मुख्य समाचार

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, १८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दनि बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १… पुरा पढौ

सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

भरतपुर, १८ फागुन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताए। कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए। दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती… पुरा पढौ

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

ढोरपाटन, १८ फागुन। कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए। विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन् । आयुर्वेद औषधिमा विश्वास कम… पुरा पढौ

२५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ, कृषि उत्पादनमा असर

म्याग्दी, १८ फागुन । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बताए। “६१… पुरा पढौ

हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् : निगम

काठमाडौं, १८ फागुन । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।” नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत पाँच रुपैयाँ पाँच पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा एक रुपैयाँ २१ पैसा लागत… पुरा पढौ

सुरुङमार्गको अध्ययनका लागि काठमाडौं विश्वविद्यालय र बेथानचोक गाउँपालिकाबीच सम्झौता

धुलिखेल, १८ फागुन । काभ्रेपलाञ्चोकस्थित ढुङ्खर्क–च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाडौं विश्वविद्यालयलाई दिएको छ । काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा एक कार्यक्रममा दुवै निकायबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सुरुङमार्गले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ र ४ वडा जोड्नेछ । सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले सुरुङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन पेस गर्नेछ । सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति भोला थापा र गाउँपालिकाको तर्फबाट अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गरेका थिए। समझदारीपत्रमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने… पुरा पढौ

फेब्रुअरी महिनामा नेपालमा ७३ हजार पर्यटक भित्रिए

काठमाडौं, १७ फागुन । सन् २०२३ को फेब्रुअरी महिनामा नेपालमा ७३ हजार २ सय ५५ जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले अद्यावधिक गरेको तथ्याङ्क अनुसार अंग्रेजी क्यालेन्डरको दोस्रो महिनामा आएका ७३ हजारमाथि पर्यटकमा अधिकांश भारतीय रहेका छन् । यसपछि दोस्रो धेरै अमेरिकाबाट आएका पाइएको छ । फेब्रुअरी महिनामा अमेरिकाबाट ७ हजार ८ सय ८७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्क छ । यसैगरी थाइल्यान्डबाट ४ हजार ८ सय २ जना र बेलायतबाट ४ हजार ३ सय ४५ जना पर्यटक… पुरा पढौ

सुरु भयो नेपाल ट्रेड समिटको दोस्रो संस्करण

काठमाडौं, १७ फागुन । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने नेपाल ट्रेड समिट बुधबार सुरु भएको छ । सम्मेलन उद्घाटन सत्रका वक्ताहरुले नेपाललाई लगानीको ‘भर्जिन ल्यान्ड’का रुपमा चित्रण गर्दै उक्त अवसरबाट लाभ लिन स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएको हुँदा आगामी दिनमा भौतिक पूर्वाधार निर्माणलगायत अन्य विकासका… पुरा पढौ

भारतबाट घटेर आयो ईन्धनको मूल्य

काठमाडौं, १७ फागुन । इन्डियन आयल कर्पोरेशनले ईन्धनको नयाँ मूल्यसूची पठाएको छ । भारतबाट आज नेपाल आयल निगमलाई प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रति लिटर १ रुपैयाँ २१ पैसा तथा डिजेलमा ५ रुपैयाँ ५ पैसा घटेर आएको छ नेपाल आयल निगमले जनाएको छ । यस्तै मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ ४० पैसा घटेको छ भने हवाई इन्धनमा पनि प्रति लिटर ७ रुपैयाँ ३ पैसा घटेर… पुरा पढौ

सेयरबजार राताम्मै, कारोबार रकम १ अर्ब २८ करोडमा सिमित

काठमाडौं, १७ फागुन । नेप्सेमा फेरि पहिरो जान शुरु गरेको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ। सेयर बजारमा लामो समयदेखि नकारात्मक बन्दै आएकोले हरियाली छाईरहने कहिले हो त्यो पर्ख र हेरको अवस्थामा नै रहेको छ । सेयर बजारको नकारात्मक लयले लगानीकर्ताहरुको मनोबल बढ्न सकेको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ । नेप्सेमा १.२१ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ३.५६ अंकले… पुरा पढौ