मुख्य समाचार

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

इनरुवा (सुनसरी), ३२ असार। बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् । पानीको… पुरा पढौ

अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ काे फाइनलमा प्रवेश

काठमाडौं, ३२ असार। इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो । खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो । खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए । तर ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल… पुरा पढौ

मौद्रिक नीति तर्जुमा कार्यविधिमा दोस्रो संशोधन स्वीकृत

काठमाडौं, ३१ असार। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन 'मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३' मा दोस्रो संशोधन गरेको छ। कामु गभर्नरबाट गत २०८३ असार १८ गते स्वीकृत भएसँगै यो संशोधित कार्यविधि तत्कालै कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा ३ बमोजिम जारी गरिएको यस कार्यविधिले आगामी दिनमा मुलुकको मौद्रिक नीति तर्जुमा गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने र नीति सार्वजनिक गर्ने समग्र प्रक्रियालाई निर्देशित गर्नेछ। मस्यौदा लेखन र सरोकारवालासँग… पुरा पढौ

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौं, ३१ असार । नेपालको पुँजीबजारमा लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको पाइएको छ। नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको 'नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३' अनुसार धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार गर्नका लागि प्रयोग हुने टिएमएस (TMS) खाता खोल्ने लगानीकर्ताको सङ्ख्या ३४ लाख ६६ हजार चार सय ९९ पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा यस्तो खाता खोल्नेको सङ्ख्या करिब ३५ हजार मात्रै रहेकोमा विगत पाँच वर्षको अवधिमा यसमा उल्लेखनीय वृद्धि भएको प्रतिवेदनले देखाएको छ। कूल जनसङ्ख्याको २६ प्रतिशतको डिम्याट खाता मार्गचित्र… पुरा पढौ

असार सकिन लाग्दा नेप्सेमा लगातार सुधार, परिसूचक २५९० विन्दुमा पुग्दा कारोबार रकम भने घट्यो

काठमाडौं, ३१ असार। असार मसान्तको प्रभाव सकिएसँगै धितोपत्र बजार (नेप्से) मा सकारात्मक चहलपहल सुरु भएको छ। बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) पनि सामान्य अंकले बढेको नेप्सेले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। बुधबार नेप्से परिसूचक १४.०० अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५९ अंक, फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंकले बढेका छन्। कारोबार रकममा भने भारी गिरावट नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार… पुरा पढौ

स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदहरूको जोड, सरकारी सर्भर डाउन भएकोमा आपत्ति

काठमाडौं, ३१ असार । प्रतिनिधि सभाका सांसदहरूले देशको मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधासम्पन्न अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा डिजिटल सेवा प्रवाहमा देखिएका अवरोध तत्काल हटाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सत्ता र प्रतिपक्षका सांसदहरूले समसामयिक, विपद् व्यवस्थापन तथा नागरिकका आधारभूत समस्याहरूका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा प्राथमिकतामा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले देशमा बढ्दो आत्मदाह, आत्महत्या तथा डिप्रेसन जस्ता गम्भीर मानसिक… पुरा पढौ

शेयर बजार घट्दा पनि फाइदा लिन सकिने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँ: अध्यक्ष भट्ट

काठमाडौं, ३१ असार। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ (Short Selling) प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने गरी यो नयाँ व्यवस्था ल्याउन लागिएको बताएका हुन्। नेपालमा शेयर बजार सधैँ बढिरहनुपर्छ भन्ने एकतर्फी मान्यता रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले संसारको कुनै पनि देशको पुँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पारे। बजार घट्दा धितोपत्र बोर्डमाथि… पुरा पढौ

राष्ट्र बैंकले १ खर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, आजै बोलकबोल

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले आज (२०८३ असार ३१ गते) १ खर्ब रुपैयाँ (१०० अर्ब) बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ। बैंकले ९१ दिनको अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागेको हो। यस सम्बन्धी बोलकबोल आजै दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ। मुख्य विशेषता तथा सर्तहरू: उपकरणको नाम र अवधि: निक्षेप संकलन (अवधि: ९१ दिन)। आह्वान रकम: रु. १०० अर्ब (एक सय… पुरा पढौ

न्युयोर्कमा नेपाली-अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौं, ३१ असार। नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट, २०२६’ को आयोजना गरिने भएको छ । ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले एक कार्यक्रमबीच आगामी सेप्टेम्बर २५ देखि २७ सम्म तीनदिन नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (नबिस) आयोजना गर्ने घोषणा गरेको जनाएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा ग्रेटर न्यूयोर्क नेपाली चेम्बरले न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना गर्न लागिएको सम्मेलनको नारा ’कनेक्टिङ क्यापिटल, आइडियाज एण्ड… पुरा पढौ

अवैध चलखेल रोक्न धितोपत्र बोर्डले AI प्रयोग गर्ने(पूर्णपाठ)

काठमाडौं, ३१ असार । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने अवैध चलखेल, भित्री कारोबार (इनसाइडर ट्रेडिङ) र शङ्कास्पद गतिविधिलाई तत्कालै नियन्त्रण गर्न कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गर्ने घोषणा गरेको छ। बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीतिमा बजारको वास्तविक समय (Real-time) मा निगरानी गर्न सुपरिवेक्षकीय प्रविधि (SupTech) र नियमनकारी प्रविधि (RegTech) मा आधारित एकीकृत डिजिटल सुपरिवेक्षण प्रणाली विकास गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ। चालु आर्थिक वर्षलाई 'संरचनागत सुधार तथा संस्थागत सुदृढीकरणको वर्ष' घोषणा गर्दै बोर्डले… पुरा पढौ