मुख्य समाचार

घट्याे सनराइज र सांग्रिला बैंककाे खुद नाफा

काठमाडौं, ८ माघ । सनराइज बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा १२.२८ प्रतिशतले घटेर रुपैयाँ ६५ करोड ३९ लाख रहेकाे छ । गएकाे वर्षमा बैंककाे नाफा रुपैयाँ ७४ करोड ५५ लाख रहेकाे थियाे । पुसकाे अन्त्यसम्म बैंकको वितरण योग्य नाफा रुपैयाँ २२ करोड १८ ऋणात्मक देखिएकाे छ । अघिल्लाे वर्ष याे नाफा रुपैयाँ १० करोड ११ लाख रहेकाे थियो ।  बैंकको खुद ब्याज आम्दानी ५९.३ प्रतिशतले बढेकाे छ । सञ्चालन नाफा भने… पुरा पढौ

पर्यटनको सम्भावना बढेसँगै होटल ‘हब’ बन्दै बाँके

नेपालगञ्ज, ८ माघ । पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत्को मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन थालेसँगै यहाँ होटलमा लगानी बढेको हो । होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना र ठूला गरी करिब ३… पुरा पढौ

रेमिट्यान्स वैध प्रणालीबाट भित्र्याउन जरुरी छ: अर्थमन्त्री

पकाठमाडौं, ८ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले रेमिट्यान्सलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, “विप्रेषणको ठूलो हिस्सा बैधानिक प्रणालीबाट भित्र्याउन सकेका छैनौँ, यसका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय… पुरा पढौ

हवाई दुर्घटनामा अत्यधिक जलेका शव पहिचानमा समस्या

पोखरा, ८ माघ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए । उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो । “ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ”, उनले भन्नुभयो, “आज साँझसम्म पनि हामी… पुरा पढौ

नाडाले गर्यो नगद मार्जिन हटाउने सरकारको निर्णयको स्वागत

काठमाडौं, ८ माघ । राष्ट्र बैंकले गरेको आयातमा अनिवार्य नगद मार्जिन हटाउने निर्णयलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ । नाडाले एक विज्ञप्ति प्रकाशित गरी नेपाल राष्ट्र बैंकले गरेको उक्त निर्णय स्वागतयोग्य रहेको जनाएको हो । विगत १३ महिनादेखि लागू हुँदै आएको सवारी साधन तथा विभिन्न अटोमोबाइलसम्बन्धी वस्तुहरूको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई केन्द्रिय बैंकले गत बिहीबार हटाउने निर्णय गरेको थियो । यसअघि सरकारले निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र… पुरा पढौ

मुक्तिनाथ बैंकले कमायो विकास बैंकहरुमध्ये सर्वाधिक नाफा

काठमाडौं, ८ माघ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको छ । यो नाफाकोआँकडा विकास बैंकहरुले आर्जन गरेकोमा सबैभन्दा बढी भएको बैंकले जनाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्म बैंकले ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९६… पुरा पढौ

के साँच्चै असामाजिक बन्दै गएका हुन् त सामाजिक सञ्जाल?

काठमाडौं, ८ माघ । ‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौं । हामी धेरै स्थानीय थियौं । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त तपाइँका बाबुआमा होलान्, दाजुभाइ होलान् आउनुस्… पुरा पढौ

एनएमबि बैंकले बढायो खुद नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं, ८ माघ । एनएमबि बैंकले चालु आर्थिक वर्षको २०७९/८० को दोस्रो त्रैमासमा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक अपरिष्कृत वित्तीय तथ्याङ्कले यस्तो देखाएको हो । यो आँकडा बैंकको गत वर्षको सोही अवधिको तुलनामा ११.११ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड खुद नाफा कमाएको थियो । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ९७ लाख रुपैयाँ… पुरा पढौ

आँगनमा धारा बनेको एक वर्ष पुग्यो, पानी आएन

म्याग्दी, ८ माघ । बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छन्। “आँगनमा धारा भए पनि पानी आउँदैन”, उनले भने, “टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्छौँ ।” कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा निजी धारा बनेको करिब एक वर्ष पुगे पनि पानी आपूर्ति भएको छैन । कालीगण्डकीको पानी तानेर घर–घरमा खानेपानी सुविधा पु¥याउने… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, ८ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउमा गिरावट भएको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे भाउ रुपैयाँ २ सयले घटेको छ । चाँदीकाे भाउ शुक्रबारकै यथावत रहेकाे छ । छापावाल सुन यसदिन रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यससअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ