मुख्य समाचार

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, १३ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि… पुरा पढौ

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं, १३ साउन। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा… पुरा पढौ

गण्डकीको वन क्षेत्रमा उल्लेखनीय प्रगति-३२ करोड बढी राजस्व संकलन, ९१ प्रतिशत भौतिक प्रगति

पोखरा, १२ साउन । वन निर्देशनालय, गण्डकी प्रदेशले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति समीक्षा सार्वजनिक गर्दै वन संरक्षण, जैविक विविधता, जलाधार व्यवस्थापन, वन्यजन्तु संरक्षण, वन पैदावार उत्पादन तथा राजस्व संकलनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। दुईदिने वार्षिक प्रगति समीक्षा गोष्ठी वन निर्देशनालयको सभाहल, बगर पोखरामा सम्पन्न भएको हो। निर्देशनालयका अनुसार गण्डकी प्रदेशको कुल २१ लाख ९७ हजार ६३४ हेक्टर क्षेत्रफलमध्ये ८ लाख १७ हजार २९० हेक्टर अर्थात् ३७.१८ प्रतिशत भूभाग वनले ढाकेको छ। प्रदेश पूर्वीय र पश्चिमी… पुरा पढौ

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौं, १२ साउन । नेपाली कृषकलाई आफ्नो खेत-बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ । तीन–चार महिना दुःखजिलो गरेर भित्राएको मकैले उचित मूल्य पाउन सकिरहेको छैनन् । तर, नेपालका होटल तथा रेष्टुरेण्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएको ‘स्वीट कर्न फ्रोर्जन’ को परिकार खान भने नेपाली ग्राहक मरिहत्ते गरेको देखिन्छ । होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रे नेपालका होटल तथा रेष्टुरेण्टमा ग्राहकको रोजाइमा ‘स्वीट कर्न’ पर्दै आइरहेको बताउनुहुन्छ । ‘‘हाम्रै गाउँघरमा प्रशस्त मकै हुन्छ । तर, ‘स्वीट… पुरा पढौ

नेप्सेमा घट्दै : कारोबार रु ४ अर्ब ४२ करोडमा सीमित, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं, १२ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो कारोबार दिन मंगलबार पनि मन्दी कायमै रहेको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको बजारले मंगलबार पनि सोही सुस्ततालाई निरन्तरता दिएको हो। नेप्से परिसूचक ४.६४ अंकले ओरालो लाग्दै २६९६.६७ विन्दुमा झरेको छ। नेप्सेसँगै बजारका अन्य प्रमुख सूचकहरू—सेन्सेटिभ इण्डेक्स ०.७० अंक, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले घटेका छन्। शेयर बजारमा आएको सुस्ततासँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट दर्ज भएको छ। सोमबार ६ अर्ब ८ करोड… पुरा पढौ

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन शुरु

काठमाडौं, १२ साउन। लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट भइरहेको शोषण अन्त्य र विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघरमा सामूहिक आमरण अनशन शुरु गरेका छन्। मंगलवारदेखि अनशनमा बसेका पीडितहरूले लघुवित्त तथा वित्तीय संस्थाहरूले ऋणीमाथि गरिरहेको वित्तीय शोषण, चर्को एवम् चक्रवृत्ति ब्याज, र विभिन्न शीर्षकमा असुल गरिने हर्जना तथा विविध शुल्क तत्काल खारेज गर्नुपर्ने मुख्य माग राखेका छन्। आन्दोलनका क्रममा लघुवित्त पीडित मणिराम ज्ञवालीले नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत लघुवित्त संस्थाहरूले सर्वसाधारणलाई लुट्ने र शोषण गर्ने कार्य निरन्तर… पुरा पढौ

नेप्सेको नयाँ सीइओका लागि आवेदन खुला: १५ वर्षे अनुभव र व्यावसायिक कार्ययोजना अनिवार्य

काठमाडौं, १२ साउन । नेपालको एक मात्र धितोपत्र बजार, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदपूर्तिका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। अर्थ मन्त्रालयले मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो। नेप्सेमा नयाँ नेतृत्व चयन गर्नका लागि मन्त्रालयले पूर्वगठित 'छनोट तथा सिफारिस समिति' को निर्णयअनुसार यो प्रक्रिया अगाडि बढाएको हो। इच्छुक र योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा… पुरा पढौ

पुँजीबजार सुधारमा नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

काठमाडौं, १२ साउन। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिनुभयो । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उहाँको भनाइ थियो । अर्थमन्त्री वाग्लेले बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुन निर्माण र नियमनका क्रममा… पुरा पढौ

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने- प्राधिकरण

काठमाडौं, १२ साउन। नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ । प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक रुपमा बिलिङ हुने गरेको र गत असार महिनामा… पुरा पढौ

विश्वका ५० उत्कृष्ट विलासी होटलको सूचीमा नेपालको ‘शिन्तामणि मुस्ताङ’ पहिलो नम्बरमा

काठमाडौं, १२ साउन । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सार्वजनिक गरेको सन् २०२६ को विश्वका ५० उत्कृष्ट विलासी होटलहरूको सूचीमा नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित ‘शिन्तामणि मुस्ताङ’ विश्वकै सर्वोत्कृष्ट होटल बन्न सफल भएको छ। विश्वभरका सयौँ ऐतिहासिक तथा बहुचर्चित होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै मुस्ताङको यस रिसोर्टले शीर्ष स्थान (पहिलो नम्बर) ओगटेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्यटन क्षेत्रको उचाइ थप बढाएको छ। कसरी भयो छनोट ? रोब रिपोर्टका २४ जना विश्वविख्यात पर्यटन विज्ञहरूको टोलीले सेवाको गुणस्तर,… पुरा पढौ