मुख्य समाचार

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, ११ साउन। हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी… पुरा पढौ

ज्ञानमा आधारित अर्थतन्त्रका लागि नवप्रवर्तन र एआईमा लगानी बढाउनुपर्छ: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं, १० साउन। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्। सनवे कलेजद्वारा आयोजित ‘इनोभेसन फेस्ट २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले चौथो औद्योगिक क्रान्तिको यो युगमा प्राकृतिक स्रोत वा सस्तो श्रमशक्तिभन्दा ज्ञान, नवप्रवर्तन र प्रविधि नै राष्ट्रको प्रतिस्पर्धात्मक क्षमताको प्रमुख आधार बनेको बताए। नेपालले आफ्नो युवा जनशक्ति, सिर्जनशीलता र डिजिटल पहुँचलाई उत्पादनशील अर्थतन्त्रसँग जोड्न सके दक्षिण एशियाकै महत्त्वपूर्ण नवप्रवर्तन केन्द्र बन्न… पुरा पढौ

ग्रीन प्लाई नेपालले आईपीओ जारी गर्ने, साउन २२ गते बोलायो विशेष साधारण सभा

काठमाडौं, १० साउन । नेपालको प्लाइउड उद्योगमा द्रुत गतिमा बजार विस्तार गरिरहेको ग्रीन प्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता शेयर आईपीओमार्फत बिक्री गर्न लागेको हो। आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले २०८३ साल साउन २२ गते विशेष साधारण सभा बोलाएको छ। सर्वसाधारणमा शेयर जारी गर्ने लक्ष्यसहित कम्पनी गत आर्थिक वर्षमा नै प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ। वित्तीय अवस्था र… पुरा पढौ

सुरको साधनामा प्रमेन्द्र महर्जनको सात दशक

बागमती, १० साउन। हेटौँडाको हरिकुञ्ज रोडमा एउटा घर छ, जहाँ बिहान–साँझ सङ्गीतका स्वरहरू गुञ्जिरहन्छन् । त्यही घरमा भेटिन्छन्, वरिष्ठ सङ्गीतकार प्रमेन्द्र महर्जन । उमेरले ७० वर्ष नाघिसकेको भए पनि उहाँको उत्साह, ऊर्जा र सङ्गीतप्रतिको समर्पण भने आज पनि युवा कलाकारको जत्तिकै जीवन्त देखिन्छ । हेटौँडामा सङ्गीत सिक्न चाहने धेरै पुस्ताका लागि महर्जन केबल एक सङ्गीतकार होइन, एक गुरु, मार्गदर्शक र प्रेरणाका स्रोत पनि हुनुहुन्छ । पाँच दशकभन्दा लामो साङ्गीतिक यात्रामा उहाँले सयौँ कलाकार जन्माउनुभयो, करिब २५० गीतमा सङ्गीत दिनुभयो र… पुरा पढौ

पाैने १८ खर्ब व्यापार घाटा व्यहोरेको नेपाललाई डेनमार्क र नर्वेसहित ३४ देशसँग भने फाइदा

काठमाडौं, १० साउन। नेपालको वैदेशिक व्यापार उच्च घाटामा गुज्रिरहेको भए पनि केही देशहरूसँगको व्यापारमा भने नेपालले उल्लेख्य फाइदा कमाइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्क अनुसार समीक्षा वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबर पुगेको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत र निर्यातको हिस्सा १३.०७ प्रतिशत मात्र रहेको छ। समीक्षा अवधिमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट ३… पुरा पढौ

मातृभूमिको विकासमा ढुक्क भएर लगानी गर्नुहोस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौं, १० साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका प्रवासी नेपालीहरूलाई मातृभूमिको आर्थिक विकास र समृद्धिमा लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूसँग शनिबार आयोजित एक 'भर्चुअल' छलफलमा उहाँले यस्तो आह्वान गर्नुभएको हो। मन्त्री वाग्लेको निजी सचिवालयका अनुसार, छलफलका क्रममा अर्थमन्त्रीले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र पार्टीको स्पष्ट धारणा रहेकाले यसमा पूर्ण विश्वस्त हुन प्रवासी नेपालीहरूलाई आग्रह गर्नुभयो। प्रवासी नेपालीहरू मुलुकका सच्चा सद्भावनादूत (गुडविल एम्बेसडर) भएको उल्लेख गर्दै उहाँले देशको आर्थिक विकासमा प्रवासमा रहेका… पुरा पढौ

उद्योगीको बक्यौता छुट, सर्वसाधारणलाई भ्याटको भार-घिसिङ

काठमाडौं, १० साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत् महसुल असुलीमा सरकारले देखाएको मौनतामाथि गम्भीर प्रश्न उठाएका छन्। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत् महसुल असुलीमा सरकारले देखाएको मौनतामाथि गम्भीर प्रश्न उठाए हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुशासनलाई प्राथमिकता दिएको दाबी गर्ने सरकारले यस विषयमा देशवासीलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। घिसिङले लोडसेडिङको कठिन समयमा विशेष सुविधा लिएका उद्योगहरूले तिर्नुपर्ने प्रिमियम महसुलको… पुरा पढौ

सिवाईसी नेपाल लघुवित्तको एजिएम साउन ३० मा: मर्जर र प्राप्तिको प्रस्ताव मुख्य एजेन्डा

काठमाडौं, १० साउन। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। साउन ८ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले पोखरास्थित होटल दिपसागरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो। यस वर्षको साधारण सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव लैजान लागिएको छ। उक्त प्रस्ताव पारित भएपछि संस्थाले सम्भावित मर्जर तथा… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १० साउन। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा… पुरा पढौ

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली, १० साउन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको प्रदेशको सत्ता समीकरण प्रभावित हुने भएको छ । त्यसको प्रत्यक्ष प्रभाव कर्णालीमा परेको छ । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसले गत असार ३१ समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्व सरकार अल्पमतमा परेको… पुरा पढौ