मुख्य समाचार

अर्थमन्त्रीद्वारा दृढताले काम गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं, ११ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे। “अपराध र तस्करी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ”, उनले भने। सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा… पुरा पढौ

चीनसित जोडिएको रसुवागढी नाकामा चहलपहल बढ्यो

रसुवा, ११ साउन । चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो । सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९० पैसा र बिक्रिदर १३१ रुपैयाँ ५० पैसा रहेको छ ।… पुरा पढौ

चोभार बन्दरगाह निजी क्षेत्रलाई दिने सरकारकाे याेजना

काठमाडौं, ११ साउन । सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले ५ वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो । त्यसका लागि समितिले ४५ दिनको समय राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । सार्वजनिक गरिएको बोलपत्रको अन्तिम मिति २०८० को भदौ २२ गतेसम्म रहेको छ । पोर्ट मेनेजमेन्ट, कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट, फ्रेन्ट टर्मिनल मेनेजमेन्ट, वयरहाउस, ट्रान्सपोटेसन, क्लियरिङ एण्ड फरवार्डिङ र फ्रेन्ट फरवार्डिङमा कम्तीमा पाँच वर्षको… पुरा पढौ

अप्पर लोहोरे खोला हाइड्रोकाे आईपीओ साउन १८ मा आउदै

काठमाडौं, ११ साउन । अप्पर लोहोरे खोला हाइड्रोपावरकाे सेयर (आईपीओ) साउन १८ गतेदेखि जारी हुने भएकाे छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर बाँडफाँड गरेपछि सर्वसाधारण लागि खुलाइने भएकाे हो। जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले १९ लाख ८८ हजार २३६ कित्ता साधारणका लागि छुट्याइएको थियो। १ लाख ९८ हजार ८२४ कित्ता वैदेशिक रोजगारमा गएकाहरुका लागि बाँडफाँड भइसकेको छ । ३९ हजार ७६५ कित्ता कर्मचारीहरुका लागि रहेकाे… पुरा पढौ

एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

जलेश्वर, ११ साउन । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार÷पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका… पुरा पढौ

सुन प्रकरण : रेडी ट्रेडको गोदाममा छापा, एक पक्राउ

काठमाडौं, ११ साउन । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ । गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए। यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो । त्यसैले सुन लुकाएको आशङ्कामा विभागले छापा मारेको हो । त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ । यसैबीच विभागले सुन… पुरा पढौ

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन

बझाङ, ११ साउन । बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए। उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, “पसल खुलाहुनुपर्छ, जता पनि पाइन्छ ।” कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आए । पसलबाट किनिएको नुन भने… पुरा पढौ

रास्वपाद्वारा सुनको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै घटना विशेषसँग जोडेर अनुसन्धानलाई निष्कर्षमा नपुर्याइ सरकार वा मन्त्रीको राजीनामा माग्ने र सदन अबरुद्ध गर्ने प्रवृत्ति सच्याउनुपर्ने आवश्यकता औँल्याएको छ । पछिल्लो समय विमानस्थलबाट बाहिरिएको एक सय केजी सुनसँग सम्बन्धित घटनाकाबारे राजीनामा र अवरोधसम्बन्धी प्रयासप्रति असहमति जनाउँदै रास्वपाले निष्पक्ष छानबिनका लागि सभामुख समक्ष सङ्कल्प प्रस्ताव प्रस्तुत गरेको छ । सङ्घीय संसद्मा विरोधका लागि विरोध नभइ संसदीय प्रणाली र सविधानले दिएको संसदीय अधिकार प्रयोग गर्दै सुनसम्बन्धी पछिल्लो घटनाको पूर्ण र निष्पक्ष छानबिन गर्न… पुरा पढौ

मकवानपुरमा रु ६ अर्ब ६० करोड आन्तरिक राजस्व असुली

मकवानपुर, १० साउन । आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९÷८० मा विभिन्न स्रोतको राजस्वतर्फ रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । कार्यालयले अन्तरशुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आर्यकरतर्फ रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली गरिएको जनाएको छ । यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ रु ६६ करोड ४० लाख ७५… पुरा पढौ