मुख्य समाचार

शिखर इन्स्याेरेन्सले डाक्याे दुई आर्थिक वर्षको साधारण सभा

काठमाडौं ४ माघ। शिखर इन्स्याेरेन्सले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न माघ २५ गते दुई आर्थिक वर्षको साधारण सभा डाकेकाे छ । कम्पनीले साे मितिमा एकैसाथ २०७७/७८ र २०७८/७९ को १७ औं र १८ औं साधारण सभा डाकेकाे हाे। साधारण सभाले १६ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगदसहित कुल १६.८४२१ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान र नगद प्रवाह लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ… पुरा पढौ

नारायणी नदीमा शुरू भयाे ‘क्रुजसिप’

चितवन, ४ माघ । नारायणी नदीमा व्यावसायिक रूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमित रूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमित रूपमा सञ्चालन गरिँदै आएको बताएका छन। उनका अनुसार दैनिक तीनपटक क्रुजसिप सञ्चालन गरिँदै आएको छ । दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको उनले जानकारी दिए। काठमाडौँ, पोखरालगायतका जिल्लाबाट समेत… पुरा पढौ

आयल निगम अझै घाटामा, इन्धनको मूल्य तत्काल नघट्ने

। नेपाल आयल निगमले तत्कालका लागि ईन्धनको मूल्य नघटाउने भएको छ । ईण्डियन आयल कर्पोरेशनबाट गत माघ २ गते मूल्यसूची पठाएको थियो । सूची अनुसार बमोजिम पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको थियो । यस हिसाबले आएको मूल्यसूची अनुसार निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिण्डर ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय १ महिना थपियो

चितवन, ४ माघ । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप १ महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३०  बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन… पुरा पढौ

सुनचाँदीको भाउ घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ माघ । साताको चौथो दिन आज बुधबार पनि सुन र चाँदी दुवैको भाउ घटेकाे छ । आज छापावाल सुनमा ६ सय रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ । लगातार ४ दिनदेखि उकालो लाग्दै आएको सुनचाँदीको भाउ हिजो मंगलबारदेखि घट्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ६ सय रुपैयाँले घटेर तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ हजार… पुरा पढौ

माया खोला हाइड्रोले माघ १३ देखि आईपीओ जारी गर्ने

काठमाडौं, ४ माघ । माया खोला हाइड्रोपावर कम्पनीले आगामी माघ १३ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त मितिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिसकेको छ। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासनका लागि… पुरा पढौ

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

पोखरा, ४ माघ । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको… पुरा पढौ

लोप हुँदै पञ्चैबाजा, नयाँ पुस्ताले बजाउनै छाडे

मुसीकोट, ४ माघ । गाउँघरमा हुने विभिन्न सुखद जमघटमा अनिवार्यजस्तै मानिएको पञ्चैबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला नियकायले संरक्षणमा जोड नदिँदा पञ्चैबाजा संरक्षणमा चुनौती थपिएको हो । दमाहा, ट्याम्को, झ्याम्टा, सनई र ढोलकी यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चैबाजा । विवाह, व्रतबन्ध, पूजाआजा र अरु विविध सामाजिक कार्यमा बज्ने यस्ता बाजाको प्रयोग हिजोआज कमै मात्रामा हुन थालेको छ । पुरानो पुस्तामा यो बाजा बजाउने सीप… पुरा पढौ

जन्म गाउँ रुपामा पाइलट केसीको सालिक निर्माण गरिने

पाेखरा, ४ माघ। पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ । कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरे। रुपा गाउँपालिका–३ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका जेष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँनै शोकमा डुबेको अध्यक्ष ओझाले बताए। अमेरिकाबाट पाइलट विषय अध्ययन गरी विसं २०४६ मा नेपाल वायुसेवाबाट करियर सुरु… पुरा पढौ

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला

रेसुङ्गा, ४ माघ । विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् । तर गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ । ग्रामीण भेगका महिला आफै आत्मनिर्भर बन्ने अठोटका साथ आफैँले बनाएका सामग्री लिएर बेच्नको लागि टाढाटाढाबाट आएकाहुन्। रुकुम पूर्वबाट आफ्नो सीपले बनाएका सामग्री बिक्री गर्न ३५… पुरा पढौ