मुख्य समाचार

सरकारले विश्व वातावरण सुविधावापत रु २० करोड २२ लाख अनुदान स्वीकार गर्ने

काठमाडौं, १८ साउन । नेपाल सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने रु २० करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही साउन १६ गतेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त परियोजनाका लागि १५ लाख ५५ हजार पाँच सय पाँच अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । उक्त बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं… पुरा पढौ

नेप्सेमा ३ अंकको बृद्धि, शिवम सिमेन्ट कारोबारमा अब्बल

काठमाडौं, १८ साउन । साताको अन्तिम सेयर कारोबार हुने दिन आज बिहिबार नेप्सेमा सकारात्मक माहाृल देखिएको छ । बजार बन्द हुनुभन्दा केहि मिनेट अघिसम्म दोहोरो अंकको गिरावटको दृश्य देखिएको थियो । बजार बन्द हुँदाको बखतमा भने सेयर बजारले सकारात्मक टर्निङ लिएको छ । कारोबार रकम भने अघिल्ला दिनहरुकोभन्दा कम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनु्सार नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.१५ अंकले बढेर ३९९.५४ विन्दुमा… पुरा पढौ

आइएमई लाइफ र रिपब्लिक मिडियाकाे सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १८ साउन । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाकाे सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । आज दुबै कम्पनीकाे सर्वसाधारण तथा संस्थापकहरूकाे सेयर नेप्सेमा सूचीकृत गरिएकाे नेप्सेले जनाएकाे छ । आइएमई लाइफ इन्स्योरेन्सका अनुसार कम्पनीकाे ४ करोड कित्ता सेयर सूचीकृत भएको हाे । कम्पनीले सर्वसाधारणका लागि जारी गरेकाे १ करोड २० लाख कित्ता सेयर तथा संस्थापकहरुकाे लगानी रहेकाे २ करोड ७० लाख कित्ता सेयर सूचीकृत गरिएकाे हाे । 1691042718892Download नेप्सेले पहिलो कारोबार गर्नका लागि न्युनतम १७६ रुपैयाँ… पुरा पढौ

सुन तस्करीकाे छानबिन गर्न उच्चस्तरीय समिति गठनकाे माग गर्दै एमालेद्वारा राष्ट्रियसभा बैठक अवराेध

काठमाडौं, १८ साउन । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठक प्रारम्भ हुने वित्तिकै नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाएका थिए । “सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ”, उनले भने, “दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन,… पुरा पढौ

अब बागलुङमै घुम्न पाइन्छ चिया बगान

गलकोट, १८ साउन । पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक/टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगानमा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। उनका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन,… पुरा पढौ

ऊर्जा सङ्ग्रहालयमा परिणत हुदैं फर्पिङ जलविद्युत केन्द्र

काठमाडौं, १८ श्रावण । ५०० किलोवाट क्षमताको नेपालको पहिलो र एसियाकै दोस्रो फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयमा परिणत गरिने भएकाे छ। स्टेशनलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न नेपाल विद्युत प्राधिकरणले एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको बताइएकाे छ। ऐतिहासिक जलविज्ञान केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको पुनर्निर्माण र खाली जग्गामा नयाँ संरचना निर्माण गरिने बताइएकाे छ । काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको केन्द्रको जलाशय र पावर हाउस क्षेत्र वरिपरि ग्रीनपार्क, रेष्टुरेन्ट, पसल, जिपलाइन, पिकनिक स्पट,… पुरा पढौ

कामना सेवा विकास बैंकको खराब कर्जामा सुधार

काठमाडाैं, १८ साउन । ज्ञानेश्वर काठमाडाैंमा केन्द्रीय कार्यालय रहेकाे कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७९-८० को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकले ४३ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण वमोजिम गत त्रयमासको तुलनामा खराव कर्जामा सुधार भएको देखिन्छ । आ.व. ७९।८० को तेश्रो त्रयमासमा ३.२७ प्रतिशत रहेको खराव कर्जा चौथो त्रयमासमा घटेर २.९८ प्रतिशत रहेको छ । बैंकको वेसरेट समेत तेश्रो त्रयमासको तुलनामा घटेको देखिन्छ… पुरा पढौ

पाँचौ दिन सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ३५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १२ हजार २ सय रुपैयामा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २ सयले घटेर तोलाको १ लाख… पुरा पढौ

कर्णाली डेभलपमेन्ट बैंककाे नाफामा सुधार, इपिएस कति ?

काठमाडौं, १८ साउन । कर्णाली डेभलपमेन्ट बैंकले नाफामा सुधार भएकाे जनाएकाे छ । बैंकले प्रकाशित गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफामा सुधार देखिएकाे हाे । अघिल्लो आर्थिक वर्षमा बैंककाे अवश्था ऋणात्मक थियाे । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा रुपैयाँ ४ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ करोड ७९ लाख रुपैयाँ रहेको थियो। बैंककाे खुद ब्याज आम्दानीमा बृद्धि भएपछि खुद नाफा धनात्मक भएकाे हाे । यस… पुरा पढौ

बिहिबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोलगायत अन्य देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रिदर १३२ रुपैयाँ ४४ पैसा… पुरा पढौ