मुख्य समाचार

विश्वका नेपाली प्रतिभाकाे काठमाडौंमा अडिसन सुरु, प्रथम हुनेलाई जनही रु एक करोड

काठमाडौं, २० चैत । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौँ आइपुगेका हुन् । फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतबारदेखि सुरु भएको छ । गायनतर्फ एक सय ४० र नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए । यीमध्ये अधिकांश प्रतिभा… पुरा पढौ

ईङवा हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० चैत । ईङवा हाइड्रोपावरकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि फागुन २१ गतेदेखि सेयर निष्काशन गरेको थियाे। कम्पनीका अनुसार जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्काशन गरिएकाे हो। सेयरमा ताप्लेजुङ्गकाे सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथरकाे याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का जनताले बासिन्दाहरुले आवेदन दिन पाउनेछन्। यसका लागि लगानीकर्ताले घटीमा १०… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको दर भाउ

काठमाडौं, २० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ… पुरा पढौ

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली

काठमाडौं, २० चैत । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  चैत २० गते (सोमबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा   मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको… पुरा पढौ

पुष्प मेलामा रु ८४ लाखको कारोबार, ३८ हजारले अवलोकन

काठमाडौं, २० चैत । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ । यही चैत १७ देखि सुरु भएको मेलामा ३८ हजारले अवलोकन गरेका छन् । मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिइएको थियो तर तीन दिनमै लक्ष्यभन्दा बढी कारोबार भइसकेको छ । सोमबारसम्म रु एक करोड कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अध्यक्ष मीनबहादुर तामाङको विश्वास छ । उहाँका अनुसार करिब ५० हजारले मेलाको अनुगमन गर्नेछन्… पुरा पढौ

साना तथा मझौला कम्पनीको सेयर निष्काशन नियमावली तयार

काठमाडौं, १९ चैत । नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ । बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्दै विभिन्न क्षेत्रबाट सुझाव मागेको छ । साना तथा मझौला लगानीका कम्पनीलाई पुँजीबजारमा आबद्ध गर्नका लागि कानुनी व्यवस्था गर्न नियमावली ल्याउन लागिएको बोर्डले जनाएको छ । नियमावलीको मस्यौदाअनुसार साना तथा मझौला सङ्गठित संस्था धितोपत्र बोर्डमा दर्ता हुनका लागि त्यस्ता संस्थाको चुक्ता पुँजी बढीमा रू २५ करोडसम्मको हुनेछ तर साना तथा मझौला सङ्गठित… पुरा पढौ

नयाँ अर्थमन्त्रीलाई रातो कार्पेट, १८८८.५५ विन्दुमा झर्याे नेप्से

काठमाडौं, १९ चैत । नयाँ अर्थमन्त्री नियुक्त भईसकेपछि पनि सेयर बजारको पहिलो काराेबारले रातो झण्डा देखाएको छ अर्थमन्त्री नियुक्त भएको केहि बेरमै विद्यमान अर्थक्षेत्रका समस्या समाधान गर्न जरुरी रहेको बताए पनि बजार विश्वस्त हुन भने सकेन ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.०० अंकले घटेर १८८८.५५ विन्दुमा झरेको छ । नेप्सेमा १.०५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७२ अंकले घटेर ३५५.७५ विन्दुमा रहेको छ । यसदिन कुल २६० कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ३७ करोड ८७ लाख २४१… पुरा पढौ

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नेछु : अर्थमन्त्री डा. महत

काठमाडौं, १९ चैत । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । मन्त्रीले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफू निजीक्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताए । “तपाईंहरुको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु”, उनले भने, “मैले अर्थतन्त्र सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईंबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।” सो… पुरा पढौ

मार्च महिनामा १ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं, १९ चैत । गत मार्च महिनामा करिब १ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका हुन। सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएकाे तथ्पाङ्कले देखाएकाे छ। साथै क्यानडाबाट १ हजार ७०७, अमेरिकीबाट ९ हजार ५५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका… पुरा पढौ

महासंघमा वस्तुगत संघको भूमिकालाई फराकिलो बनाउनेछु : उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल

काठमाडौं, १९ चैत । विश्वव्यापी रुपमा देखिएको कोरोना पछि आएको आर्थिक मन्दीका कारण देश अहिले आक्रान्त त । देशमा आर्थिक क्रियाकलाप ठप्पजस्तै छन् भने मागका गिरावट आउँदा उत्पादन समेत विक्न छाडेका छन् । तर अहिलेकै अवस्थामा उद्योगी व्यवसायीहरु नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा होमिएका छन् । महासंघको अब आउने नयाँ नेतृत्वको काधमा व्यवसायीक हकहिकमा काम गर्दै देशको अर्थतन्त्र समेत सवल बनाउनु पर्ने दायित्व पनि उत्तिकै छ । देशको अर्थतन्त्र, व्यवसायिक समस्या र महासंघको आसन्न निर्वाचनलाई केन्द्रित गरेर कृषि, पर्यटन,… पुरा पढौ