मुख्य समाचार

एनएमबि लघुवित्तले शुरू गर्याे वित्तीय सचेतना कार्यक्रम

पाेखरा, १७ साउन। कास्कीकाे हेम्जामा प्रधान कार्यालय रहेकाे एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० श्रावणदेखि देशभरका १४८ वटा शाखा मार्फत वित्तीय सचेतना कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम वित्तीय संस्थाको शाखा मार्फत बर्षभरी सञ्चालन गरिने बताइएकाे छ । याे वित्तीय सचेतना कार्यक्रमले ग्राहक र समुदायका अन्य ब्यक्तिहरुलाई छलफल, अन्तर्क्रिया, तालिम आदिको माध्यमबाट वित्तीय शिक्षा सम्बन्धि जानकारी तथा सचेतना फैलाउने वित्तीय संस्थाको उदेश्य रहेको जनाइएकाे छ । संस्थाले स्थानीय सरकार, गैह्र सरकारी संस्था, तथा अन्तराष्ट्रिय गैह्रसरकारी संस्था लगायत गरिवी निवारणसँग… पुरा पढौ

प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी र पारदर्शी बनाइने

काठमाडाैं, १७ साउन । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भन्दै सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलका सचिव डा दामोदर रेग्मीले सरलीकृत र सबैले बुझ्न सक्ने गरी खरिद निर्देशिका बनाउने तयारी भइरहेको जानकारी दिए । “सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता वृद्धि भएमा मात्र सार्वजनिक खरिद प्रक्रिया प्रभावकारी हुन सक्छ”, उनले भने। सार्वजनिक खरिद प्रक्रिया आफैँमा प्रविधिक विषय र यसका कानुन जटिल… पुरा पढौ

सिनर्जी पावरकाे हकप्रद सेयर साउन २५ गतेदेखि आउदै

काठमाडौं, १७ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर बिक्रीमा ल्याउने भएकाे छ । कम्पनीले साउन २५ गतेदेखि हकप्रद सेयर खुलाउने भएकाे जनाएकाे हाे । हाल कायम रहेकाे २ कित्ता बराबर नयाँ १ कित्ता सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे । कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्रीमा ल्याउनेछ । हकप्रद सेयर निष्काशनकाे प्रयोजनका लागि साउन १२ गते बुकक्लोज भइसकेकाे छ । यसका लागि सेयरधनीहरुले साउन ११ गतेसम्म नेप्सेमा… पुरा पढौ

माछापुच्छ्रे बैंककाे लाभांश क्षमतामा सुधार, मुनाफा कति ?

काठमाडौं, १७ साउन । माछापुच्छ्रे बैंककाे लाभांश क्षमतामा सुधार देखिएकाे छ । बैंककाे प्रकाशित भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमतामा १५ प्रतिशत बढीले बृद्धि भएकाे छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको लाभांश क्षमता प्रतिशेयर १५ रुपैयाँ २९ पैसा भएकाे छ । याे १५.२९ प्रतिशत हाे ।बैंकले अघिल्लो आर्थिक वर्ष लाभांश वितरण गरेकाे थिएन । बैंककाे वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ८७ लाख पुगेपछि लाभांश क्षमतामा बृद्ध हुन सहयाेग पुगेकाे हाे… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, १७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोलगायत अन्य केहि देशको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर… पुरा पढौ

पेट्राेल, डिजेल र मट्टितेलकाे भाउ बढ्याे

काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएकाे छ । यसपटक ग्यासकाे मूल्य भने घटाएकाे छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साे मूल्य कायम गरेकाे जनाएकाे छ । निगमले पेट्रोलमा ९ रूपैयाँ बढाएकाे छ । डिजेल र मट्टितेलमा प्रतिलिटर ७ रूपैयाँ बढाएको छ । ग्याँसमा भने प्रति सिलिण्डर १३० रुपैयाँ घटाएकाे निगमले जनाएकाे छ । नेपाल आयल निगमलाई भारतीय आयल निगमले पठाएकाे नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर ८.१४ रूपैयाँ… पुरा पढौ

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं, १७ साउन । साऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। श्रावण १७ गते (बुधबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा… पुरा पढौ

पूर्वाधार विकासमा सहयोग गर्न महासङ्घ अध्यक्ष ढकालद्वारा वित्त निगमलाई आग्रह

काठमाडौं, १६ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ । साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत् लगायतका पूर्वाधार विकास एवम् लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको महासङ्घको भनाइ छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग निगमका उपाध्यक्ष सुसन लनको आज भएको भेटमा उक्त आग्रह गरिएको हो । कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र… पुरा पढौ

नेप्सेमा पुनः करेक्सन, करिब २ अर्बको कारोबार

काठमाडौं, १६ साउन । लागातार ओरालो लाग्दै आएको सेयर बजारमा आठौं दिनमा सोमबार झिनो अंकको सुधार आएपनि त्यसको भोलिपल्ट मंगलबार पुनः करेक्सन देखिएको छ । एउटा उपसमूह बाहेक बाँकी १२ वटा राताम्मै भएका छन् । कारोबार रकमले पनि दुई अर्बको घेरोलाई नाघ्न सकेन । अर्थ बजारले सन्तुलन कायम राख्न नसक्नु, लगानीकर्ताहरु नियमन निकाय तथा सरोकारवालाहरुसंग कायम रहेका समस्याबाट मुक्त नहुनुको असर सेयर बजारमा देखिईरहेको छ । लगानीकर्ताहरु अझैं पर्ख र हेरको स्थितिमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से… पुरा पढौ

विश्व बैंकले स्वास्थ्य प्रणाली सुधारमा १ सय मिलियन डलर ऋण सहायता र ३‍.८४ मिलियन ग्रान्ड दिने

काठमाडौं, १६ साउन । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाए । सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरे। विश्व बैंकका देशीय निर्देशक जेरभोसले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेकामा आगामी पाँच वर्षका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न… पुरा पढौ