मुख्य समाचार

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’

पोखरा, १० पुस । कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवद हुन्छ अनि बजारमा आइहाल्छ ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रित अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्रसाईंका अनुसार राम्रो अनुवादक जन्माउन नेपालमा त्यसबारे सिकाउने संस्था नहुँदा… पुरा पढौ

जसले ६ महिनामा गोलभेँडा बेचेरै कमाए ३ करोड

मकवानपुर, १० पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन्  । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ । उनीहरुले विगत ६ महिनामा ३ लाखभन्दा बढीको गोलभेँडा बिक्री गरेको सो गाउँपालिकाले जनाएको छ । अहिले दैनिकरूपमा मकवानपुरगढीमा उत्पादन भएको गोलभेँडा हेटौँडालगायतका अन्य बजारमा ढुवानी भई बिक्री वितरण भइरहेको छ । गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले सो गाउँपालिकामा १ सय जना किसानले १… पुरा पढौ

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह

काठमाडौं, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा ९बुस्टर डोज० लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन । मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका… पुरा पढौ

मेरो संसार आमाको काखदेखि अन्तरिक्षसम्म : डा. श्रेष्ठ

पोखरा, १० पुस । वैज्ञानिक तथा वातावरणविद् डा. तिर्थबहादुर श्रेष्ठले आफूले संसार भनेको आमाको काखदेखि अन्तरिक्षलाई बुझेको बताएका छन्। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को तेस्रो दिनमा रहेको यो पृथ्वी कसको हो? नामक सत्रमा पत्रकार रमेश भुषालसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। पृथ्वी मानिसहरूको मात्रै हो या यहाँ जिवित सबै प्राणी तथा वनस्पतीहरूको हो? भन्ने मुख्य विषयमा केन्द्रित सत्रमा भुषालले श्रेष्ठलाई यो पृथ्वी कसको हो? भनेर पहिलो प्रश्न गरेका थिए। उमेरका कारण तथ्य थाहा भए पनि तथ्यांक… पुरा पढौ

मौलाकालिकामा एक हजार आठ सय ८२ खुड्किला उक्लिदा

नवलपुर, १० पुस । ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा स्थानीयवासी दैनिक व्यायम गर्न आउने गरेका छन् । टाढा–टाढाबाट देवीको दर्शन गर्न श्रद्धालु आउने उल्लेख गर्दै ‘धार्मिक सेवा समिति मौलाकाली’का अध्यक्ष शालिकराम सापकोटाले स्थानीयवासी पूजाआजासँगै दैनिक शारीरिक व्यायमका लागि आउने बताए। “ऐतिहासिक शक्तिपिठका रूपमा रहेको यस मन्दिरमा नेपालबाट मात्रै नभएर भारतबाट… पुरा पढौ

फरक, अब्बल-देशकै एक सफल नृत्यंगना : नीलम ढुंगाना

पोखरा, १० पुस । २०६४ सालमा दुर्घटना एउटा खुट्टा गुमाएपछि नीलम ढुंगानाको आत्मविश्वास पनि भाँच्चिसकेको थियो । दुर्घटना हुनुअगाडि शौखले नृत्य गर्दै आएकी उनलाई उभिने खुट्टा नै गुमाए पछि धेरै थोक गुमाएझैं लाग्यो । तर, उनको जीवनमा यस्तो पनि मोड आयो, जुन मोडबाट उभिन मात्रै सिकिनन्, एउटै खुट्टाको बलमा उभिएर फनफनी नृत्य गर्न सकिन् । आज देशमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरका मञ्चमा पनि उनको माग बढ्दो छ । आज देशकै सफल नृत्यंगनामा उनी दरिन्छिन् । त्यो नीलमले देखाएको आँत थियो, र… पुरा पढौ

महाभारादेखि कञ्चनजङ्घासम्म, यसप्रतिको प्रेम के हो ?

पोखरा, १० पुस । नेपाल लिट्रेचर फस्टिभलको तेस्रो दिन शनिबार एउटा सेसन थियो–‘महाभारादेखि कञ्चनजङ्घासम्म ।’ सेसनमा थिए लेखक तथा पत्रकारद्वय मोहन मैनाली र वसन्त बस्नेत। कार्यक्रमको सहजकर्ता थिए पत्रकार विराट अनुपम। अघिल्लो वर्ष पत्रकार बस्नेतले उपन्यास ‘महाभारा’ बजारमा ल्याए। ‘तपाईंले पुस्तकमा ३८ पटकसम्म महाभारा शब्द ल्याउनुभएको छ। यसप्रतिको प्रेम के हो?’ विराटको प्रश्न थियो। वसन्त भन्छन्, ‘महाभारा औपचारिक रुपमा धेरै प्रयोग गरिन्न। यो मान्छेको जीवनशैलीमा भिजेको छ। यो लोकल प्रचलितबाट ल्याएको शब्द हो।’ पहाडमा बस्ने मान्छेलाई संस्कृतिबाट बढी राम्रो सुनिन्छ।… पुरा पढौ

हृदयदेखि हृदयसम्म : डा. भगवान कोइराला

पोखरा, ९ पुस । हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं विरामीहरुको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ । संस्कृतिमा मेरो असाध्यै राम्रो थियो । भाषामा मात्रै दख्खल थियो होला त्यो बेला । अख्यानमा म कमजोर नै थिएँ । साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे । पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई जस्ताको जस्तै प्रस्तुत… पुरा पढौ

मन्त्री, सांसदले स्वार्थ बाझिने नीति निर्माणमा बस्दिनँ भन्नुपर्छ : डा. खतिवडा

पाेखरा, ९ पुस । नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो-भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उनीहरुको भनाइलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । हामीले हाम्रा सबै विकासका प्रक्रियामा चुक्यौँ, नराम्रोसँग फसेका छौँ । जहिले पनि अतिवादको कुरा गर्नु हुँदैन । अति राम्रो पनि होइन, अति हामी संकटमै छौँ भन्ने पनि होइन । हामी जटिल समस्याको अवस्थामा छौँ ती समस्या हल गर्न सक्ने… पुरा पढौ

२५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए रञ्जित गजमेरले

पोखरा, ९ पुस । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन्। दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका उनलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ। गजमेर विशेष कार्यक्रम ‘गीत रञ्जित’मा उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो । उनले हम दोनो दो प्रेमी… पुरा पढौ