मुख्य समाचार

राष्ट्र बैंकले बढायो भुक्तानी सेवा प्रदायकको चुक्ता पुँजीको सीमा

काठमाडौं, २२ पुस । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरूको अनुमति लिनका लागि आवश्यक मापदण्डमा परिमार्जन गरेको छ । केन्द्रीय बैंकले अब यस्तो कम्पनीका लागि अनुमति लिँदा हालसम्म रहेको चुक्ता पुँजीको सीमा बढाएर दोब्बर देखाउनु पर्ने प्रावधान राखेको छ । हालै राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कारोबार गर्ने संस्थाका लागि अनुमति नीति, २०७९ सार्वजनिक गर्दै ५ करोडदेखि ८० करोड रूपैयाँसम्म चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको हो । केन्द्रीय बैंकले भुक्तानी र फर्छ्यौट सम्बन्धी काम गर्ने संस्थाहरूको स्थापना र कारोबारका सम्बन्धमा… पुरा पढौ

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति दिइने

काठमाडौं‌, २२ पुस । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण… पुरा पढौ

राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिँदै

बेनी, २२ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युत्मा कुल छ हजार दुई सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार सात सय मिटर निर्माण सकिएको… पुरा पढौ

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

सिन्धुपाल्चोक, २२ पुस । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ । मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडीबुटीका हिसाबले पनि गुफाडाँडा… पुरा पढौ

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं, २२ पुस । नेको इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्नका साधारण सभा बेालाएकाे छ । कम्पनीले माघ १५ गते २७औँ वार्षिक साधारण सभा बाेलाएकाे हाे । कम्पनीकाे साधारण सभा नक्सालमा रहेकाे लिसारा रिसेप्सन पूर्वान्ह ११ बजे डाकिएकाे छ । साधारण सभामा हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर पारित गरिने भएकाे छ । यस्तै कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पनि पारित गरिने भएकाे छ। सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधनकाे कार्य गर्नका लागि… पुरा पढौ

अब काठमाडौं प्रशासनको सेवामा टाइम कार्ड

काठमाडौं, २२ पुस । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनेछन् भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ । यसले प्रशासनको सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए। कार्यालयबाट उपलब्ध… पुरा पढौ

हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर

सिन्धुपाल्चोक, २२ पुस । भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिइन्। गर्भवतीका लागि पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवाका लागि दुई वटा एम्बुलेन्स छन् । काठमाडौँ वा अन्यत्र लाग्नुपरेमा एकतर्फी भाडा नलाग्ने र अन्य एम्बुलेन्स… पुरा पढौ

महानगरको विकास सहायता कार्यक्रममा २०४ प्रस्ताव पेस

काठमाडौं, २२ पुस । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते कामपाले सार्वजनिक सूचना प्रकाशन गरेको थियो । उक्त सूचनाका आधारमा १० क्षेत्रगत कार्यक्रमका लागि ती प्रस्ताव पेस भएका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेलले जानकारी दिनुभयो । महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो । यो कार्यक्रमका लागि… पुरा पढौ

बनेपामा शनिबारदेखि तीन दिन राष्ट्रिय भजन सम्मेलन हुने

काभ्रेपलाञ्चोक, २२ पुस । बनेपामा तीन दिन राष्ट्रिय भजन सम्मेलन हुने भएको छ । शनिबार सुरु हुने सम्मेलनमा देशभरका एक सय २५ ज्ञानमाला भजन खलः सहभागी हुने नेपाल राष्ट्रिय ज्ञानमाला समितिले जनाएको छ । समितिले आफ्नो दशौँ राष्ट्रिय ज्ञानमाला भजन सम्मेलन ‘बुद्धको उपदेश अनुसरण गरौँ, चित्तलाई हामी परिशुद्ध गरौँ’ भन्ने मूल नाराका साथ बनेपामा सम्पन्न गर्न लागिएको केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले बताइन । सम्मेलनमा बुद्ध पूजा, पञ्चशील प्रार्थना, ज्ञानमाला शान्ति पदयात्रा, बृहत् ज्ञानमाला भजन कार्यक्रम, अभिनन्दन तथा ज्येष्ठ नागरिक सम्मानसँगै नयाँ… पुरा पढौ

पहाडी भागमा आंशिक बदली, तराईमा हुस्सु, कुहिरो र शितलहर

काठमाडौं, २२ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको जनाएकाे छ। देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो् शितलहर लागिरहेको छ। पुस २२ गते  (शुक्रबार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो  लाग्ने सम्भावना रहेको छ।  रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो  लाग्ने सम्भावना रहेको छ।  पुस २३ गते  (शनिवार) दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही… पुरा पढौ