मुख्य समाचार

ग्लोबल आइएमई बैंककाे नाफा ७ अर्ब २५ कराेड, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं, २१ साउन । ग्लोबल आइएमई बैंकले ७ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ। बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको हाे।  बैंकले कमाएकाे नाफा गत वर्षकाे साेहि अवधिकाेभन्दा ४६.२६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख खुद नाफा आर्जन गर्न सफल भएकाे थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफा बढ्नमा सहयाेग… पुरा पढौ

पहिलाे दिन सुनकाे भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं, २१ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा… पुरा पढौ

पर्यटकका लागि आकर्षक केन्द्र बन्दैछ मनाङकाे हिमताल

मनाङ, २१ साउन । हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटकहरू मनाङ आउने गर्दन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्ने गरेका छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् । यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिने गरेको उनीहरु भनाइ छ । जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो… पुरा पढौ

भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगन्जका ६ जनाको मृत्यु

राँझा, २१ साउन । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र… पुरा पढौ

कर्णालीमा बीमाको पहुँचमा रहेका नागरिक चार प्रतिशत

कर्णाली, २१ साउन । जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन् । कर्णालीमा चार प्रतिशत नागरिकमात्र बीमा कार्यक्रमको पहुँचमा भएको तथ्याङ्क छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कानुसार कर्णालीको कुल जनसङ्ख्याको चार प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा छन् । बीमा प्रिमियम (शुल्क) सङ्कलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बीमा गर्ने नागरिकको सङ्ख्या न्यून रहेको प्राधिरकण प्रदेश कार्यालयका… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आईतबारको भाउ

काठमाडौं, २१ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रिदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।… पुरा पढौ

४० करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी

काठमाडौं, २१ साउन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा रु ४० करोड बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो । कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार रु ४० करोड ६७ लाख ४२ हजार सात सय ३५ बक्यौता रहेको छ । तीमध्ये कालो सूचीमा रहेका ग्राहकबाट रु ७३ लाख तीन हजार ४८ असुल गर्न बाँकी छ । केन्द्रले कालो सूचीमा दुई सय ६७ ग्राहकलाई राखेको छ ।… पुरा पढौ

उत्पादित कागतीले बजार नपाउदा कृषक निराश

दमौली, २१ साउन । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे। विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए। उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।” पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री… पुरा पढौ

कोशी, कर्णाली र सुदूरपश्चिममा हल्का देखि मध्यम वर्षा

काठमाडौं २१ साउन । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयजल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को  प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर  स्थान  भन्दा  उत्तरतिर  अवस्थित  रहेको  छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।  श्रावण २१ गते (आइतबार) दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशको… पुरा पढौ

रकम फिर्ताका लागि शिवशिखर विरूद्ध १ हजार पाँच सय उजुरी

डडेल्धुरा, २१ साउन । शिवशिखर सहकारीका विरूद्ध एक हजार पाँच सय ४३ बचतकर्ताले रकम फिर्ताको माग गर्दै निवेदन दर्ता गरेका छन् । सो सहकारीमा लामो समयदेखि रकम जम्मा गर्दै आएका बचतकर्ताले सहकारीले रकम फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दिएका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर सहकारीमा रकम जम्मा गरेका तर फिर्ता नपाएका बचतकर्तालाई उजुरी गर्न सूचना जारी गरेपछि एक हजार पाँच सय ४३ जनाको ठाडो निवेदन दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले… पुरा पढौ