मुख्य समाचार

काठमाडौं महानगरले उठायो ४ अर्ब बढी राजस्व

काठमाडौं, २१ पुस । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए। कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिए। बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने… पुरा पढौ

यस्ताे छ चालु पुँजी कर्जा मार्गदर्शनमा भएकाे संशोधन (पूर्ण पाठ)

काठमाडौं, २१ पुस । नेपाल राष्ट्र बैंकले चालु पुँजीसम्बन्धी मार्गदर्शन २०७९ पहिलोपटक संशोधन गरेको छ । राष्ट्र बैंकले भर्चुअल माध्यामबाट पत्रकार सम्मेलन गरेर मार्गदर्शन संशोधनको जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाले ऋणीको चालु सम्पत्ति तथा दायित्वको नियमित मूल्याङ्कन गरेर दिइने कर्जा चालु कर्जा हो । छोटो अवधिको कर्जाका रुपमा लिइने चालु पुँजी कर्जा व्यावसायिक प्रयोजनका लागि मात्रै दिनुपर्ने व्यवस्था छ । यसअघि रु ५० लाखभन्दा माथिको व्यावसायिक कर्जामा चालु कर्जासम्बन्धी व्यवस्था लागू हुने व्यवस्था रहेकामा अहिले त्यसलाई संशोधन… पुरा पढौ

सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ७० प्रतिशतले बढ्यो

सोलुखुम्बु, २१ पुस। सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको पाइन्छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत आवको पहिलो पाँच महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन्… पुरा पढौ

ओरेन्टल पीडितले सरकारसँग बचत माग दाबी गर्ने म्याद पुस मसान्तसम्म

काठमाडौं, २१ पुस । ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेस गर्न फेरि म्याद थप गरिएको छ । सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेन्टल पीडितलाई अनलाइनमार्फत माग दाबी गर्न सूचना प्रकाशित गरेको थियो । सो म्याद पुस ११ गते सकिएकामा धेरै पीडितले थाहा नपाएको गुनासो गरेपछि मङ्गलबार पुस मसान्तसम्म म्याद थप गरिएको समितिका सचिव केशवप्रसाद पौडेलले जानकारी दिए। त्यसअनुसार पीडितले पुस मसान्तसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने समितिको कार्यालय प्रमुखसमेत रहेका सदस्य सचिव… पुरा पढौ

टेलिकम सिमकार्ड हराए वा बिग्रिए स्वयं उपस्थित भई लिनुपर्ने

काठमाडौं, २१ पुस । नेपाल टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भएर सिमकार्ड लिन अनुरोध गरेको छ । प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको हो । त्यस्तो अवस्थामा प्रयोगकर्ताको… पुरा पढौ

सीमाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न गृहमन्त्रीसमक्ष चेम्बरको आग्रह

काठमाडौं, पुस २० । खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ । गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका लागि आग्रह गरेको हो । गृहमन्त्री लामिछानेसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । मल्लले भने, ‘नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भइरहेकोे छ । सीमामा हुने अवैध व्यापारका… पुरा पढौ

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, व्यवसायीको सकस सम्बोधन होला ?

काठमाडौं,  २० पुस । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा केही संशोधन गरेको छ । निजी क्षेत्रका व्यवसायीहरु तथा छाता संगठनका प्रतिनिधिहरुले पटक पटक अर्थमन्त्री तथा राष्ट्र बैंकका गभर्नरसमक्ष ब्याजदर घटाउन र चालु पुँजी कर्जा मार्गदर्शनलाई व्यवहारिक बनाउन आग्रह गर्दै आएकामा आज केन्द्रीय बैंकले उक्त मार्गदर्शनमा केही संशोधन गरेको हो ।   राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ट्यारा छन् भनेर बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । विभिन्न क्षेत्रबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर… पुरा पढौ

मेगा बैंकले पायो इन्भेष्टमेन्टसँग गाभिने अन्तिम स्वीकृति

काठमाडौं,  २० पुस । नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिने सम्झौता गरेको मेगा बैंकलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । गएको जेठ मसान्तमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको बैंकले पुसभित्रै एकीकृत कारोबारको तयारी गरेकोमा मंगलबार राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो । यी दुई बैंक एक आपसमा गाभिएपछि इन्भेष्टमेन्ट मेगा बैंक बन्ने र स्वाप रेसियो भने नेपाल इन्भेष्टमेन्टको १ बराबर ०.९ रहने सहमतिसहितको सम्झौता भएको हो । एक आपसमा गाभिएपछि नयाँ बन्ने इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३२ अर्बभन्दा… पुरा पढौ

लगातारकाे मूल्यवृद्धिले सन २०२२ बन्याे नवीकरणीय ऊर्जाकाे स्रोत खोजीकाे वर्ष

काठमाडौं, २० पुस । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नया वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र नभई विश्वव्यवस्था नै अनिश्चयतर्फ धकेलिएका बेला विगतका विषम ऊर्जा सङ्कटलाई सम्झदै त्यसबाट पार पाउन सन् २०२२ मा नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा अध्ययन अनुसन्धानका प्रयासहरू भएका छन् । दक्षिण एशियाली क्षेत्र अथाह जलस्रोतको भण्डार भएकाले स्वच्छ ऊर्जा उत्पादन र विकासमा यस भेगका राष्ट्रले केही उल्लेखनीय काम गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव… पुरा पढौ

लालबन्दीबाट ५ महिनामा ८३ करोडको तरकारी निकासी

सर्लाही, २० पुस । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०७९/८० मा ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मंसिर मसान्तसम्ममा १६ करोड ५७ लाख ६ हजार ७ सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । साथै आव २०७८/७९… पुरा पढौ