मुख्य समाचार

चिनियाँ भाषा तालिमले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं, २४ साउन । पर्यटन व्यवसायीका लागि आयोजित छ महिने चिनियाँ भाषा तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौँ चिनियाँ भाषा तालिम आयोजना गरिएको थियो । नेपालस्थित चिनियाँ दूतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहआयोजनामा सञ्चालित छ महिने चिनियाँ भाषा तालिम सम्पन्न भएको हो । तालिममा पर्यटन बोर्डका कर्मचारीसहित ४० पर्यटन व्यवसायीको सहभागिता… पुरा पढौ

नेपाललाई चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बनाउन उद्योग वाणिज्य महासङ्घ अध्यक्ष ढकालकाे आग्रह

काठमाडौं, २३ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङ्को ध्यानाकर्षण गराएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेकोसमेत बताए । साथै अध्यक्ष ढकालले चिनियाँ… पुरा पढौ

कसरी संभब भयो पाेखराकाे फोहोर व्यबस्थापन ?

पोखरा, २३ साउन। बिगत १२ दिन देखी अवरुद्ध पोखराको फोहर मंगलबारबाट व्यवस्थापन भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि पोखराको फोहोर व्यबस्थापन हुन नसक्दा महानगरपालिका प्रमुख धनराज आचार्य पनि आलोचित भएका थिए । मंगलबार महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहर व्यवस्थापन गरिएको हो । फोहोर व्यबस्थापनका लागि मेयर आचार्यनै संघर्ष समितिसँग वार्ता गर्न पोखरा ३२ पुगेपनि सफल हुन सकेका थिएनन् । आचार्य र संघर्ष समितिसँगको बार्ता निष्कर्शमा पुग्न नसकेपछि महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरु… पुरा पढौ

नेप्से २८.४० अंकले घट्याे, आइएमई लाइफकाे काराेबार आज पनि अब्बल

काठमाडौं, २३ साउन । नेप्सेमा लगातार गिरावट भईरहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार ओरालोकै यात्रामा गएको छ । साउन ७ गते नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ काे मौद्रिक नीति सार्वजनिक गरेकै दिनमा उछाल आएको नेप्सेमा त्यसको भोलिपल्टबाट लागातार ८ दिन र बिचमा सकारात्मक भएर पुनः अधिकांश दिनहरुमा ओरालो लाग्दै आएको छ । नेप्सेमा आईरहेको नकारात्मक लयको कारण सेयर बजारका लगानीकर्ताहरु पर्ख र हेरकै स्थितिमा रहेका छन् । आजको राताम्मै भएको सूचकांककाे… पुरा पढौ

ईयुको सुरक्षा सूचीबाट हटाउन पहल गरिदिन पर्यटनमन्त्री किरातीलाई परिसङ्घको आग्रह

काठमाडौं, २३ साउन । ईयुको सुरक्षा सूचीबाट हटाउन पहल गरिदिन पर्यटनमन्त्री सुदन किरातीलाई नेपाल उद्योग परिसङ्घले आग्रह गरेकाे छ। परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँगकाे साे भेटमा नेपालको समग्र पर्यटन उद्योगका विषयमा छलफल समेत गरेको थियाे । नेपालको पर्यटन प्रबर्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (ईयु)ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको हो । पर्यटन मन्त्रालयमा भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन… पुरा पढौ

रिलायबल नेपाल लाइफको आजदेखि आईपीओ खुल्ला

काठमाडौं, २३ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमियममा आईपीओ निष्काशन गरेकाे छ।इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको बताएकाे छ। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।… पुरा पढौ

विदेशी मुद्राको सञ्चिति बढेपछि आयात खुकुलो बनाउदै राष्ट्र बैंक

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति बढेपछि आयातलाई खुकुलो बनाएको जनाएकाे छ । बैंकले परिपत्र जारी गर्दै वस्तुकाे आयात गर्दाका बखत एलसीको सीमालाइ बढाएको उल्लेख छ। भारतबाट गरिने आयातमा भारु ३ करोड सम्मको एलसी खोल्न पाइने भएकाे छ । तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइनेछ । पहिले यसका लागि रु ५० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइने व्यवस्था रहेकाे थियो। एक पटक सटही सुविधा लिएपछी ७… पुरा पढौ

देशभर भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, २३ साउन । काठमाडौ उपत्यकासहित देशभर भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गए रातिदेखि काठमाडौँ लगायत देशभर निरन्तर वर्षा भइरहेको जनाएकाे छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका… पुरा पढौ

सुन र चाँदी दुबैको भाउ घट्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तराष्ट्रिय बजारमा भईरहेकाे व्यापार, व्यवसायमा र विभिन्न घटनाक्रमहरुकाे प्रभावले पहेलो तथा सेतो धातुको मूल्यमा तलमाथि भईरहने जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि साेमबार छापावाल सुन तोलाको १… पुरा पढौ

मंगलबार अमेरिकी डलर र यूरोको भाउ घट्यो

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रिदर १३२ रुपैयाँ ७० पैसा रहेको छ ।… पुरा पढौ