मुख्य समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडौं, १५ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दाेहाेराे अंकको गिरावट भएको छ । दुइ उपसमूह बाहेक सबै ११ वटामा रातो लागेको छ । हरियो लागेका होटल तथा पर्यटन र जीवन बीमा उपसमूह रहेका छन् । साताको कारोबार भएको पहिलो दिनमै सेयर बजारमा देखिएको नकारात्मक प्रभावले लगानीकर्ताहरुमा फेरी बजार ओरालोको दिशामा जाने होकि भन्ने आशंका उत्पन्न गराएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.६८ अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक २१६८.५३… पुरा पढौ

रवि लामिछानेले लिए नेपाली नागरिकता

काठमाडौं, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । साढे ११ बजेतिर कार्यालय पुगेभएका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएको हुन् । सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो… पुरा पढौ

आइएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं, १५ माघ । आइएमई लाइफ इन्स्योरेन्सका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीले हालै आर्थिक वर्ष २०७८/७९ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गर्दै बीमितले पाउने बोनसको रेञ्ज जानकारीमा ल्याएको हो । उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कम्पनीले २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा बोनस दर निर्धारण गरेको हो । कम्पनीले बीमा योजना र अवधिका आधारमा… पुरा पढौ

गण्डकीमा ‘आइडिया बैंक’ स्थापना गर्दै चेम्बर अफ कमर्स

पोखरा, १५ माघ । गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी चेम्बर अफ कमर्स आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिए । ‘गण्डकी प्रदेश भित्र स्थापना भएका उद्योगी, व्यवसायीहरुलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यावसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो, सुनारले भने, ‘आइडिया बैंक’ स्थापना भएसँगै नयाँ उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पूँजी लिएर… पुरा पढौ

किन परे यी १२ कम्पनी कालोसूचीमा ?

काठमाडौं, १५ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको हाे । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल रहेको युनिभर्सल मल्टी सर्भिसेस प्रालि शङ्खमुल काठमाडौं, कुमार भण्डारी मुख्य व्यक्ति रहेको स्वर्गद्वारी महाप्रभु विलडर्स प्रालि भिंग्री प्यूठान, कृष्णबहादुर खड्का मुख्य व्यक्ति रहेको सुक्रिन निर्माण सेवा घोराही दाङ, निरजकुमार मिश्र मुख्य व्यक्ति रहेको एसडी कन्स्ट्रकसन जनकपुरधाम धनुषा छन् ।… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं, १५ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ केही बढेको छ । यसैगरी चाँदीको भाउ केही घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा २ सय रुपैयाँले बढेको जनाएको छ । चाँदीको भाउ भने शुक्रबारको तुलनामा १५ रुपैयाँ घटेको छ । छापावाल सुनमा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८… पुरा पढौ

स्याङ्जाका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख कमाए

वालिङ, १५ माघ ।स्याङ्जाको पुतलीबजारका एकजना किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा बिक्री भइरहेको बताए । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उ नले भने “यसबाट हालसम्म करिब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।” सुन्तला… पुरा पढौ

स्थानीय तहलाई जिम्मेवार बनाउन सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने

धुलिखेल, १५ माघ । गाउँपालिका महासङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको पनौतीमा भएको दुईदिने कार्यशालामा सहभागीहरूले स्थानीय तहलाई जिम्मेवार बनाउन तीनवटै तहका सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका छन् । स्थानीय तहमा आइपरेका समस्या र चुनौतीलाई सङ्घ, प्रदेश र स्थानीय तह मिलेर समाधान गर्नुपर्ने उनीहरूको जोड थियो ‘सङ्घीयताको कार्यन्वयनमा सिकाइ, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा’ विषयमा केन्द्रित कार्यशालामा सातवटै प्रदेशका ५५ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न गाउँपालिकाका वडाध्यक्षहरूको सहभागिता थियो । कार्यशालामा विज्ञहरू कृष्णप्रसाद सापकोटा, कृष्णहरि बाँस्कोटा, विष्णुदत्त गौतम र हेमराज लामिछाने… पुरा पढौ

यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म

भक्तपुर, १५ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। चैत १९ आइतबार अनिवार्य गणित, २० गते सोमबार अनिवार्य… पुरा पढौ

राजीव गान्धी अस्पताल र सिएमसीबीच प्रविधि आदानप्रदान सम्झौता

चितवन, १४ माघ । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गरे। सम्झौताअनुसार राजीव गान्धीका विज्ञ चिकित्सकले सिएमसीका चिकित्सकलाई तालिम दिने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्रा डा गोपेन्द्रप्रसाद देवले बताए। राजीव गान्धीका चिकित्सकसहित सिएमसीमा क्यान्सर… पुरा पढौ