मुख्य समाचार

कालिका लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको आवश्यकता

काठमाडाैं, १९ साउन । पाेखराकाे बुद्दचाेकमा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा आवश्यकता खुलाएकाे छ। नेपाल राष्ट्र बैंकबाट “घ”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले यही साउन १८ गतेकाे काराेबार दैनिकमा प्रमुख कार्यकारी अधिकृतको आवश्यकता बिज्ञापन प्रकाशित गर्दै ताेकिएकाे योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट निवेदन माग गरेकाे हाे। निबेदनकाे साथमा पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणपत्रका प्रतिलिपी सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा… पुरा पढौ

सानिमा बैंककाे नाफामा बृद्धि, लाभांश क्षमता कति ?

काठमाडौं, १९ साउन । सानिमा बैंककाे नाफामा बृद्धि भएकाे छ । बैंकले प्रकाशित गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको हाे। बैंकले कमाएकाे यो नाफा गत आर्थिक वर्षको सोही समयकाे भन्दा २५.१३ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षमा बैंकले रुपैयाँ २ अर्ब ९ करोड ३१ लाख खुद मुनाफा गरेकाे थियाे । बैंकको वितरण योग्य मुनाफा २ अर्बमाथि अर्थात २ अर्ब २०… पुरा पढौ

साताकाे अन्तिम दिन सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, १९ साउन। साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी बिहिबारकै भाउमा खरिदबिक्री भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन पनि आज स्थिर भाउ तोलाको १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा… पुरा पढौ

अर्थतन्त्र सुधारमा सबै क्षेत्रको सहयोग हुनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं, १९ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रमा देखिने समस्या समाधान गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् । महासङ्घको वर्तमान कार्यकारिणी समितिको एक सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या सुधार्न सरकार, निजी क्षेत्र तथा नियमनकारी निकाय आपसमा मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन। समस्यामा रहेका व्यवसायीलाई सहयोग गर्नुपर्ने बेला सरकारले व्यवसायीलाई अझ समस्यामा धकेल्ने नीति बनाउन नहुने बताउदै अध्यक्ष ढकालले केन्द्रीय बैंक, सरकार र अन्तर्राष्ट्रिय निकायको सहयोगमा यस्ता समस्या समाधान… पुरा पढौ

एनएमबि लघुवित्त बित्तीय संस्थामा राेजगारीकाे अवसर

पाेखरा १९ साउन। कास्कीकाे हेम्जामा केन्द्रीय कार्यालय रहेकाे एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा राेजगारीका लागि आवेदन माग गरेकाे छ। एनएमबि बैंकको सहायक कम्पनीका रूपमा रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस बित्तीय संस्थाले ब्यबस्थापन प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थीकाे पदमा आजकाे राजधानी दैनिकमा बिज्ञापन प्रकाशित गर्दै आवेदन मागेकाे हाे। संस्थाले ति पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्ने बताएकाे छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन समेत आह्वान गरेकाे छ। बित्तीय संस्थाको वेभसाइट www.nmbmicrofinance.com… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्य देशको घट्यो

काठमाडौं, १९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रिदर १३२… पुरा पढौ

तस्करीको ७ करोडको सामान भन्सारलाई बुझाइयो

महोत्तरी, १९ साउन । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रु सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो । भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९÷८० मा भारतसँग… पुरा पढौ

खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

गल्याङ, १९ साउन । स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना सङङ्कन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाचँ, फेदीखोला… पुरा पढौ

चितवनमा ४० हजार चालकलाई कारबाही

नारायणगढ, १९ साउन । गत आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लङघन गर्ने चालकलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका… पुरा पढौ

राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गरौं : अर्थमन्त्री डा महत

वीरगञ्ज, १८ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए । मन्त्री डा महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए। तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा… पुरा पढौ