मुख्य समाचार

गोल्यान समूहको छलाङ: ३०६ मेगावाट माथिल्लो मुगु जलविद्युत आयोजनाकाे उत्पादन अनुमति प्रक्रियामा

काठमाडौं, २३ असार । निजी क्षेत्रको प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहले कर्णाली प्रदेशको मुगुमा निर्माण गर्न लागेको ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु जलविद्युत आयोजनाले उत्पादन अनुमतिको प्रक्रिया अघि बढाएको छ। समूहको सहायक कम्पनी 'एलिभेट इनर्जी'मार्फत अघि बढाइएको यो अर्धजलाशययुक्त (Peaking ROE) आयोजना निजी क्षेत्रले आँट गरेका देशकै ठूला र महत्वाकांक्षी आयोजनाहरूमध्ये एक हो। विद्युत् विकास विभागले आयोजनाको उत्पादन अनुमति पत्र (Production License) का लागि ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ। यस अवधिभित्र कुनै दाबी-विरोध नआएमा विभागले कम्पनीलाई निर्माणका लागि… पुरा पढौ

मौद्रिक नीतिको समीक्षा-बाह्य क्षेत्र बलियो तर आन्तरिक माग सुस्त, तरलता व्यवस्थापन मुख्य चुनौती

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९४ (क) मा भएको व्यवस्थाअनुसार केन्द्रीय बैंकले अघिल्लो वर्ष अवलम्बन तथा लागू गरेको मौद्रिक नीतिको मूल्याङ्कन र सिंहावलोकन गर्दै यो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार देशको बाह्य क्षेत्र बलियो र मुद्रास्फीति नियन्त्रणमा रहेतापनि आन्तरिक मागमा आएको सुस्तताका कारण वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नु मुख्य चुनौती बनेको छ। मुद्रास्फीति नियन्त्रणमा, विदेशी विनिमय सञ्चिति… पुरा पढौ

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौं, २३ असार। प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनुभएको छ । प्रधानमन्त्री शाहले आज एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा सो धारणा राख्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्द्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउनेबारे पनि अध्यक्ष कान्डालाई जानकारी गराउनुभएको थियो । उहाँले… पुरा पढौ

मौद्रिक नीति आज सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं, २३ असार। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी गरेको छ। केन्द्रयी बैंक (राष्ट्र बैंक) को संचालक समितिको बैठक अहिले बसिरहेको र उक्त बैठकबाट नीति पारित भए लगत्तै आजै मौद्रिक नीति सार्वजनिक गरिने बुझिएको छ। यस वर्षको मौद्रिक नीतिले सुस्त रहेको समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यसहित लचिलो कार्यदिशालाई निरन्तरता दिने अपेक्षा गरिएको छ। नीति निर्माणका क्रममा मौद्रिक कार्यदिशा, विभिन्न मौद्रिक औजारको प्रयोग तथा ब्याजदर करिडोरसम्बन्धी व्यवस्था समेटिने भए पनि नियामकीय… पुरा पढौ

नेपाल र एडीबीबिच २२ अर्बको सहुलीयतपूर्ण ऋण सम्झौता

काठमाडौं, २३ असार। नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बिच २२ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच दुई छुट्टाछुट्टै आयोजनाका लागि उक्त ऋण सम्झौतामा हस्ताक्षर भएको हो। एडीबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणको अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अध्यक्ष कान्डाको उपस्थितिमा सो सम्झौता भएको अर्थमन्त्रालयले जनाएको छ। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय… पुरा पढौ

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २३ असार। प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि निष्काशन गरेकाे ऋणपत्रमा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन बाँकी रहेको छ। बैंकले १० वर्ष अवधि रहेकाे वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गरेको थियाे। ऋणपत्र निष्काशनको विस्तृत विवरण बैंकले प्रतिऋणपत्र अंकित मूल्य रू. १,००० का दरले कुल ३० लाख कित्ता (३ अर्ब रुपैयाँ बराबर) को ऋणपत्र निष्काशन गर्नेछ। यसको बाँडफाँट प्रक्रिया निम्नानुसार तय गरिएको छ: व्यक्तिगत तवर (Private Placement): ६० प्रतिशत अर्थात्… पुरा पढौ

रियल स्टेटमा बलियो ‘यु-टर्न’: १ खर्ब ८४ अर्बको काराेबार, काठमाडौंमा मात्रै २२३% को उछाल

काठमाडौं, २३ असार। लामो समयदेखि शिथिल बनेको नेपालको घरजग्गा (रियल स्टेट) बजारले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा बलियो ‘यु-टर्न’ लिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार यो अवधिमा देशभरको घरजग्गा कारोबारमा निकै ठूलो सुधार देखिएको हो। केन्द्रीय बैंकको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार चालु आवको तेस्रो त्रयमाससम्म देशभर कुल १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको (१०० अर्ब ७ करोड… पुरा पढौ

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग प्रभावकारी विकल्प बन्दै

मध्यविन्दु (नवलपरासी), २३ असार। परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ । कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ्न थालेको छ । मध्यविन्दु नगरपालिका–१ मा प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको… पुरा पढौ

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

डुम्रे (तनहँु), २३ असार। कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम विकास कार्यालयम प्रभावकारी बन्दै गएको छ । आधुनिक कृषि प्रविधिको प्रयोग, व्यावसायिक खेती, कृषि यान्त्रिकीकरण, सीप विकास तालिम तथा बजारसँगको पहुँच विस्तार भएपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित भएका छन् । परम्परागत रुपमा खुला रुपमा बिक्री हुँदै आएका स्थानीय उत्पादन अहिले आफ्नै ‘ब्रान्ड’, आकर्षक ‘लेबल’ र गुणस्तरीय ‘प्याकेजिङ’सहित उपभोक्तामाझ पुग्न थालेका थालेका छन् । तनहुँमा उत्पादन हुने कृषिउपजले… पुरा पढौ

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी, २३ असार। महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । दुवै उद्योगमा गरेर किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु आर्थिक वर्ष २०८२/८३ को याममा बुझाइएका अभिलेखले देखाएको छ… पुरा पढौ