मुख्य समाचार

विस्तारित मन्त्रीमण्डलका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल विस्तार गरेका छन् । हिजो राति दलीय बाँडफाँड टुंगो लागेसँगै आज मन्त्रीमण्डल विस्तार गरिएको हो । विस्तारसँगै नयाँ नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीहरु थपिएका छन्भ । थपिएका मन्त्रीहरुले आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । थपिएका मन्त्रीहरुमा राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा… पुरा पढौ

आले भन्छन्: टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचेँ

पोखरा ३ माघ । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार बिहान साढे १० बजे तिर उनी सधैंजसो बल्छी बोकेर माछा मार्न खोँच झरे । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । “केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै ३७ वर्षे उनले भने, “ढुङ्गा बजारिएपछि म… पुरा पढौ

५ महिनामा ६७ अर्बको निर्यात: विराटनगरबाट सर्वाधिक

काठमाडौं, ३ माघ । नेपालमा चालु आर्थिक वर्षको शुरुवाती ५ महिनामा नेपालले १२ वटा नाकाबाट विभिन्न देशमा ६७ अर्ब ३० करोड ४५ लाख बराबरको विभिन्न मालसामान निर्यात गरेको छ । यस्तै शुरुवाती ५ महिना अर्थात् मंसिर मसान्तसम्म विभिन्न देशबाट ६ खर्ब ६४ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरका मालसामान आयात भएको छ । यस्तो मालसामान देशका विभिन्न १४ नाका हुँदै भित्रिएको हो । हालै राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको शुरुवाती ५ महिनाको स्थूल वित्तीय तथ्याङ्कले यस्तो देखाएको… पुरा पढौ

हकप्रद सेयर जारी गर्दै अपि पावर कम्पनी

काठमाडौं, ३ माघ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्नो हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको बताएको छ । कम्पनीको हिजो माघ २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको बताइएको छ । यो निर्णय अनुसार कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर… पुरा पढौ

प्रि ओपन सेसन: नेप्से साढे २ अंकले बढ्यो

काठमाडौं, ३ माघ । साताको तेस्रो कारोबार हुने दिन आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से ४१.०४ अंक घटेर २१४९.३९ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने २.६६ अंक बढेर २१५२.०४ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.७९ अंकले बढेको छ । आज मंगलबारको प्रि ओपन सेसनमा २९ वटा स्टकको २१ लाख ३ हजार २६१ रुपैयाँ ७९ पैसा बराबरको ६ हजार… पुरा पढौ

४ दिनपछि घट्यो सुनचाँदीको भाउ

काठमाडौं, ३ माघ । साताको तेस्रो दिन आज मंगलबार बार सुन र चाँदी दुवैको भाउ बढेको छ । आज छापावाल सुनमा १ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले गिरावट आएको छ । लगातार ४ दिनदेखि उकालो लाग्दै आएको सुनचाँदीको भाउ आज आएर केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा १ सय रुपैयाँले घटेर तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ हजार… पुरा पढौ

दलीय भागबण्डा टुंगियो: कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

काठमाडौं, ३ माघ । सत्तारुढ दलहरुबीचको बैठकले सोमबार राति मन्त्रालय भागबण्डा टुङ्गो लगाएको छ । मन्त्रालय भागबण्डा टुङ्गो लागेसाँगै आज पार्टीहरुले आफ्नो भागमा परेका मन्त्रालयहरुका लागि मन्त्रीहरुको नाम सार्वजनिक गर्न थालेका छन् । टुङ्गो लागेको भागबण्डा अनुसार सबैभन्दा धेरै ८ मन्त्रालय नेकपा एमालेले पाएको छ । यसै अनुसार एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदम गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई नियुक्त गर्ने भएको छ। माओवादी केन्द्रले ४… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै सुन्दर लुकुम गाउँ

ढोरपाटन, ३ माघ । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो । लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो ।… पुरा पढौ

सीता एयरले थप्यो काठमाडौंबाट ताप्लेजुङ र भद्रपुरमा उडान

काठमाडौं, ३ माघ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए। बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान… पुरा पढौ

पोखरा विमान दुर्घटनाः शव काठमाडौं पठाइँदै

पाेखरा, ३ माघ । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको हाे। चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। “हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी… पुरा पढौ