मुख्य समाचार

यस्तो छ २३ सदस्यीय नयाँ मन्त्रिपरिषद् र कार्य विभाजन

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधानको धारा ७६ को उपधारा-९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ७६ को उपधारा-९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको जानकारी दिएको हो । आज विस्तारित मन्त्रिपरिषद समग्रम २३ सदस्यीय रहेको छ । आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीज्यूसमक्ष नवनियुक्त उपप्रधान मन्त्री र… पुरा पढौ

यति एयरको विमान दुर्घटनामा निधन भएका पत्रकार पौडेलको शवयात्रापछि अन्त्येष्टि

पोखरा, ३ माघ । यति एयरलाईन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शवलाई आज पोखरा शान्तिघाटमा अन्तिम दाह संस्कार सम्पन्न गरिएको छ । पोखरा ११ फूलबारीस्थित उनको घरदेखि मुस्ताङचोकमा रहेकाे नेपाल पत्रकार महासंघको भवन र त्यहाँबाट पोखरा नयाँबजारस्थित शान्तिघाटसम्म शवयात्रा गरी शवको अन्तिम संस्कार सम्पन्न गरिएको हो । यसअघि बिहान ८ वजेपछि उनको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुझेर पोखरा ११ फूलबारीस्थित घरमा लगिएको थियो । घरमा आफ्नो संस्कार अनुसारको कर्म पुरा गरेपछि शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मुस्ताङचोकस्थित… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘शङ्खे पहरा’

बागलुङ, ३ माघ । बागलुङ जैमिनी नगरपालिका-५ बिनामारेस्थित रिठ्ठे डाँडामा रहेको शङ्खे पहरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । अक्करे पहराको प्वाल फुकेर शङ्खको धोनीजस्तो आवाज निस्कने भएकाले बुढापाकाले त्यस पहरालाई शङ्ख बज्ने पहरा नामकरण गरेका थिए । सो क्षेत्रमा स्थानीयवासीले पर्यटक आर्कषण गर्ने गरी भौतिक संरचनासमेत निर्माण गर्न थालेका छन् । सो क्षेत्रको पर्यटन विकासका लागि स्थानीयवासी एक जुट मात्रै भएका छैनन् त्यसको प्रचार र पवर्द्धनमा लागि परेका हुन् । सोधखोज गर्ने क्रममा उक्त पहरामा रहेको दुई… पुरा पढौ

एटीआर निर्माता फ्रान्सेली कम्पनीको विज्ञ टोली नेपालमा

काठमाडौं, ३ माघ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिएका हुन् । “एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ”, उनले भने, “विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।” सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना… पुरा पढौ

वाणिज्य नीति संशोधन गर्ने उद्योगमन्त्री भण्डारीको निर्णय

काठमाडौं, ३ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । आजै मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिएका थिए । मन्त्रालयमा उनलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो । पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ७२ करोड बढीको कारोबार

काठमाडौं, ३ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन नेपाली सेयर बजारकाे माहौल सकारात्मक देखिएको छ । केहि दिनको बिदापछि खुलेको सेयर बजारको उकालोको यात्राले लगानीकर्ताको मनोबल बढाएको छ । यसदिन बैंकिङ उपसमूह बाहेक सबैमा हरियो लागेको छ र उनीहरु सबैको सेयर बढेको छ । कारोबार रकम भने अघिल्ला दिनहरुमा भएको कारोबारभन्दा केहि कम देखिएको छ । सेयर बजारका जानकारहरुले बजारले सकारात्मक बाटो समातेकोले अब बढ्ने अपेक्षा गरेका छन् । सेयर बजार बैंकको बढ्दो ब्याजदरबाट सधैं हच्किने गरेकाे छ… पुरा पढौ

शोकमा डुबेको छ क्याप्टेन केसीको पुर्ख्यौली पोल्याङ गाउँ

तनहुँ, ३ माघ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको पुर्ख्यौली गाउँ शोकमा डुबेको छ । इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुर्ख्यौली घरमा रहेकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरु भेला हुने गरेका छन् । गएको दसैँको अष्टमीको दिन पोल्याङमा परिवारका सबै भेला भई रमाइलो गरिएको नै अन्तिम भएको कान्छी आमा देवीले बताइन् । “दसैँमा सबै जना जमघट भएर निकै रमाइलो गरिएको थियो… पुरा पढौ

विस्तारित मन्त्रीमण्डलका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल विस्तार गरेका छन् । हिजो राति दलीय बाँडफाँड टुंगो लागेसँगै आज मन्त्रीमण्डल विस्तार गरिएको हो । विस्तारसँगै नयाँ नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीहरु थपिएका छन्भ । थपिएका मन्त्रीहरुले आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । थपिएका मन्त्रीहरुमा राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा… पुरा पढौ

आले भन्छन्: टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचेँ

पोखरा ३ माघ । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार बिहान साढे १० बजे तिर उनी सधैंजसो बल्छी बोकेर माछा मार्न खोँच झरे । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । “केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै ३७ वर्षे उनले भने, “ढुङ्गा बजारिएपछि म… पुरा पढौ

५ महिनामा ६७ अर्बको निर्यात: विराटनगरबाट सर्वाधिक

काठमाडौं, ३ माघ । नेपालमा चालु आर्थिक वर्षको शुरुवाती ५ महिनामा नेपालले १२ वटा नाकाबाट विभिन्न देशमा ६७ अर्ब ३० करोड ४५ लाख बराबरको विभिन्न मालसामान निर्यात गरेको छ । यस्तै शुरुवाती ५ महिना अर्थात् मंसिर मसान्तसम्म विभिन्न देशबाट ६ खर्ब ६४ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरका मालसामान आयात भएको छ । यस्तो मालसामान देशका विभिन्न १४ नाका हुँदै भित्रिएको हो । हालै राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको शुरुवाती ५ महिनाको स्थूल वित्तीय तथ्याङ्कले यस्तो देखाएको… पुरा पढौ