मुख्य समाचार

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेसको महत्वपूर्ण भूमिकाः राष्ट्रपति भण्डारी

कर्णाली, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको बताइन्। “परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,” उनले भनिन्, “यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।” प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइ। उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको… पुरा पढौ

५ महिनामा पेट्रोलियम पदार्थ आयातमा १ खर्ब बढी बाहिरियो

काठमाडौं, ८ पुस । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ५ महिनामा १ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ५ महिना अर्थात् साउनदेखि मंसिरर मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कमा यस्तो आँकडा देखिएको हो । यस अवधिमा नेपालमा १ खर्ब १७ अर्ब ६२ करोड ७० लाख ६६ हजार बराबरको २ लाख ७९ हजार ४५९ किलोलिटर पेट्रोल, ३ लाख ४ लाख २४ हजार ५१० किलोलिटर डिजेल, ७४ हजार २२१ किलोलिटर हवाई… पुरा पढौ

विश्वसनीयताको मानक डिजिटल कारोबार : गभर्नर

दार्चुला, ८ पुस । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको केन्द्रीय बैंकले जनाएको छ । सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न कार्यक्रमको सुरुआत गरिएको जानकारी दिए । “क्युआर कोडबाट मात्र मासिक ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैँमा उत्साहजनक अवस्था… पुरा पढौ

अघि बढ्दै किमाथाङका अरुण हाइड्रोको काम

काठमाडौं, ८ पुस । कुल ४ सय ५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले सूचनामार्फत् सङ्खुवासभा जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको परामर्शदाताका रुपमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको छ । आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा अवस्थित छ । पछिल्ला दिनमा ‘हाइड्रो’ हबका रुपमा परिचित अरुण… पुरा पढौ

मुस्ताङमा फस्टाउँदै आलुखेती

मुस्ताङ, ८ पुस । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली ९ हजार ६ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ । उनका अनुसार मुस्ताङको ३ सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ । गत वर्ष ३३ करोड मूल्य बराबरको ६ हजार ७ सय २२ मेट्रिकटन आलु निकासी भएको उनले… पुरा पढौ

बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग आजबाट पुन: सञ्चालनमा

मकवानपुर, ८ पुस । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि  पुनः उत्पादन सुरु गरिएको छ । सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएपछि गत मंसिरको पहिलो हप्ताबाट उत्पादन बन्द गर्नुपरेकोमा आजबाट पुन: सञ्चालनमा आएको उद्योगले जनाएको छ । विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणको पनि मर्मतसम्भार पूरा गरी सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार… पुरा पढौ

१९ प्रतिशतले व्यापार घाटा घट्नुकाे यस्ताे छ कारण

काठमाडौं, ८ पुस । चालु आर्थिक वर्षको शुरुवाती ५ महिनामा मुलुकको कुल व्यापार घाटा ६ खर्ब हाराहारी रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क अनुसार यो अवधिमा समग्र व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार बराबर रहेको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.७७ प्रतिशतले कम रहेको छ । अघिल्लो आर्थिक वर्षको शुरुवाती ५ महिनामा नेपालको व्यापार घाटा ७ अर्ब ३५ अर्ब… पुरा पढौ

साढे १९ करोड लागतकाे सुनकोसी पुलबाट चल्न थाले यातायात

उदयपुर, ८ पुस । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्की पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएका छन् । गाईघाट दिक्तेल सडक खण्डको उदयपुरस्थित रौमाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा बिहीबारदेखि उदयपुरको गाईघाटदेखि सिधै खोटाङ दिक्तेल र दिक्तेलदेखि सिधै गाईघाटसम्मका यातायातका साधनहरु सञ्चालन हुन थालेको खोटाङ खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताए । अझै सुनकोसीको पुल निर्माण सम्पन्न गर्न केही… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिभल : ‘राजनीति बाहिरको जीवन’ को बहसमा केपी शर्मा ओली सरिक हुँदै

पोखरा, ८ पुस । पोखरामा आयोजना गरिएको दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलको दोश्रो दिन शुक्रबार बाराहीघाट, लेकसाईडमा ७ वटा सेसन चल्ने भएका छन्। पूर्वान्ह ११ वजे भूपी कक्षमा दक्षिण एशियादेखि बुकर पुरस्कारसम्मको सेसन चल्दैछ । यस सेसनका वक्तामा शेहान करुनातिलका रहेका छन् । ११.२० मा क्यान क्रियटिभ राईटिङ बी टट ? शिर्षकमा सम्राट उपाध्याय र मुना गुरुङसंग अनुराग बस्नेतले छलफल चलाउने छन् । यस्तै अलिमियाँ कक्षमा सामाजिक न्याय ः अग्रगमन कि पश्चगमनतर्फ ? शिर्षकमा प्रदीप परियार र सुजिता शाक्यसंग किरण… पुरा पढौ

मोलुङ्ग हाइड्रोकाे आईपीओ पुस १९ गतेदेखि निष्काशन गरिने

काठमाडौं, ८ पुस । सेयरमा लगानीका लागि समय पर्खेर बसिरहेका लगानीकर्ताका लगानीकाे अर्काे अवसर मोलुङ्ग हाइड्रोपावरले जुटाएकाे छ । कम्पनीले पुस १९ गतेदेखि सेयर आईपीओ निष्काशन गर्ने जानकारी गराएकाे छ । साे सेयर आयोजनाबाट प्रभावित क्षेत्रका जनता तथा वैदेशिक राेजगारमा गएकाहरुकाे लागि जारी गरिने भएकाे हाे । जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजनाबाट प्रभावित क्षेत्रका जनताका जारी हुनेछ । वैदेशिक… पुरा पढौ