मुख्य समाचार

सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं, १३ माघ । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रू एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ)का बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रू ५० करोडको १० प्रतिशतले हुने रू पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५०… पुरा पढौ

६ महिनामा ३ अर्बभन्दा बढीको ल्यापटप र नोटबुक भित्रियो

काठमाडौं, ११ पुस । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ६ महिनामा नेपालमा ३ अर्बभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको पुस महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा विश्वका ३० देश तथा नाम नखुलेको एक स्थानबाट ३ अर्ब ९ करोड ५२ लाख ५ हजार रुपैयाँ बराबरको ४५ हजार ९७८ थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई ४० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व आम्दानी भएको… पुरा पढौ

उपप्रधानमन्त्री लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ जारी

काठमाडौं, १३ माघ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दाको आज सुनुवाइ हुने भएको हो । बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यो विवादको आज अन्तिम सुनुवाइ हो । यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न लगाएको थियो । उक्त… पुरा पढौ

अब होटल, रेष्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने

काठमाडौं, १३ माघ । अबदेखि होटल तथा रेष्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने भएका छन् । सर्वोच्च अदालतले होटेल तथा रेस्टुरेन्ट व्यवसायीले ग्राहकबाट असुल्दै आएको सेवा शुल्क लिन नपाउने आदेश दिएपछि उनीहरुले अतिरिक्त शुल्क लिन नपाउने भएका हुन् । यसअघि होटल तथा रेष्टुरेन्टहरुले भ्याटबाहेक पनि ग्राहबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए । सर्वोच्च अदालतले संविधानको धारा ४४ र धारा ११५ (१) को मर्म अनुकूल नदेखिएकोले गत माघ ११ गतेदेखि लागू हुनेगरी यस्तो सेवा… पुरा पढौ

प्रभु बैंकको सीईओमा शेरचन पुन: नियुक्त

काठमाडौं, १३ माघ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुन: नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले आगामी माघ १५ गतेदेखि लागू हुनेगरी शेरचनलाई प्रमुख कार्यकारी अधिकृतको पदमा पुन: नियुक्त गरेको हो । उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको हो । राष्ट्र बैंकले पुस मसान्तसम्म मर्जरमा जाने बैंकलाई प्रमुख कार्यकारीले अर्को एक कार्यकाल थप्न पाउने सुविधा दिएको छ । यस हिसाबले हालै सेञ्चुरी कमर्सियल बैंकलाई गाभेपछि राष्ट्र बैंकको सहुलियत अनुसार शेरचन अर्को कार्यकालका लागि… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं, १३ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहि कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ १ हजार १ सयले घटेको जनाएको छ । चाँदीको भाउ शुक्रबारकै कायम भएको छ । छापावाल सुनमा रुपैयाँ १ हजार १ सयले घटेर तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुन तोलाको १ लाख ६ हजार ९ सय… पुरा पढौ

माया खोला हाइड्रोकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, १३ माघ । माया खोला हाइड्रोपावरले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ । साे सेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि र वैदिशक रोजगार रहेकाहरुकाे लागि निष्काशन गरेपछि सर्वसाधारणका लागि सेयर जारी गरेकाे हाे । कम्पनीले ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर छुट्याएको थियो। त्यसबाट १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका जनताका लागि रहेकाे छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्काशन भइसकेकाे छ। कम्पनीले १… पुरा पढौ

टरिगाउँमा आजदेखि सीता एयरले परीक्षण उडान गर्दै

तुलसीपुर, १३ माघ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन् । त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने भएको हो । “शुक्रबारदेखि निजी विमान पनि बस्ने भएको छ, सीता एयरले उडान भर्दैछ”, उनले भनिन्, “निजी विमान उडान सुरु भएपछि भाडा पनि सस्तो हुने हाम्रो अपेक्षा छ ।” ठूलो सङ्घर्षपछि तुलसीपुरमा… पुरा पढौ

सीप भए पैसा कमाउन गाह्रो छैन, मनग्य आम्दानी गर्न सकिन्छ

धनकुटा, १३ माघ । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ । तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइँसराइ गरी धनकुटा आएका हुन्। रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका वडा… पुरा पढौ

शिला उपहारको अवसर जुट्नु सौभाग्य : मुख्यमन्त्री अधिकारी

पाेखरा, १३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन् । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित शिला हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री अधिकारीले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि प्रगाढ रहँदै आएको र अनन्तकालसम्म पनि यस्तो सम्बन्ध रहिरहने विश्वास व्यक्त गरे। उनले शिला हस्तान्तरणले दुई देशको धार्मिक सम्बन्ध थप मजबुत बनेको बताए। राममार्गको… पुरा पढौ