परिपथको विकास, प्याकेजिङ तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आइतबार उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा टानका अध्यक्ष सागर पाण्डे र (एनआइबी)का टिम लिडर… पुरा पढौ

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

सुदूरपश्चिम, ११ साउन । “सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् । यसले सुरक्षित आवतजावतमा समस्या भइरहेको छ । झाडी कटान तथा सरसफाइ गर्न विश्वविद्यालयको आन्तरिक स्रोतबाट पुगेको छैन । त्यसैले सरसफाइ अभियानमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ”, यही साउन ४ गते दिउँसो ३ः२० बजे विश्वविद्यालयका उपकुलपति डा सुनिलकुमार जोशीले सामाजिक सञ्जालमा लेख्नुभयो । त्यसको भोलिपल्ट बिहान सबेरैदेखि झाडु बोकेर सयौँ नागरिक त्यहाँ पुग्न थाले । त्यसयता दैनिकजसो सयौँ विद्यार्थी,… पुरा पढौ

नागढुंगा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा, कुन सवारीलाई कति लाग्छ शुल्क ?

काठमाडौं ११ साउन। लामो पर्खाइपछि काठमाडौंसँगको आवागमनलाई सहज र द्रुत बनाउने राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङमार्ग आज (साउन ११ गते, सोमबार) देखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ। सुरुङमार्गको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएसँगै आज बिहान ११ बजे एक औपचारिक कार्यक्रमका बीच यसको उद्घाटन गरिँदैछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रमुख लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा सुरुङमार्गको उद्घाटन हुने कार्यक्रम तय भएको छ। काठमाडौंको टोटेपाखादेखि धादिङतर्फको सिस्नेखोला जोड्ने कुल २ हजार ६ सय ८०… पुरा पढौ