मुख्य समाचार

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री वाग्ले

काठमाडौं, ७ साउन । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिष्ट’ बाट चाँडै बाहिर निस्कने उहाँको विश्वास छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री वाग्लेले कर प्रशासकहरूको वृत्तिविकास एवं उनीहरूको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार: परिसूचक २७२६ विन्दुमा, कारोबार रकममा भने गिरावट

काठमाडौं, ७ साउन। बिहीबार शेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेर बन्द भएको छ। लगातार छ कारोबार दिनको वृद्धिपछि अघिल्लो दिन करेक्सन भएको नेप्से, बिहीबार पनि 'इन्ट्रा-डे' करेक्सनपछि अन्तिम समयमा सकारात्मक लयमा फर्किंदै बन्द भएको हो। यस दिन नेप्से परिसूचक १४.१७ अङ्कले बढेर २७२६.७२ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९८ अङ्क, फ्लोट इण्डेक्स ०.७३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अङ्कले बढेका छन्। नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो कारोबार दिन (बुधबार) रु.… पुरा पढौ

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पाेखरा, ७ साउन। सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तरराष्ट्रिय गन्तव्यमा… पुरा पढौ

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं, ७ साउन। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । संशोधित कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ । अनुदान प्राप्त गर्ने… पुरा पढौ

NIFRA को व्यावसायिक दायरा विस्तार: नाफा र प्रतिशेयर आम्दानीमा भने संकुचन

काठमाडौं, ७ साउन। पूर्वाधार विकास बैंकका रूपमा सञ्चालित नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा आफ्नो व्यावसायिक दायरा विस्तार गरे पनि खुद नाफा र प्रतिशेयर आम्दानीमा भने संकुचन बेहोरेको छ। मुख्य गरी ब्याज खर्चमा भएको वृद्धि र खुद ब्याज आम्दानीमा आएको गिरावटका कारण बैंकको नाफा प्रभावित भएको हो। गत असार मसान्तसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१ अर्ब २३ करोड ४० लाख रुपैयाँ) तुलनामा १९.९८ प्रतिशतको… पुरा पढौ

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम, ६ साउन। बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन भएको हो । आव २०८२/८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ रु दुई अर्ब ५५ कारेड सात लाख ३० हजार, आयकरतर्फ रु दुई अर्ब छ करोड… पुरा पढौ

मन्त्रिपरिषदद्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

काठमाडौं, ६ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितसँग भएकाे सहमति अनुमाेदन गरेकाे छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव… पुरा पढौ

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं, ६ साउन । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला हुवावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले आज यहाँ आयोजित कार्यक्रममा ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ (इएसएस) सार्वजनिक गरेको हो । कम्पनीका अनुसार फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा (पीभी) ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएको विकसित डिजिटल प्रणाली हो । यसले कृत्रिम बौद्धिकता… पुरा पढौ

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली, ६ साउन। आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् । चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन् । स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ । जुम्लामा गत आव २०८२÷८३ मा एक करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो । उत्पादनको झन्डै ७० प्रतिशत स्याउ नेपाली बजारमानै खपत भएको छ । सो आर्थिक वर्षमा एक करोड २६ लाख ५४ हजार केजी स्याउ नेपाली बजारमा खपत भएको छ । उत्पादनको करिब ३० प्रतिशत… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं, ६ साउन। धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अङ्कले घटेर ४७० दशमलव ३१ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ७७ अङ्कले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शूल्य दशमलव ५८ अङ्कले घटेर १५९… पुरा पढौ