मुख्य समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले समृद्धिको ढोका खोलेकाे विज्ञहरूकाे भनाइ

पोखरा, १० पुष । पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र समस्याबारे चर्चा गरिएको छ । ‘संघारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सेसनमा सरकार, अर्थ र पर्यटन क्षेत्रका विज्ञले विमानस्थलबारे बहस गरेका हुन् । उक्त सेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्वपर्यटन सचिव एवं हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजा र पर्यटन व्यवसायी वसन्तराज मिश्र सहभागी थिए । वरिष्ठ पत्रकार प्रतीक प्रधान सेसनका सहजकर्ता थिए । महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले… पुरा पढौ

६ वर्षमा कति जडान भए इम्बोस्ड नम्बर ?

काठमाडौं, १० पुस । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा भइरहेको छ । तर निर्धारित समय सकिन ११ महिना बाँकी रहँदा २ प्रतिशतभन्दा कम सवारीसाधनमा नम्बर प्लेट जडान भएको विभागको भनाइ छ । इम्बोस्ड नम्बर प्लेट विसं २०८० मङ्सिरसम्म जडान गरिसक्नु पर्नेछ । इम्बोस्ड नम्बर प्लेट जडानको अहिलेको गति हेर्दा निर्धारित अवधिमा सबै… पुरा पढौ

२०६२/०६३ पछि हाम्रा धेरै अनुशासनका सीमा भत्किए : डा. स्वर्णिम वाग्ले

पोखरा, १० पुस । नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो-भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उनीहरुले नेपालको अर्थतन्त्रका बारेमा आ-आफ्ना धारणा राखे । त्यसमध्ये डा. स्वर्णिम वाग्लेको धारणा यहा उल्लेख गरिएकाे छ । हामी सन् २०२२ को डिसेम्बरमा छौँ । १९७२ को डिसेम्बरमा ठ्याक्कै ५० वर्षअघि नेपालमा योजना किन असफल भनेर एक जना क्यालिफोर्निया विश्वविद्यालयका विज्ञ आएर तीन वटा आवधिक योजनापछि चौथो… पुरा पढौ

मुक्तिनाथ बैंकले डाक्यो साधारणसभा, कति दिँदैछ लाभांश ?

काठमाडौं, १० पुस । मुक्तिनाथ विकास बैंकले साधारणसभा आह्वान गरेको छ । मुख्यगरी लाभांश पारित लगायत अन्य नियमित प्रस्ताव पारित गर्न आगामी पुस ३० गते आफ्नो सोह्रौँ वार्षिक साधारण सभा आह्वान गरिएको बैंकले जनाएको छ । आह्वान गरिएको साधारणसभा उक्त दिन होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे शुरु हुने तालिका छ। उक्त सभाले हाल कायम चुक्ता पुँजीको १३.५ प्रतिशतका दरले बोनस सेयर र त्यसैको कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी समग्रमा १४.२१ प्रतिशत लाभांश वितरण… पुरा पढौ

पुस १५ देखि दर्ता नभएका मोबाइल साच्चै नचल्ने हो त ?

काठमाडौं, १० पुस । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस पूर्णरुपले लागू हुने जनाएको छ । प्राधिकरणले मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न एमडिएमएस एक हप्ता भित्र पूर्ण रुपमा कार्यान्व्यन हुने घोषणा गरेको हो । केही वर्षअघि देखि नै चर्चामा रहेर पटक पटक कार्यान्वयनको मिति पर सार्दै आएको प्राधिरकणले यस अघि सफ्ट लञ्च गर्दै गत भदौ अन्तिमबाट लागू गर्ने सूचना जारी गरेको थियो । तर यसको औपचारिक कार्यान्वयन भने हुन सकेको थिएन । यसै सन्दर्भमा प्राधिकरणले… पुरा पढौ

यस्ताे छ वागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

काठमाडौं, १० पुस । बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भइरहेको यो संरचना धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ । बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको धाप बाँध (ड्याम) अन्तिम चरणमा पुगेको छ । ड्यामको भौतिक संरचना निर्माण पूरा भई परीक्षणको चरणमा पुगेको… पुरा पढौ

शीतलहर र हिमपातबाट जोखिन मन्त्रालयको आग्रह

काठमाडौं, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो… पुरा पढौ

साहित्य उत्सवमा अर्थतन्त्रको चासो

पोखरा, १० पुस । नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो-भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उनीहरुरुले नेपालको अर्थतन्त्रका बारेमा आ-आफ्ना धारणा राखे । ‘मन्त्री, सांसदले स्वार्थ बाझिने नीति निर्माणमा बस्दिनँ भन्नुपर्छ’: डा. युवराज खतिवडा उक्त सत्रमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले हामीले हाम्रा सबै विकासका प्रक्रियामा चुकेको र नराम्रोसँग फसेको प्रतिक्रिया दिए । उनले सधैं अतिवादको कुरा गर्नु नहुने सुझाउँदै हामीहरु संकटमै… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं, १० पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउमा केही बढोत्तरी भएको छ । यस्तै चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा पघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा २ सय रुपैयाँले वृद्धि भएको छ । यसैगरी चाँदीको मूल्य शुक्रबारकै यथावत रहेको छ । आज छापावाल सुनमा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख… पुरा पढौ

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’

पोखरा, १० पुस । कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवद हुन्छ अनि बजारमा आइहाल्छ ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रित अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्रसाईंका अनुसार राम्रो अनुवादक जन्माउन नेपालमा त्यसबारे सिकाउने संस्था नहुँदा… पुरा पढौ