मुख्य समाचार

हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् : निगम

काठमाडौं, १८ फागुन । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।” नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत पाँच रुपैयाँ पाँच पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा एक रुपैयाँ २१ पैसा लागत… पुरा पढौ

सुरुङमार्गको अध्ययनका लागि काठमाडौं विश्वविद्यालय र बेथानचोक गाउँपालिकाबीच सम्झौता

धुलिखेल, १८ फागुन । काभ्रेपलाञ्चोकस्थित ढुङ्खर्क–च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाडौं विश्वविद्यालयलाई दिएको छ । काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा एक कार्यक्रममा दुवै निकायबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सुरुङमार्गले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ र ४ वडा जोड्नेछ । सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले सुरुङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन पेस गर्नेछ । सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति भोला थापा र गाउँपालिकाको तर्फबाट अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गरेका थिए। समझदारीपत्रमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने… पुरा पढौ

फेब्रुअरी महिनामा नेपालमा ७३ हजार पर्यटक भित्रिए

काठमाडौं, १७ फागुन । सन् २०२३ को फेब्रुअरी महिनामा नेपालमा ७३ हजार २ सय ५५ जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले अद्यावधिक गरेको तथ्याङ्क अनुसार अंग्रेजी क्यालेन्डरको दोस्रो महिनामा आएका ७३ हजारमाथि पर्यटकमा अधिकांश भारतीय रहेका छन् । यसपछि दोस्रो धेरै अमेरिकाबाट आएका पाइएको छ । फेब्रुअरी महिनामा अमेरिकाबाट ७ हजार ८ सय ८७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्क छ । यसैगरी थाइल्यान्डबाट ४ हजार ८ सय २ जना र बेलायतबाट ४ हजार ३ सय ४५ जना पर्यटक… पुरा पढौ

सुरु भयो नेपाल ट्रेड समिटको दोस्रो संस्करण

काठमाडौं, १७ फागुन । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने नेपाल ट्रेड समिट बुधबार सुरु भएको छ । सम्मेलन उद्घाटन सत्रका वक्ताहरुले नेपाललाई लगानीको ‘भर्जिन ल्यान्ड’का रुपमा चित्रण गर्दै उक्त अवसरबाट लाभ लिन स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएको हुँदा आगामी दिनमा भौतिक पूर्वाधार निर्माणलगायत अन्य विकासका… पुरा पढौ

भारतबाट घटेर आयो ईन्धनको मूल्य

काठमाडौं, १७ फागुन । इन्डियन आयल कर्पोरेशनले ईन्धनको नयाँ मूल्यसूची पठाएको छ । भारतबाट आज नेपाल आयल निगमलाई प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रति लिटर १ रुपैयाँ २१ पैसा तथा डिजेलमा ५ रुपैयाँ ५ पैसा घटेर आएको छ नेपाल आयल निगमले जनाएको छ । यस्तै मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ ४० पैसा घटेको छ भने हवाई इन्धनमा पनि प्रति लिटर ७ रुपैयाँ ३ पैसा घटेर… पुरा पढौ

सेयरबजार राताम्मै, कारोबार रकम १ अर्ब २८ करोडमा सिमित

काठमाडौं, १७ फागुन । नेप्सेमा फेरि पहिरो जान शुरु गरेको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ। सेयर बजारमा लामो समयदेखि नकारात्मक बन्दै आएकोले हरियाली छाईरहने कहिले हो त्यो पर्ख र हेरको अवस्थामा नै रहेको छ । सेयर बजारको नकारात्मक लयले लगानीकर्ताहरुको मनोबल बढ्न सकेको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ । नेप्सेमा १.२१ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ३.५६ अंकले… पुरा पढौ

सन्दीप लामिछाने क्रिकेट लिग टु खेल्न यूएई प्रस्थान

काठमाडौं, १७ फागुन । क्रिकेटर सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु यूएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीमा रहेका मौसम ढकाल घाइते भएकाले उनलाई प्रतिस्थापन गर्ने गरी लामिछानेलाई यूएई पठाइएको हो । सर्वोच्च अदालतले लामिछानेको धरौटीमा रिहाको आदेश सदर गर्दै खेल खेल्न विदेश जाँदा अनुमति लिनु नपर्ने आदेश दिएपछि क्यानले उनलाई यूएई पठाउने तयारी सुरु गरेको थियो । केही दिनअघि सोही लिगको नेपालमा भएको नामिबिया र स्कटल्याण्ड समावेश सिरिजमा लामिछानेले महत्वपूर्ण १३ रनको योगदान… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत: आईएमएफ

काठमाडौं, १७ फागुन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आइएमएफले सन् २०२२/२३ का लागि मुलुकको वृद्धिदर प्रक्षेपण गरेको हो जुन सरकारको आकलनभन्दा झण्डै आधा रहेको छ । आइएमएफले विस्तारित कर्जा सुविधा (इसीएफ) को पहिलो र दोस्रो किस्ताको समीक्षामाथि छलफल गरेर यस्तो प्रक्षेपण रहेको जानकारी गराएको हो । नेपालले उपयोग गरेको विस्तृत कर्जा सुविधा (इसीएफ)ले अर्थतन्त्रलाई करिब ५ प्रतिशत र मुद्रास्फीति करिब ६ प्रतिशतको हाराहारीको वृद्धि हुने प्रक्षेपण गरिएको छ । बढेको… पुरा पढौ

सन्दीप लामिछानेलाई आजै यूएई पठाउँदै क्यान

काठमाडौं, १७ फागुन । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई आज नै क्रिकेट खेल्नका लागि यूएई पठाउने तयारी थालेको छ । लामिछानेेलनई आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको नेपाल, पीएनजी र यूएईबीचको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्न पठाउन लागिएको हो । क्यानका कार्यवाहक सचिव दुर्गा पाठकका अनुसार यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखलामा टोलीमा रहेर खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा लामिछानेलाई पठाउने तयारी भइरहेको हो । केही दिनअघि सोही लिगको नेपालमा भएको नामिबिया र स्कटल्याण्ड समावेश सिरिजमा लामिछानेले… पुरा पढौ

जजिरा एयरवेजले फागुन २५ गतेदेखि पुन: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने

काठमाडौं, १७ फागुन । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने बताएकाे छ । एयवरेजका अनुसार फागुन २५ गतेदेखि उडान शुरु हुने भएकाे हाे । जजीरा एयरवेजले कुवेतका लागि हप्तामा ३ वटा उडान गर्ने भएकाे हाे। तालिका अनुसार जजीराले मंगलबार, बिहीबार र शनिबार बिहान ८ः०५ बजे उडान गर्नेछ । विमान स्थानीय समय अनुसार बिहान १०ः५५ बजे कुवेतमा अवतरण गर्ने भएकाे छ । जजीरा एयरवेजले कुवेतसम्मकाे एकतर्फी भाडा २८ हजार ८ सय ३६ रुपैयाँ ताेकेकाे छ । जनरल सेल्स एजेन्ट… पुरा पढौ