मुख्य समाचार

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

त्रिवेणी, ८ माघ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए। विद्युत् सबस्टेशन निर्माणका लागि निर्माण कम्पनीका प्रतिनिधि अहिले निर्माणस्थलमा आइपुगेका छन् । दुम्कीबासमा निर्माण सुरु गर्न लागिएको विद्युत् सबस्टेशनका लागि छुट्याइएको जग्गाको चार किल्ला पहिचानका लागि प्राविधिकले काम सुरु गरेको उनले बताए। विद्युत् सबस्टेशनका लागि चार बिघा जग्गा विद्युत् प्राधिकरणको नाममा ल्याएर साइट क्लियरको… पुरा पढौ

पहिलो ‘प्याकेजिङ’ प्रशोधित धनकुटा कफी बजारमा

धनकुटा, ८ माघ। डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो । विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । रु एक करोड ५० लाखको लागतमा एक सय २० रोपनीमा कफीखेती सुरु गरेको इन्डस्ट्रिजले यो हप्ताबाट क्याकेजिङ कफीको सुरुआत गरिएको… पुरा पढौ

महासङ्घद्वारा साेमबार साना तथा मझौला उद्यमी सम्मेलन हुँदै

काठमाडौं, ८ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले यही माघ ९ गते साना तथा मझौला उद्यमी (एसएमई)सम्मेलन आयोजना गर्ने भएको छ । महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँंच, बजार प्रवर्द्धन, निर्यात प्रवर्द्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुति तथा सामूहिक छलफल हुनेछ । अर्थतन्त्रको महत्वपूर्ण हिस्सा लघु, घरेलु, साना तथा… पुरा पढौ

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति

काठमाडौं, ८ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छन्। राष्ट्रपतिले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको… पुरा पढौ

नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समिति गठन, अध्यक्षमा डा.कार्की चयन

पोखरा, ७ माघ । नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समिति गठन गरिएको छ । २०३७ सालमा स्थापना भएको नेपालको अग्रणि संस्था नेपाल ब्यबस्थापन संघको बर्तमान केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा शनिबार पोखराको होटल स्नोल्याण्डमा आयोजित एक समारोहमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा बीर बहादुर कार्कीको अध्यक्षतामा प्रदेश समिति गठन गरिएको हो । नवगठित प्रदेश समितिको उपाध्यक्षमा देवीलाल शर्मा (पृथ्वीनारायण क्याम्पस), सचिवमा माधव बस्तोकाटी (शंकर पेपर वक्र्स प्रा.लि), कोषाध्यक्षमा सूर्य रोका (नबिल बैंक गण्डकी प्रदेश), चयन भएका छन् । त्यस्तै कार्यसमिति… पुरा पढौ

प्रभावकारी बन्दैछ पशु बीमा कार्यक्रम

सिन्धुपाल्चोक, ७ माघ । किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ । नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भइ पशु बीमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्याङ्कन बराबरको बीमा रकम वडा नं ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नं ४ निवासी मैया सापकोटाले जनही रु ९० हजार प्राप्त गरे। नगरपालिकाको २०७९÷८० को नीति तथा कार्यक्रम अन्र्तगत कृषि तथा पशु कार्यक्रममा विषेश जोड दिँदै आएको… पुरा पढौ

कृषि व्यवसायले बदलियाे समाज,भगवती अब्बल कृषक

रामपुर (पाल्पा), ७ माघ । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएकी छन्, भगवती देवकोटा । रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई… पुरा पढौ

व्यवसायीलाई एकतावद्ध बनाउँदै व्यवसायको प्रवर्धन गर्दै टेवान

पोखरा, ७ माघ । पर्यटन व्यवसायी महिल संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजीनेश नेटवर्कीङ एण्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ । विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिबृद्धि गर्दै सामुहिक रुपमा व्यावसायिक सफलता हासिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिइन। विभिन्न व्यवसायमा आवद्ध व्यवसायी एवम् व्यावसायिक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि सहित ९५ जनाको सहभागिता रहेको उनले बताए। कार्यक्रममा टेवानका सल्लाहकार एवम् बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइले व्यावसायिक सफलताका लागि सबै किसिमका व्यवसायीबीच समन्वय हुनु… पुरा पढौ

महोत्सवले बढाएको व्यापार सम्झदा…

नुवाकोट, ७ माघ । म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेकी छन् । विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहेकी उनले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिएकाे पाइन्छ। महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउछिन्। “उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक रु एकलाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको थियो । अहिले रु ५० हजार आम्दानी हुन मुस्किल छ”, उनले भनिन्, “जिल्लामा सञ्चालित महोत्सवले… पुरा पढौ

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गलेश्वर, ७ माघ । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो । समुद्र सतहबाट तीन हजार दुई सय २० मिटर उचाइमा अवस्थित यहाँ वर्षमा पाँच महिना हिउँ हुन्छ । हिमपातको समयमा गाउँ मानव सम्बन्धबाट… पुरा पढौ