मुख्य समाचार

अन्नपूर्ण पदमार्गमा ३ महिनामा साढे २ हजार बिदेशी पर्यटक भित्रिए

लमजुङ, ११ चैत । चक्रीय अन्नपूर्ण पदमार्गमा ३ महिनामा २ हजार ४ सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०÷५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिकमन्दीका कारण हुनसक्छ”, गुरुङले भने। कोरोना सङ्क्रमणपछि विगतमा आएकोझै पर्यटक हालसम्म आएका छैनन्… पुरा पढौ

हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको बताए। “शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण… पुरा पढौ

सवा २ करोड लगानीमा बाँझो जग्गामा ओखर खेती

म्याग्दी, ११ चैत । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ । गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ । जनताको आर्थिक विकासमा टेवा पु¥याउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका साथ सङ्घीय सरकार र गलकोट नगरपालिकाको साझेदारीमा ओखर खेती थालिएको हो । चालु आर्थिक वर्षमा रु दुई… पुरा पढौ

यस्तो छ शनिवारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ११ चैत । काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकले बिहिबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा बिक्रीदर १३२ रुपैयाँ २८ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ… पुरा पढौ

धनियाँ बेचेर कार्कीले गरे मनग्य आम्दानी

म्याग्दी, ११ चैत । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक ३ लाखभन्दा बढी आम्दानी गरेका छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गरेका हुन् । कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरे। धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा रु डेढ लाखभन्दा बढी आम्दानी भएको बताए ।… पुरा पढौ

पहाडी भागमा आंशिक बदली, सुदूरपश्चिममा हल्का वर्षा

काठमाडौं, ११ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ।  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ। चैत ११ गते (शनिवार)  दिउँसोː  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखी मौसम… पुरा पढौ

प्रहरी महानिरीक्षकमा बसन्त कुँवरकाे बढुवा

काठमाडाैं, १० चैत । नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए । यही चैत ६ गतेको निर्णयले उनी एआइजीमा बढुवा भएका थिए । सरकारले उनलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल… पुरा पढौ

किन बढ्दैछ शेयरबजारमा लगानीकर्ताको आकर्षण ?

काठमाडौं, १० चैत। पछिल्लाे समय शेयरबजार सकारात्मक लयमा जान सकिरहेकाे छैन । तर बजारमा लगानीकर्ताहरूकाे संख्या भने उल्लेख्य बृद्दी भइरहेकाे तथ्याङ्कले देखाउछ। कुनै समय सम्पुर्ण विश्व कोरोनाबाट ग्रसित हुँदा शेयरबजारमा भने उत्साह देखिएकाे थियाे। कोरोनाका कारण प्राय सम्पुर्ण क्षेत्रमा घाटा हुँदा शेयरबजारलाई भने फाईदा नै भएको देखिन्थ्याे। कोरोनाकाल यता शेयरबजारमा लगानी गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको पाइएकाे छ। अहिले शेयरबजारमा ५६ लाख ५५ हजार ५१२ जना व्यक्तिको डिम्याट खाता संचालनमा छ । अर्थात १९ दशमलब ३९ प्रतिशत नेपाली शेयर बजारमा… पुरा पढौ

राष्ट्रिय जनगणना २०७८: नेपालकाे साक्षरता दर ७६ प्रतिशत

काठमाडौं, १० चैत । नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।… पुरा पढौ

गुणस्तरीय शिक्षा: कुमुदिनी होम्सको विशेषता

पोखरा, १० चैत । पोखरामा उत्कृष्ठ तथा गुणस्तरीय शिक्षाको मानक बनिरहेको विद्यालय हो गैह्रापाटनको कुमुदिनी होम्स । जहाँ पढाईको साथमा अतिरिक्त क्रियाकलाप, नयाँ -नयाँ शिक्षण पद्धतीहरु अवलम्बन, सिकाई र प्राप्त नतिजाले यसको उचाई चुलिदै गएको हो । विद्यालय, विद्यालयमा मात्रै सिमित भयो भने त्यो पूर्ण हुन सक्दैन । त्यसैले हामीले स्थापनाकालबाटै कुमुदिनी होम्सलाई शिक्षाको साथसाथै संस्कार, संस्कृति, कला र सम्पदायुक्त घरको रुपमा हेर्दै आएका छौं । त्यसका लागि विद्यालयको संरचना पनि बनाएका छौं । विद्यालय घर भईसकेपछि यसमा सबैको अझ… पुरा पढौ