मुख्य समाचार

आव २०८२/८३ मा १० अर्ब राजस्व सङ्कलन

विराटनगर, ८ साउन। आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिनुभयो । कार्यालयले ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको उहाँले बताउनुभयो । सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड… पुरा पढौ

साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार, कारोबार रकम ६ अर्ब २५ करोड नाघ्यो

काठमाडौं, ८ साउन । अघिल्लो कारोबार दिनको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.१६ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंकले सकारात्मक रहेका छन्। कारोबार रकममा उल्लेख्य वृद्धि बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार कारोबार रकममा राम्रो सुधार आएको छ। यस दिन ३५३ वटा… पुरा पढौ

आलेखः चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली

बागमती, ८ साउन। हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचानजस्तै बनेको यहाँ बनाइने खुवा अहिले हेटौँडाको मुख्य कोसेली नै बनेको छ । विभिन्न पेसा र व्यवसायमा आबद्ध रही बाहिरका विभिन्न जिल्लाबाट आएर हेटौँडा बस्ने व्यक्ति हुन् या कान्तिलोकपथमार्फत चुच्चे खोला हुँदै आवतजावत गर्ने हुन्, जो–कोहीले पनि यहाँबाट घरमा कोसेलीका रुपमा खुवा लैजाने गर्दछन् । करिब २०३५÷३६ सालतिरदेखि चुच्चे खोला क्षेत्रमा सुरु भएको खुवा बनाउने व्यवसाय पछिल्ला वर्षमा यहाँको… पुरा पढौ

मितेरी डेभलपमेन्ट बैंकको नाफा १४ करोड बढी, खुद ब्याज आम्दानी ५० प्रतिशतले बढ्यो

काठमाडौं, ८ साउन । पूर्वी नेपालमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले आफ्नो खुद नाफा र प्रमुख वित्तीय सूचकहरूमा उल्लेख्य सुधार दर्ज गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१२ करोड ९५ लाख रुपैयाँ) तुलनामा ८.९८ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक… पुरा पढौ

प्रत्येक नेपालीको थाप्लोमा रु १ लाख २ हजार ऋण, कुल सार्वजनिक ऋण पाैने ३० खर्ब

काठमाडौं, ८ साउन। सरकारको बढ्दो खर्च, कमजोर राजस्व संकलन र बजेट घाटाका कारण नेपालीको थाप्लोमा वर्षेनी ऋणको भार थपिँदै गएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आइपुग्दा प्रत्येक नेपालीको भागमा औसत १ लाख २ हजार ३ रुपैयाँ ऋणको भार पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण विनिमय दरको… पुरा पढौ

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं, ८ साउन। उच्च अदालत पाटनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले थुनछेक बहसपछि प्रारम्भिक सुनुवाइ गर्दै अग्रवाललाई अनुसन्धान र मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको हो। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका प्रतिवादी रहेका अग्रवाललाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराएको थियो। अदालतको यो आदेशसँगै उनलाई कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको छ। उनीमाथि दर्ता भएको… पुरा पढौ

राष्ट्र बैंकद्वारा भारु २०० र ५०० दरका नोट सटही तथा प्रयोगमा सहजीकरण

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले भारतीय २०० र ५०० रुपैयाँ दरका नोट नेपालमा वैधानिक रूपमा प्रयोग गर्न तथा सटही गर्न सकिने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै आवश्यक प्रक्रियागत व्यवस्था पूरा गरी बिहीबारदेखि यो निर्णय कार्यान्वयनमा ल्याएको हो। नयाँ व्यवस्थाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २०० र ५०० रुपैयाँका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँ (IC) सम्म नेपाल ल्याउन, भारत लैजान र प्रचलित नियमअनुसार सटही गर्न… पुरा पढौ

चीन र भारतबाट ४८ अर्बका स्मार्टफोन भित्रिए, राजस्वमा १० अर्बको योगदान

काठमाडौं, ७ साउन । गत आर्थिक वर्षमा नेपालमा उल्लेख्य मात्रामा स्मार्टफोन तथा सञ्चार उपकरणहरूको वैधानिक आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा चीन र भारतबाट मात्रै साढे २२ लाख थान स्मार्टफोन भित्रिएका छन्, जसका लागि करिब ४८ अर्ब रुपैयाँ वैदेशिक मुद्रा बाहिरिएको छ। तथ्याङ्क अनुसार स्मार्टफोन आयातमा चीन पहिलो स्थानमा रहेको छ। चीनबाट १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन आयात भएको छ, जसको भन्सार मूल्य करिब ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ।… पुरा पढौ

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं, ७ साउन। नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर पाँच हजार डलर बराबरको अमेरिकी मुद्रा र पाँच हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि भन्सार घोषणाबिनै नेपालमा भित्र्याउन सकिने जनाएको हो । पाँच हजार अमेरिकी डलरभन्दा बढी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ… पुरा पढौ

नबिल बैंकले जित्यो युरोमनीका तीन प्रतिष्ठित अवार्ड, बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका पुनःस्थापित

काठमाडौं, ७ साउन। देशको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा महत्वपूर्ण अवार्डबाट सम्मानित भएको छ। बैंक 'युरोमनी अवार्डस् फर एक्सिलेन्स'अन्तर्गत 'नेपाल्स बेस्ट बैंक', 'नेपाल्स बेस्ट बैंक फर ईएसजी' र 'नेपाल्स बेस्ट बैंक फर एसएमईज्' को उपाधि प्राप्त गर्न सफल भएको हो। यी अवार्डमार्फत बैंकले नेपालको बैंकिङ क्षेत्रमा आफ्नो अग्रणी र नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ। यी प्रतिष्ठित अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) का प्राथमिकतालाई… पुरा पढौ