मुख्य समाचार

लुम्बिनी विकास बैंककाे नाफामा सामान्य गिरावट

काठमाडौं, १२ साउन । लुम्बिनी विकास बैंककाे नाफामा सामान्य गिरावट देखिएकाे छ । बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लाे आर्थिक वर्षको सोही अवधिकोभन्दा कम भएकाे छ । बैंककाे नाफा गत आर्थिक वर्षको असार मसान्तसम्ममा रुपैयाँ ६१ करोड २४ लाख रुपैयाँ रहेकाे छ । जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ३.८८ प्रतिशतले कम रहेकाे छ । गत आर्थिक वर्षमा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो। बैंककाे इम्पेरमेन्ट चार्ज… पुरा पढौ

सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्ण : उपराष्ट्रपति यादव

काठमाडौं, १२ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका छन् । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीसँगको भेटमा उनले शान्ति, समुन्नति र सदस्य राष्ट्रका आमनागरिकको बृहत् हितका लागि सार्क अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। उपराष्ट्रपति यादवले भने, “सार्कमा देखिएको गतिरोधको अन्त्य गर्न अध्यक्षको हैसियतमा नेपालले पहल गरिरहेको छ । यसका लागि सार्कका सबै सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण छ ।” उनले दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित द्विपक्षीय परामर्श संयन्त्र… पुरा पढौ

व्यावसायिक एकताले निजी क्षेत्र बलियो हुनेछ: अध्यक्ष ढकाल

काठमाडौं, १२ साउन। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासङ्घ बलियो हुने बताएका छन्। महासङ्घको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले महासङ्घ व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा व्यक्त गरे। “कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ” उनले भने, “तपाईंहरूका मुद्दाका साथमा महासङ्घ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौँ ।” वस्तुगत सङ्घका नवनिर्वाचित पदाधिकारीको सम्मानमा महासङ्घले राखेको कार्यक्रममा नवनिर्वाचित… पुरा पढौ

आज देशभर ५८औँ रक्तसञ्चार दिवस मनाइँदै

काठमाडाैं, १२ साउन । देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ । विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन् । केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताए। केन्द्रको गत… पुरा पढौ

कृषि विकास बैंकले कर्जा ग्राहकलाई थप्याे ब्याज छुटकाे समय

काठमाडौं, १२ साउन । कृषि विकास बैंकले कर्जा ग्राहकलाई ब्याज छुटकाे समय साउन १५ गतेसम्म थप गरेकाे छ। बैंकवाट कर्जा लिई कारोवार गरिरहेका कर्जाका ग्राहकहरुलाई असार मसान्तसम्म बैंकलाई बुझाउनु पर्ने सम्र्पुण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट दिने व्यवस्था गरेकोमा सो सुविधालाई थप गरी श्रावण १५ गते सम्म दिने व्यवस्था गरेको हाे । नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैंकवाट कर्जा लिई कारोवार गरिरहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा ग्राहीहरुलाई व्याज वुझाउन कठीनाई… पुरा पढौ

कोशी, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षा

काठमाडौं, १२ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी,  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। श्रावण ११ गते (बिहीबार) राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित… पुरा पढौ

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ । अदालतले सभामुखको भूमिका प्रदेशसभामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने कुरा नेपालको संविधानले प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै कुनै पनि निर्णय प्रदेशसभामा हुन नसक्ने वा अनिर्णयको… पुरा पढौ

सेयर बजार राताम्मै, करिब साढे २ अर्बको कारोबार

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-०८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको दिनको भोलिपल्टबाट ओरालो लागेको सेयर बजारको यात्रा अझैं रोकिएको छैन । मौद्रिक नीति २०८० साल साउन ७ गते सार्वजनिक भएको थियो । सो दिनमा सेयर बजारमा उछाल आएपनि त्यसपछिका दिनमा दिनहुँ घटिरहेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा झरेको छ । नेप्सेमा १.३७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.२६ अंकले घटेर ४०३.८४ विन्दुमा रहेको… पुरा पढौ

लघुवित्त विरुद्धकाे गुनासाे दर्ता गराउन राष्ट्र बैंककाे आग्रह

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले लघुवित्तको सेवासम्बन्धी गुनासोहरु भएमा त्यस्ता गुनासाहरु बैंकमा दर्ता गराउन सूचनामार्फत आग्रह गरेको छ। राष्ट्र बैंकले लघुवित्त कम्पनीहरु विरुद्ध ऋणीहरुको आन्दोलन चलिरहेकाे बेलामा यस्ताे सूचना जारी गरेकाे हाे । बैंकले जारी गरेकाेमा सूचनामा लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइको लागि राष्ट्र बैंकले अलगै गुनासो सुनुवाई डेस्क स्थापना गरी गुनासो सम्बाेधन गर्दै आएकाे जानकारी गराएकाे छ। लघुवित्त वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निर्देशन पालना नगरेको, तोकेभन्दा बढी ब्याज वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगबाट सम्पत्ति लिलामी… पुरा पढौ

मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं, ११ साउन । राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो । अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रियसभाले संशोधन स्वीकार गरी पुनःपारित गरेको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए… पुरा पढौ