मुख्य समाचार

सुनको भाउ ८ सयले बढ्याे, चाँदीको स्थिर

काठमाडौं, १० चैत । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउमा बृद्धि भएको छ ।चाँदीको भाउ भने स्थिर रहेको छ । सुन तोलामा रुपैयाँ ८ सयले बढेको छ भने चाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको रुपैयाँ १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौं, १० चैत । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालले जानकारी दिए। उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने, बारा क्षेत्र नं २ मा उम्मेदवारी दिने तथा दुई मन्त्रालयसहित सम्मानजनकरुपमा सरकारमा सहभागी हुने निर्णयसमेत गरिएको उनले बताए। उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको… पुरा पढौ

३ जना हेलिकप्टर पाइलटलाई किन गरियाे निलम्बन ?

काठमाडाैं, ९ चैत । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग नेगेटिभ कन्भर्सेसन गरेकाे भन्दै १ जना पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो । २१, मार्च २०२३ मा काठमाडौँबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएको प्रवक्ता निरौलाले बताए । त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप २ जना हेलिकप्टर कम्पनीका पाइलटलाई समेत… पुरा पढौ

राेकिएन नेप्सेकाे ओरालोको यात्रा, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

काठमाडौं, ९ चैत । साताको सेयर कारोबार हुने पाँचौ दिन बुधबार पनि नेपाली सेयर बजारको ओरालोको यात्राले निरन्तरता पाएको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । सेयर बजारको निरन्तरको गिरावटले लगानीकर्ताहरुको मनोवल घटाएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि बृद्धि भएको छ । अघिल्लो दिन बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा झरेको थियो । सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेर ३६३.९० विन्दुमा रहेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक १८.१५ अंकले… पुरा पढौ

चेम्बर पदाधिकारीसँग राष्ट्रपतिले भने- ‘पछिल्लो आर्थिक अवस्थाबारे चिन्तित छु’

काठमाडौं, ९ चैत । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरि बधाई तथा शुभकामना दिएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति पौडेललाई आज बधाई एवं शुभकामना दिएको हो । चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको बर्तमान आर्थिक अवस्थाले आफुलाई चिन्तित बनाएको बताएका थिए । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाई थियाे । भेटमा राष्ट्रपति पौडेलले भने, ‘सरकारले पुर्णता पाईसकेको छैन… पुरा पढौ

मकर जितुमाया सुरी हाईड्रोको शेयर बाँडफाँड

काठमाडाैं, ९ चैत । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडकोे शेयर बाँडफाँड भएकाे छ । दोलखाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७,६०,००० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,५२,००० कित्ता शेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हाे। स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थायी बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि… पुरा पढौ

पहिलो पटक केन्द्रीय लाइन पुगेपछि छापगाउँमा खुसीयाली

ढोरपाटन, ९ चैत । बागलुङको बरेङ गाउँपालिका-१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो । गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो । बीस किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजनाबाट उत्पादित विजुली बढ्दो जनसङ्ख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेको थियो । आयोजनाबाट उत्पादित विद्युत्बाट स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामान चार्ज… पुरा पढौ

होटल पौवाकाे लगानी ६० करोड नाघ्याे, १ दशकभित्र १ सय शाखा विस्तारकाे लक्ष्य

काठमाडाैं, ९ चैत । आतिथ्य सेवा क्षेत्रमा एग्रेशिभ लगानी गर्दै आएको होटल पौवा प्रालिले हालसम्म झण्डै ६० करोड भन्दा बढी लगानी गरिसकेको बताइएकाे छ । यसका साथै देशभरका शाखामा ३ सय बढीलाइ रोजगारी दिएको होटल पाैवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । होटल पौवाले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रालिका… पुरा पढौ

वैशाखदेखि आकस्मिक सेवा सुरु गर्दै पोखरा शिक्षण अस्पताल

पाेखरा, ९ चैत । पोखरा विश्वविद्यालयले संचालन गर्न लागेकाे पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने भएको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकाेमा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका छन । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई… पुरा पढौ

पस्मिनाको गुणस्तर परीक्षण गर्न विज्ञ टोली मुस्ताङमा

म्याग्दी, ९ चैत । पस्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गर्न विज्ञ टोली मुस्ताङमा पुगेको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना सङ्घ र च्याङ्ग्रा पस्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गर्न लागिएको जनाएको छ । अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक निना अमात्य गोर्खाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीसहितको टोली मुस्ताङमा पुगेको नेपाल पस्मिना उद्योग सङ्घका उपाध्यक्ष… पुरा पढौ