मुख्य समाचार

यसरी हुदैछ उद्योग वाणिज्य महासंघको निर्वाचन (फोटो फिचर)

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औ वार्षिक साधारण सभाको दोस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा विहान १० बजेदेखि मतदान भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा ३ जना प्रतिस्पर्धी छन् । वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फकै वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई प्यानलसहित मैदानमा छन् । निर्वाचनका केही तस्बिर : पुरा पढौ

बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

काठमाडौं, २९ चैत । वाणिज्य बैंकहरुको ब्याजलाई लिएर चर्को बहस भइरहेको बेला निक्षेपको व्याजदर एकल अंकमा हुने भएको छ । नेपाल बैंकर्स संघको आज विहान बसेको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो । निर्णय अनुसार नयाँ ब्याजदर १० प्रतिशत भन्दा तल राखेर एकल अंकमा झारिएको छ । वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुनेछ । यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम हुने भएको छ ।… पुरा पढौ

ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

काठमाडौं, २९ चैत । निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गरे। “देशव्यापीरुपमा ठाउँ–ठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस् । ती भवनको नक्सापास, वातावरणीय प्रभाव मूल्याङ्कन र सम्बन्धित निकायबाट लिइनुपर्ने स्वीकृतिलगायतका विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाइनुपर्छ”, उनले भने। लतिलपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टका कारण सिर्जित समस्याबारे… पुरा पढौ

रोकिएका सडक निर्माण अघि बढाउन सांसदहरुको माग

काठमाडौं, २९ चैत । ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद ठाकुरप्रसाद गैरे र तेजुलाल चौधरीले अपलत्र परेका सडकको कामअघि बढाउन सम्बन्धित मन्त्रालयलाई संसद्मार्फत् निर्देशन दिइनुपर्ने बताएका हुन्। ‘रुपन्देही, पाल्पा र गुल्मी जिल्ला जोड्ने सडक सालझण्डी–सुन्दरढुङ्गा सडक कालोपत्र गर्नका लागि ढेक्का लागेको तीन वर्षभन्दा बढी समय भइसक्यो । तर अहिलेसम्म काम सुरु हुनसकेको छैन । पाल्पाको… पुरा पढौ

वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत

काठमाडौं, २९ चैत । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पालिकाहरुसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुवात गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकासँग लागत साझेदारी गर्दै पुनः एकीकरण कार्यक्रम सुरुआत गरेको बोर्डले जनाएको छ । सातै प्रदेशका विभिन्न ८१ पालिकासँग कार्यक्रम सञ्चालनका लागि बोर्डले सम्झौता गरिसकेको बोर्डका निर्देशक रामा भट्टराईले जानकारी दिए । उनका अनुसार पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि बागमती प्रदेशका २१ पालिकाले बोर्डसँग सम्झौता गरिसकेका छन् भने मधेस प्रदेशका १६… पुरा पढौ

२ घण्टा ढिला सुरु भयो उद्योग वाणिज्य महासंघको मतदान

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको मतदान २ घण्टा ढिला सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला सुरु भएको हो । महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । महासंघको कार्यसमिति सदस्यमा ४ जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधान अनुसार… पुरा पढौ

एफएनसीसीआईको निर्वाचनमा मतदान हुँदै, वरिष्ठ उपाध्यक्षमा तीन जनाकाे भिडन्त

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । बिहान बजेबाट शुरु भएकाे मतदान अपराह्न ४ बजेसम्म कायम रहनेछ । मतदान काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेकाे छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत भइसकेका छन् । बुधबार एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि मतदान गरिएकाे हाे । यसअघिका महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल विधिअनुसार चैत ३० गतेदेखि स्वतः अध्यक्ष हुने भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः… पुरा पढौ

महालक्ष्मी विकास बैंकको रु १ अर्बको ऋणपत्रमा आवेदन खुल्ला

काठमाडौं, २९ चैत । महालक्ष्मी विकास बैंकको रु १ अर्ब रुपैयाँ बराबरको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ आजदेखि निष्काशन गरिएकाे छ । यसकाे अवधि १० वर्ष र वार्षिक ११ प्रतिशत ब्याजदर रहेकाे छ। बैंकका अनुसार रुपैयाँ एक हजार अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिए हो। यसबाट ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत बिक्री गरिने भएकाे छ । बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। यसमा २०… पुरा पढौ

‘सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३’ को इकाईका लागि आवेदन दिने म्याद थप

काठमाडौं, २९ चैत । 'सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३' को इकाईका लागि आवेदन दिने म्याद थप भएको छ। म्याद थपिएपछि लगानीकर्ताले अब बैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि साे स्किम ल्याएकाे थियाे । क्यापिटलका अनुसार स्किम ३ को प्रतिइकाई अंकित मूल्य रु १० रहेकाे छ । साे मूल्यमा १२ करोड इकाई जारि गरिएकाे छ । यसका लागि घटीमा १ करोड ८० लाख इकाई कोषकाे प्रबर्धक रहेकाे सिद्धार्थ बैंकका लागि रहेकाे छ । यसमा ६०… पुरा पढौ

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बनेन : अध्यक्ष गोल्यान

पाटन, २९ चैत । बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताएका छन् । सिबिफिनद्वारा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्थाहरू डराइरहेको बताए। “अहिले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोवल खस्किएको छ । लगानी डुब्ने डरले लगानी गर्न डराइरहेका छन् । सङ्गठित हिसाबले ऋण नतिर्ने वातावरण सिर्जना गरिरहेका छन्,… पुरा पढौ