मुख्य समाचार

एक करोडको अवैध औषधिसहित एकजना पक्राउ

पर्सा, २२ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको छपकैयाबाट रु एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकी राखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । हुसैनलाई आवश्यक कारबाहीका लागि राजस्श्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ । पुरा पढौ

‘मनोरञ्जनाका क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न आवश्यक’

काठमाडौं, २२ पुस । मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताइएको छ । रक्षा नेपालले आयोजना गरेको ‘मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिकको व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय छलफल’का वक्ताले मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न स्वयं व्यक्ति नै चनाखो बन्नुपर्ने बताएका हुन् । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले मनोरञ्जनात्मक क्षेत्रमा १४ वर्षदेखि ४५ वर्ष उमेर समूहका महिला बढी रहेको उल्लेख गर्दै उनीहरुमाथि हुने हिंशा न्यूनीकरण गर्न महिला आयोगले काम गर्दै आएको बताइन। “महिलामाथि हिंशा हुन नदिन व्यक्ति… पुरा पढौ

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिएकी छन् । जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्दै उनले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दीगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्ने बताइन। राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने धारणा राखिन् ।… पुरा पढौ

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ देखि

काठमाडौं, २१ पुस । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे÷गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन… पुरा पढौ

गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान

पोखरा, २१ पुस । गण्डकी प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरेको छ । कार्यालयले मुख्यमन्त्री नियुक्तिका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त भएको नदेखिएको जानकारी गराउँदै धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गरेको हो । कार्यालयले आज विज्ञप्ति जारी गर्दै प्रदेश… पुरा पढौ

२१४३.९३ विन्दुमा उक्लियो नेप्से, ५ अर्ब बढीको कारोबार

काठमाडौं, २१ पुस । नेपाली सेयर बजार निरन्तर उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । कारोबार रकम सन् २०२३ लागेपछिको सबैभन्दा उच्च भएको छ । सेयर बजारको सकारात्मक लयले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०९ अंकले बढेर २१४३.९३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.५१ अंकले बढेर ४११.२३ विन्दुमा पुगेको छ । यसदिन कुल २५९… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य कटौति गर्न निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम नेपालमा मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा वाणिज्य तथा आपूर्ति सचिवलाई यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले स्रोतले जनाएको छ… पुरा पढौ

बीमा कम्पनीहरुको निक्षेप सर्वसाधारण सरह बनाइयोस्: संघ

काठमाडौं, २१ पुस । नेपाल जीवन बीमक संघले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेको छ । भेटका क्रममा जीवन बीमा कम्पनीहरुको निक्षेपलाई सर्वसाधारण निक्षेप बनाउन संघले अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ । बुधबार साँझ अर्थमन्त्री पौडेललाई भेटर संघका पदाधिकारीहरुले उक्त माग राखेका हुन् । बीमा कम्पनीहरुको फण्डलाई संस्थागत निक्षेपको रुपमा राखिएको भन्दै संघले बीमा कम्पनीहरुले सर्वसाधरणकै पैसा बीमाशुल्क मार्फत संकलन गरेको हुनाले त्यसलाई सर्वसाधारण सरह गणना गरिनु पर्ने माग अर्थमन्त्रीसमक्ष राखेको बुझिएको छ । राष्ट्र बैंकको नियम अनुसार सर्वसाधारण निक्षेपमा भन्दा संस्थागत… पुरा पढौ

पूर्वाधार निर्माणमा पोखरा महानगर र एनआरएनबीच सहकार्य

पोखरा, २१ पुस । पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, चमेनागृह जस्ता आधारभूत सहरी पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका र गैरआवसीय नेपाली सङ्घ (एनआरएन) बीच सहकार्य अघि बढेको छ । पर्यटक र सर्वसाधारणको सुविधालाई हेरेर पोखरा–९ महेन्द्रपुलमा आधुनिक शौचालय निर्माणका लागि महानगर र एनआरएनबीच सम्झौता भएको छ । शौचालयसहित चमेनागृह र स्तनपान कक्षका लागि १ करोड खर्च लाग्ने जनाइएको छ । जसमा ६० प्रतिशत लगानी एनआरएन र ४० प्रतिशत महानगरको रहनेछ । महानगरप्रमुख धनराज आचार्यले ३ महिनाभित्रैमा काम सक्ने लक्ष्यसहित निर्माण अघि… पुरा पढौ

प्रि-ओपन सेसन: ९ अंकले बढ्यो नेप्से

काठमाडौं, २१ पुस । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ६४.७८ अंक बढेर नेप्से २१२५.८४ विन्दुमा बन्द भएको थियो । आजको प्रि-ओपन सेसनमा भने नेप्से परिसूचक ९.०३ अंक बढेर २२३४.८७ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि १.७८ अंकको बढोत्तरी भएको छ । आज बिहीबारको प्रि-ओपन सेसनमा ५४ वटा स्टकको ५१ लाख ७ हजार ७५९ रुपैयाँ ५९ पैसा बराबरको १३ हजार… पुरा पढौ