मुख्य समाचार

नवनियुक्त प्रधानमन्त्री दाहालले लिए शपथ

काठमाडौं, ११ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका… पुरा पढौ

उपप्रधान तथा गृहमन्त्रीको दावीसहित सरकारमा जाँदै रास्वपा

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान तथा गृहमन्त्रीको दावीसहित सरकारमा सहभागी हुने भएको छ । पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सहभागी हुने बताएका हुन् । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाको २० सिट रहेको छ । स्रोतका अनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान र गृहमन्त्री हुनेगरी गठबन्धनमा समझदारी बनेको र सोही अनुरुप पार्टी सरकारमा जान लागेको हो । यसबारे आधिकारिक पत्र भने प्राप्त भइनसकेको  जनाइएको छ । स्रोतका अनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान र गृहमन्त्री… पुरा पढौ

एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल, अरु को को परे ?

काठमाडौं, ११ पुस । अर्थ मन्त्रालय नेकपा एमालेको भागमा परेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ बन्ने सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने तयारी भएको छ । पौडेलबाहेक ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि आजै सरकारमा सहभागी हुने एमाले पार्टी कार्यालय स्रोतले जनाएको छ । नेकपा माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने पक्का भैसकेको छ । स्रोतका अनुसार सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दावी गरेको बुझिएको छ… पुरा पढौ

राजनीति पूर्व-प्रमहरुको क्लब जस्तो छ : कांग्रेस महामन्त्री थापा

पोखरा, ११ पुस । अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन् । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे । पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर?’ महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अलि लामै दिए । केही समयअगाडि मेरो व्यक्तिगत अवस्था… पुरा पढौ

नेप्से उल्लेख्य बढ्यो, कारोबार २ अर्ब माथि

काठमाडौं, ११ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारले अर्धशतक पूरा गरेको छ । नेप्सेमा भारी अंककाे बृद्धिसाथै हरियाली वातावरण छाएको छ । एउटा उपसमूह बाहेक सबैमा हरियाली छाउँदा सेयर लगानीकर्ताहरु उत्साही भएका छन् । सेयर बजारमा सकारात्मक सुधार भएपछि सेयर लगानीकर्ताहरु उत्साही मात्रै भएनन् अब बजार सकारात्मक लयमा जाने अपेक्षा बढेको बताउन थालेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.३०५प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ… पुरा पढौ

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा

काठमाडौं, ११ पुस । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विजुली प्रवाह हुनेछ । प्रसारण लाइन र सबस्टेसन निर्माणको काम आगामी चैतभित्र सक्नेगरी धमाधम काम भइरहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०÷१३२÷३३ केभीको क्रमशः चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, रसुवाको चिलिमे–त्रिशूली थ्री… पुरा पढौ

पशुपक्षी फार्मबाट मनग्य आम्दानी गर्दै धामी दम्पती

कञ्चनपुर, ११ पुस । शुक्लाफाँटा नगरपालिका-७ जुडाका सिद्धबहादुर धामीले झलारी बजारमा सञ्चालन गर्दै आएको किराना पसल कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण छाड्नु पर्यो । कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो । “कोरोनापछि  पसलमा ग्राहक आउनै छाडे”, उहाँले भने, “घर मालिकले समयमै भाडा तिर्न निकै दबाब दिएपछि अन्ततः पसल छाड्नु पर्यो ।” यद्यपि पसलबाट भएको आम्दानीबाट केही रकम बचत पनि थियो । उनले पसल छाड्ने बेलामा काकाले टर्कीपालनबाट राम्रो आम्दानी गरिरहेका थिए । एउटै टर्की बेच्दा ४ हजार आम्दानी… पुरा पढौ

पोखरामा सुनियो काठमान्डूको कथा

पोखरा, ११ पुस । चर्चित कांग्रेसी नेता गगन थापा काठमाडौंमा जन्मिए, काठमाडौंकै हावापानीमा हुर्किए। लेखक बुद्धिसागर कर्णालीमा जन्मिएँ, त्यहीँको माटोमा पढे बढे। यस्तो पृष्ठभूमिले काठमाडौंलाई हेर्ने यी दुईको नजर फरक हुने नै भयो। नेता थापा र लेखक बुद्धिसागरले नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन साँझ काठमाडौंसँगको यस्तै फरक अनुभूति साटे। कथा काठमाडौं शीर्षकमा भएको कुराकानीमा बुद्धिसागरले आफू पहिलो पटक काठमाडौं सहर प्रवेश गर्दाको समय सम्झिँदै भने, मेरो एसएलसीको मार्कसिटमा एउटा अक्षर छुटेछ। अनि म त्यो चापागाइंमा छुटेको एउटा पि थप्न आएको… पुरा पढौ

लिटरेचर फेस्टिभलमा नेपालका फिल्म समीक्षकमाथि समीक्षा

पोखरा, ११ पुस । पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ । बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए । फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताहरूले बताए । छलफलमा नायिका खड्काले फिल्ममेकरहरूले समीक्षालाई नस्विकार्ने बताइन् । तर उनी आफूले रोज्ने फिल्म, निर्देशकको छनोट… पुरा पढौ

५ महिनामा अढाई अर्बभन्दा बढीको ल्यापटप र नोटबुक आयात

काठमाडौं, ११ पुस । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ५ महिनामा नेपालमा २ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको मंसिर महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा विश्वका २७ देश तथा नाम नखुलेको एक स्थानबाट २ अर्ब ६० करोड ७४ लाख ५८ हजार रुपैयाँ बराबरका ३८ हजार ६८ थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई ३३ करोड ९५ लाख ८९ हजार रुपैयाँ… पुरा पढौ