मुख्य समाचार

नेशनल हाइड्रोपावरकाे हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं, १८ साउन । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडकाे हकप्रद सेयर भर्नका लागि निवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीलेले असार २९ गतेदेखि हाल कायम र रहेकाे चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेको थियाे । कम्पनीका अनुसार १० कित्ता बराबर नयाँ ५ कित्ता सेयर खुलाइएकाे हाे । यसमा ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता रहेकाे छ। सेयर निष्काशन प्रयोजनका लागि असार १ गते बुकक्लोज गरिएकाेले जेठ ३२ गतेसम्म… पुरा पढौ

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

काठमाडौं, १८ साउन । ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए। उपत्यकामा ग्वार्काेसँगै दुई चोक… पुरा पढौ

मातृ मृत्यु घटाउन सबैकाे सहयोग आवश्यक छ : मुख्य सचिव

काठमाडौं, १८ साउन । मुख्य सचिव डा वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उनले सबैको सहयोगले मातृ मृत्यु घटाउन सकिने बताए। उनले विगतको तुलनामा मातृ मृत्युदर निकै राम्रो उपलब्धि हासिल भएको भए पनि सन् २०३० सम्म प्रतिलाख ७० जनामा पुर्याउन क्षेत्रगतरुपमा विशेष पहल गर्नुपर्ने, स्थानीय तहको क्षमता अभिवृद्धि तथा सहयोग गरिनुपर्ने बताए। मुख्यसचिव अर्यालले मातृ… पुरा पढौ

छुटेकालाई कोभिड-१९ विरुद्धको खोप लगाउदै कामपा

काठमाडौं, १८ साउन । काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ । यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने… पुरा पढौ

बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली

काठमाडौं, १८ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अहिले बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका छन्। ललितपुर, च्यासलस्थित तुल्सीलाल अमात्यको २६औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक दल, मुलुकलाई माया गर्ने परिवर्तनकारी शक्तिलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आह्वानसमेत गरे। “म सबै पार्टीका साथीलाई आग्रह गर्न चाहन्छु । देशलाई माया गर्ने शक्ति एक ठाउँमा आउँदा राम्रो हुन्छ”, उनले भने, “हामी साँच्चै परिवर्तनकारी हौँ भने सानातिना कुरा छाड्नुपर्दछ । एकताबद्ध भएर परिवर्तनका लागि अगाडि बढ्नुपर्दछ ।… पुरा पढौ

महासङ्घद्वारा निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, १८ साउन । सम्पन्न भइसकेका कामको समेत भुक्तानी सरकारले रोकेको भन्दै आन्दोलनरत निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीद्वारा विभिन्न माग राखी भइरहेको आन्दोलनबारे ध्यानाकर्षण भएको जनाएको हो । “कूल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान रहेको निर्माण व्यवसाय क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माण मात्र नभई समग्र अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ । व्यवसायीले निर्माण कार्य सम्पन्न गरे पनि भुक्तानी… पुरा पढौ

म्याग्दीमा २३८ मेगावाटका १३ जलविद्युत् आयोजना निर्माणाधीन

गलेश्वर, १८ साउन । म्याग्दीको पश्चिमी क्षेत्रमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको चरणमा प्रवेश गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन थालेपछि जलविद्युत् आयोजना धमाधम निर्माण हुन थालेका हुन् । प्राधिकरणले मालिका गाउँपालिका–७ मा एक सय ३२ केभी क्षमताको सबस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पु¥याएको छ । डाँडाखेत सबस्टेशन र प्रसारण… पुरा पढौ

नेप्से २०८६.८४ विन्दुमा उक्लियो, करिब २ अर्बको कारोबार

काठमाडौं, १७ साउन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । बितेका १० दिनमा लगातार ८ पटक, एक दिन बिराएर एक गरी नेप्से १० पटक ओरालो लागिसकेको छ । लगानीकर्ताले आर्थिक वर्ष २०८०÷०८१ को वजेट तथा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक माहौल बन्ने अपेक्षा गरेको भएपनि त्यसो हुन सकेको छैन । यद्यपि नियमन निकाय र सरोकारवालाहरुले अर्थबजारका पक्षमा आफुहरु सकारात्मक रहेको बताउदै आएका छन् । तर पनि लगानीकर्ताहरु बेखुसि… पुरा पढौ

‘मन नेपालमा, रोजीरोटी प्रवासमा’ : प्रकाश सिलवाल

कोलकता। “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन (ट्रान्सपोर्ट) सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीलाई नेपाल र नेपालीको प्रसङ्ग आउनेबित्तिकै भावनाको गहिराइमा पुगेको अनुभूति हुन्छ । सानो छँदा तनहुँको मिर्लुङस्थित चन्द्रावती खोलामा साथीसङ्गीसँग खेलेको र नुहाएकोदेखि अनेक स्मरणहरु उनकाे मानसपलटमा ताजा भएर आउने गर्छ । उनी प्रवासमा रहँदा वा जुनसुकै मुलुकमा पुग्दा नेपालको परिचय नलुकाई… पुरा पढौ

सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाको अवधारणापत्र स्वीकृत

काठमाडौं, १७ साउन । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए। राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेशको व्यवस्थाअनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । आयोगले नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी माघ मसान्तसम्मको कार्यतालिका बनाएको छ । आयोगले तयार पारेको ‘सोह्रौँ योजना तर्जुमाका लागि संस्थागत व्यवस्थासम्बन्धी कार्यविधि, २०८०’… पुरा पढौ