मुख्य समाचार

हकप्रद सेयर जारी गर्दै अपि पावर कम्पनी

काठमाडौं, ३ माघ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्नो हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको बताएको छ । कम्पनीको हिजो माघ २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको बताइएको छ । यो निर्णय अनुसार कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर… पुरा पढौ

प्रि ओपन सेसन: नेप्से साढे २ अंकले बढ्यो

काठमाडौं, ३ माघ । साताको तेस्रो कारोबार हुने दिन आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से ४१.०४ अंक घटेर २१४९.३९ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने २.६६ अंक बढेर २१५२.०४ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.७९ अंकले बढेको छ । आज मंगलबारको प्रि ओपन सेसनमा २९ वटा स्टकको २१ लाख ३ हजार २६१ रुपैयाँ ७९ पैसा बराबरको ६ हजार… पुरा पढौ

४ दिनपछि घट्यो सुनचाँदीको भाउ

काठमाडौं, ३ माघ । साताको तेस्रो दिन आज मंगलबार बार सुन र चाँदी दुवैको भाउ बढेको छ । आज छापावाल सुनमा १ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले गिरावट आएको छ । लगातार ४ दिनदेखि उकालो लाग्दै आएको सुनचाँदीको भाउ आज आएर केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा १ सय रुपैयाँले घटेर तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ हजार… पुरा पढौ

दलीय भागबण्डा टुंगियो: कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

काठमाडौं, ३ माघ । सत्तारुढ दलहरुबीचको बैठकले सोमबार राति मन्त्रालय भागबण्डा टुङ्गो लगाएको छ । मन्त्रालय भागबण्डा टुङ्गो लागेसाँगै आज पार्टीहरुले आफ्नो भागमा परेका मन्त्रालयहरुका लागि मन्त्रीहरुको नाम सार्वजनिक गर्न थालेका छन् । टुङ्गो लागेको भागबण्डा अनुसार सबैभन्दा धेरै ८ मन्त्रालय नेकपा एमालेले पाएको छ । यसै अनुसार एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदम गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई नियुक्त गर्ने भएको छ। माओवादी केन्द्रले ४… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै सुन्दर लुकुम गाउँ

ढोरपाटन, ३ माघ । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो । लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो ।… पुरा पढौ

सीता एयरले थप्यो काठमाडौंबाट ताप्लेजुङ र भद्रपुरमा उडान

काठमाडौं, ३ माघ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए। बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान… पुरा पढौ

पोखरा विमान दुर्घटनाः शव काठमाडौं पठाइँदै

पाेखरा, ३ माघ । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको हाे। चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। “हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी… पुरा पढौ

चर्चित गिटारिष्ट निशान्त आचार्यले पनि छोडेर गए…

पोखरा, २ माघ । आईतबारको यति एयरलाइन्सको बिमान दुर्घटनामा फरक फरक क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरुले धर्तिलाई छाेडेर गए । उनीहरुमध्ये एक थिए युवा पुस्ताका चर्चित गिटारिष्ट निशान्त आचार्य । बिहान ११ वजे बिमान दुर्घटनामा परेपछि निशान्तको घरमा पनि आफन्तहरुको आवत जावत शुरु भएको थियो । स्तव्धता छाएको थियो । घरको आगनमा जम्मा भएका आफन्तजनले घरमा रहेका बुबा, आमालाई सम्झाई बुझाई गरिरहेका थिए । मनमा कस्तो पीडाको गाँठो परेको हुन्छ, व्यक्त गरेर नि साध्य हुँदैन र सकिन्न पनि । त्यो त भोग्नेलाई… पुरा पढौ

भारतबाट आयो ईन्धनको नयाँ मूल्यसूची , नेपालमा घट्ला ?

काठमाडौं, २ माघ । भारतीय आयल कर्पोरेशन आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आज नेपाल आयल निगमले प्राप्त गरेको मूल्यसूची अनुसार डिजलको मूल्य घटेर आएको छ । आई‌ओसीले १५-१५ दिनमा नेपाल आयल निगमलाई पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गर्छ । नयाँ सूचीअनुसार डिजलमा प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेको छ भने पेट्रोल लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ।यसअघि भारतबाट नयाँ मूल्य आउँदा पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको… पुरा पढौ

हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा

पोखरा, २ माघ । आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । बीमा दलाल ९ब्रोकर० का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ । दुर्घटनामा परेका यात्रुको बीमा दावी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी… पुरा पढौ