मुख्य समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, १० साउन। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ… पुरा पढौ

सूचनाको बाढीमा सत्यको खोजी: हरारीको ‘नेक्सस’ पढेपछि…

काठमाडौं, ९ साउन । हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ सूचना पाउन कठिन छैन; कठिन त सही सूचना चिन्न, त्यसको अर्थ बुझ्न र त्यसका आधारमा विवेकपूर्ण निर्णय गर्न भएको छ। बिहान आँखा खुल्नासाथ मोबाइलको स्क्रिनमा समाचार, विज्ञापन, राजनीतिक प्रतिक्रिया, भिडियो, सूचना र अफवाहको अनन्त प्रवाह सुरु हुन्छ। केही सामग्री मानिसले तयार गरेका हुन्छन्, केही एल्गोरिदमले छानेका हुन्छन् र केही त कृत्रिम बुद्धिमत्ता (एआई) ले नै निर्माण गरेका हुन्छन्। हामीले आफूले खोजेको सूचना पाइरहेका छौँ कि कुनै अदृश्य प्रणालीले हाम्रो ध्यान,… पुरा पढौ

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंक, भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं, ९ साउन। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ । भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार संशोधित व्यवस्थाबमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गरी वालेट खोल्नुपर्नेछ । त्यस्तै, अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल ‘एप्लिकेसन’ वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए वा… पुरा पढौ

ओटिसी बजारका लागि ऐतिहासिक बन्यो आव २०८२/८३: ५ अर्ब ६२ करोडको शेयर कारोबार

काठमाडौं, ९ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नभएका सार्वजनिक लिमिटेड कम्पनीहरूको शेयर किनबेच हुने ओभर द काउन्टर (ओटिसी) बजारका लागि आर्थिक वर्ष २०८२/८३ ऐतिहासिक वर्ष सावित भएको छ। जलविद्युत, औषधि, सूचना प्रविधि र धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूको वर्चस्व रहेको यस बजारमा गत वर्ष अर्बौँ रुपैयाँको कारोबार भएको छ। गत आर्थिक वर्षभरिमा ओटिसी बजारमार्फत कुल २ करोड ५ लाख ५३ हजार १९७ कित्ता शेयर किनबेच भएका छन्। यस कारोबारबाट कुल ५ अर्ब ६२ करोड ४४ लाख ७२ हजार… पुरा पढौ

आव २०८२/८३ मा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर, ९ साउन। आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार,… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ९ साउन। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा कायम… पुरा पढौ

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं, ९ साउन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी… पुरा पढौ

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ९ साउन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया… पुरा पढौ

सञ्चय कोषद्वारा एक रु अर्ब ६९ करोड १९ लाख प्रवाह

विराटनगर, ८ साउन। कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल रु एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रकम प्रवाह गरेको जनाएको छ । जसअन्तर्गत सञ्चय कोष भुक्तानीतर्फ तीन हजार ५०४ जनालाई रु एक अर्ब सात करोड २७ लाख र विशेष सापटीतर्फ एक हजार ६८१ जनालाई रु ६१ करोड ९२ लाख प्रवाह गरेको छ । सोही अवधिमा सामाजिक सुरक्षा सुविधाअन्तर्गत कार्यक्रिया अनुदानतर्फ ५६ जनालाई रु २२ लाख ४०… पुरा पढौ

आव २०८२/८३ मा १० अर्ब राजस्व सङ्कलन

विराटनगर, ८ साउन। आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिनुभयो । कार्यालयले ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको उहाँले बताउनुभयो । सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड… पुरा पढौ