मुख्य समाचार

किन परे यी १२ कम्पनी कालोसूचीमा ?

काठमाडौं, १५ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको हाे । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल रहेको युनिभर्सल मल्टी सर्भिसेस प्रालि शङ्खमुल काठमाडौं, कुमार भण्डारी मुख्य व्यक्ति रहेको स्वर्गद्वारी महाप्रभु विलडर्स प्रालि भिंग्री प्यूठान, कृष्णबहादुर खड्का मुख्य व्यक्ति रहेको सुक्रिन निर्माण सेवा घोराही दाङ, निरजकुमार मिश्र मुख्य व्यक्ति रहेको एसडी कन्स्ट्रकसन जनकपुरधाम धनुषा छन् ।… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं, १५ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ केही बढेको छ । यसैगरी चाँदीको भाउ केही घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा २ सय रुपैयाँले बढेको जनाएको छ । चाँदीको भाउ भने शुक्रबारको तुलनामा १५ रुपैयाँ घटेको छ । छापावाल सुनमा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८… पुरा पढौ

स्याङ्जाका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख कमाए

वालिङ, १५ माघ ।स्याङ्जाको पुतलीबजारका एकजना किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा बिक्री भइरहेको बताए । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उ नले भने “यसबाट हालसम्म करिब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।” सुन्तला… पुरा पढौ

स्थानीय तहलाई जिम्मेवार बनाउन सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने

धुलिखेल, १५ माघ । गाउँपालिका महासङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको पनौतीमा भएको दुईदिने कार्यशालामा सहभागीहरूले स्थानीय तहलाई जिम्मेवार बनाउन तीनवटै तहका सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका छन् । स्थानीय तहमा आइपरेका समस्या र चुनौतीलाई सङ्घ, प्रदेश र स्थानीय तह मिलेर समाधान गर्नुपर्ने उनीहरूको जोड थियो ‘सङ्घीयताको कार्यन्वयनमा सिकाइ, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा’ विषयमा केन्द्रित कार्यशालामा सातवटै प्रदेशका ५५ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न गाउँपालिकाका वडाध्यक्षहरूको सहभागिता थियो । कार्यशालामा विज्ञहरू कृष्णप्रसाद सापकोटा, कृष्णहरि बाँस्कोटा, विष्णुदत्त गौतम र हेमराज लामिछाने… पुरा पढौ

यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म

भक्तपुर, १५ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। चैत १९ आइतबार अनिवार्य गणित, २० गते सोमबार अनिवार्य… पुरा पढौ

राजीव गान्धी अस्पताल र सिएमसीबीच प्रविधि आदानप्रदान सम्झौता

चितवन, १४ माघ । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गरे। सम्झौताअनुसार राजीव गान्धीका विज्ञ चिकित्सकले सिएमसीका चिकित्सकलाई तालिम दिने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्रा डा गोपेन्द्रप्रसाद देवले बताए। राजीव गान्धीका चिकित्सकसहित सिएमसीमा क्यान्सर… पुरा पढौ

दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

काठमाडौं, १४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । “अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ”, उनले भने, “सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।” अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड… पुरा पढौ

व्यावसायिक च्याउ खेतीमा युवाकाे आकर्षण बढ्दै

भजनी, १४ माघ । कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त छन्। गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उनको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ । श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन नसक्नुभएका श्रीरामले घरमा आफू सुत्ने कोठाको एउटा कुनामा रु छ हजारबाट च्याउ खेती सुरु गरेको सुनाए। उक्त लगानीबाट उनले रु १५ हजार आम्दानी गरे।… पुरा पढौ

५५५ वटा मादल बजाएर सेनाले नयाँ कीर्तिमानीकाे तयारी गर्दै

काठमाडौं, १४ माघ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सङ्गठन स्थापना दिवसका अवसरमा नयाँ कीर्तिमान कायम गर्ने कार्यक्रम रोचक, सभ्य र भव्य तुल्याउन आवश्यक तयारी सुरु भइसकेको छ । नेपाली मौलिक परम्परागत… पुरा पढौ

पर्यटनबाट समृद्धि खोज्दै मनमाेहक निसीखोला

ढोरपाटन, १४ माघ । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन थालेको छ । एक हजार दुई सयदेखि चार हजार मिटर उचाइसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । प्रचारको अभावमा आझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि निसीखोला गाउँपालिकाले सक्रियता देखाएको छ… पुरा पढौ